प्रोम्प्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रोम्प्ट
स्थापित१९९१ (1991)
केन्द्रीय कार्यालय
सेन्ट पिटर्सबर्ग
,
मुख्य व्यक्ति
स्भेटलाना सोकोलोभा
उत्पादनहरूयन्त्र अनुवादन प्रणाली
वेबसाइटwww.promt.com
www.online-translator.com

प्रोम्प्ट (रुसी: ПРОМТ)(यन्त्र अनुवादको परियोजना) एक रूसी कम्पनी हो जुन यन्त्र अनुवाद प्रणालीको विकासमा केन्द्रित छ।[१]) हाल, प्रोम्प्ट अनुवादकहरू अङ्ग्रेजी, जर्मनेली, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्चुगाली र रूसी भाषाहरूको लागि अवस्थित छन्। प्रोम्प्टको प्रधान कार्यालय सेण्ट पिटर्सबर्ग, रूसमा अवस्थित छ यसको कार्यालयहरू रूसको मस्को, संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को र जर्मनीको ह्याम्बर्गमा रहेका छन्। यन्त्र अनुवादको प्रणाली बाहेक प्रोम्प्टले अनुवाद स्मरण प्रविधिको आधारमा आफ्नै समाधानहरूको पनि प्रदान गर्दछ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

Anna Kriukova, प्रोम्प्टमा कार्यरत कर्मचारी एना क्रियुकोभा, भनाई व्यक्त गर्द‌ै, सेन्ट पिटर्सबर्गमा

कम्पनीको स्थापना सन् १९९१ मा सेण्ट पिटर्सबर्गमा हर्जेन विश्वविद्यालयको भाषा विज्ञान प्रयोगशालाका अभियान्त्रिकी र पूर्व कर्मचारीहरूले गरेका थिए। स्भेतलाना सोकोलोभा कम्पनी पहिलो दिनदेखि यसमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेकी छिन्। [३]

६ अक्टोबर १९९८ मा, प्रोम्प्टले पाठ वा वेब पृष्ठहरूको अनुवादको लागि पहिलो रूसी वेब सेवा ट्रान्सलेट डटरूको सुरू गरेको थियो। योसँग हाल अङ्ग्रेजी संस्करण अनलाइन ट्रान्सलेट डटकम पनि रहेको छ।[४]

सन् १९९७ मा प्रोप्म्टले फ्रान्सेली कम्पनी सफ्टइसिमोसँग मिलेर पश्चिमी बजारहरूका लागि रिभर्सो भनिने विभिन्न उत्पादनहरूको विकास गरेको थियो।[५]

सन् २००८ मा रेनोभा समूहले शेयर नियन्त्रण गर्ने कम्पनीलाई मुक्त गरेको थियो। लेनदेनको योग खुलासा गरिएको थिएन, तर रेनोभाका अनुसार सन् २००७ मा मूल्यवान कम्पनीहरूका लागि अनुवाद सेवाको विश्व बजारको कुल रकम ९–१० बिलियन अमेरिकी डलर रहेको थियो।[६] यस रकमबाट प्रोम्प्टले २% बिक्री गरेको थियो जून १८०–२०० मिलियन अमेरिकी डलर हो। तसर्थ बजारका लागि अज्ञात रहन चाहने एक पर्यवेक्षकको मूल्याङ्कनले, रेनोभाद्वारा प्राप्त गरिएको प्याकेटको लागत २० देखि ४० मिलियन डलर भन्दा बढी नरहेको देखाएको थियो। [७]

प्रविधि[सम्पादन गर्नुहोस्]

प्रोम्प्ट अनुवाद एक नियममा आधारित यन्त्र अनुवाद सेवा हो। नियममा आधारित यन्त्र अनुवाद एक प्रणाली हो जुन स्रोत र लक्षित भाषाहरूको बारेमा भाषिक जानकारीमा आधारित छ।[८] सन् २०१० को अन्त्यमा प्रोम्प्ट अनुवादको उन्नत प्रविधिले साङ्ख्यिकीय यन्त्र अनुवाद र नियममा आधारित अनुवाद विधिहरूको लाभ उठाएको थियो।[९]

सन् २०१९ पछि, प्रोम्प्टले राम्रो अनुवाद प्रदान गर्न एक तन्त्रिका सञ्जालमा परिवर्तन भएको थियो।[१०] [११]

अनलाइन ट्रान्सलेट डटकम[सम्पादन गर्नुहोस्]

अनलाइन ट्रान्सलेटर डटकम, पाठ र वेब पृष्ठहरूको अनुवादको लागि प्रोम्प्टले विकास गरेको वेब अनुवाद सेवाको एक अङ्ग्रेजी संस्करण हो। यसलाई प्रोम्प्टले ६ मार्च १९९८ मा सुरु गरेको थियो। हरेक दिन अनलाइन ट्रान्सलेटर डटकममा सत्तरी हजार मानिसहरूलाई अनुवाद सेवा प्रदान गर्दछ।अनलाइन ट्रान्सलेटर डटकमले प्रोम्प्ट प्रविधिको प्रयोग गर्दछ। गुगल अनुवादले प्रयोग गर्ने साङ्ख्यिकीय यन्त्र अनुवादको विपरीत यसले नियममा आधारित यन्त्र अनुवादको प्रदान गर्दछ।[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Как Светлана Соколова создала PROMT
  2. "память переводов", प्रोम्प्ट डटकम, अन्तिम पहुँच नोभेम्बर २३, २०११ 
  3. "Quintura blog » Blog Archive » Renova Capital To Acquire PROMT Machine Translation Software Company", क्विन टुरा, अन्तिम पहुँच नोभेम्बर २३, २०११ 
  4. "Контакты", अन्तिम पहुँच २०१८-०९-२४ 
  5. ५.० ५.१ "Награды и призы компании PROMT", अन्तिम पहुँच २०१८-०९-२४ 
  6. "Награды и призы компании PROMT", अन्तिम पहुँच २०१८-०९-२७ 
  7. "PROMT Translation Server получил награду IDC как лучшее решение для финансового сектора", अन्तिम पहुँच २०१८-०९-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२७ मिति
  8. "promt-9.0-product-family | details | TAUS - Enabling better translation", Translationautomation.com, अन्तिम पहुँच नोभेम्बर २३, २०११  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १९, २०११ मिति
  9. Natural Language Processing (डिसेम्बर १३, २००९), "Rule Based Machine Translation", Language.worldofcomputing.net, अन्तिम पहुँच नोभेम्बर २३, २०११  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २५, २०१२ मिति
  10. http://blog.translate.ru/2019/04/nejronnye-seti-oflajn-perevodchiki-i-konkurenciya-nikita-shablykov-o-texnologiyax-mashinnogo-perevoda/
  11. [१]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]