बङ्गाली विकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बंगाली विकिपीडियाबाट अनुप्रेषित)

Favicon of Wikipedia बङ्गाली विकिपिडिया
85%
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाबङ्गाली
मुख्यालयहरूढाकाकलकत्ता
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलबीएन.विकिपिडिया.ओर्ग
व्यवसायिकहैन
दर्तावैकल्पिक
प्रयोगकर्ताहरू२५३,४३१
चालु भएको मिति२७ जनवरी २००४; २० वर्ष पहिले (२००४-०१-27)
वर्तमान स्थितिचालू

बङ्गाली विकिपिडिया (बङ्गाली: বাংলা উইকিপিডিয়া), बङ्गाली भाषा संस्करणको नि:शुल्क अनलाइन विश्वकोश परियोजना हो जसलाई गैर लाभकारी अमेरिकी संस्था विकिमिडिया फाउन्डेसनले सञ्चालन गर्दै आइरहेको छ। यो २७ जनवरी २००४ मा सुरु गरिएको थियो। यसले सुरुवातको दुई वर्षमै, अक्टोबर २००६ मा, १०,००० वटा पृष्ठ नाघिसकेको थियो जसले गर्दा यो दक्षिण एसियाली भाषाहरूमा सो गर्ने दोस्रो विकिपिडिया बन्न सफल भएको थियो।[१] १८ जुलाई २०१९ सम्म, कुल पृष्ठले ७०,२०४ नाधेको थियो जसमा मासिक सक्रिय सम्पादनकर्ता १,५२८ भन्दा बढी रहेका थिए। औसत रूपमा, यस वेबसाइटलाई दिनको पाँच हजार भन्दा बढी पटक हेरिएको थियो।[२] २२ जुलाई २०१९ सम्म, यस बङ्गाली भाषाको विकिपिडियामा कुल ३५ लाख भन्दा बढी सम्पादन भैसकेको छ। हाल यसका ११ जना प्रवन्धकहरू रहेका छन् भने यस विकिपिडियाको गहिराई ३९० रहेको छ।[३]

जनवरी २०१९ को अनुसार, बङ्गाली विकिपिडिया बङ्गाली भाषामा लिखित एकमात्र अनलाइन स्वतन्त्र विश्वकोश हो। यो इन्टरनेट बङ्गाली सामग्री सम्बन्धी वेबसाइटहरूको सबैभन्दा ठूलो वेबसाइट हो।[४] सन् २०१० मा, मोबाइल फोनहरूमा बङ्गाली विकिपिडियाको मोबाइल संस्करण पनि सुरुवात गरिएको थियो। सन् २०१८ मा, बङ्गाली विकिपिडियालाई विश्वव्यापी रूपमा १९० मिलियन भन्दा बढी पटक अवलोकन गरिएको थियो।[२][५] बङ्गाली विकिपिडियासँग बङ्गाली लिपि लेख्नको लागि एक उपकरण रहेको छ जसको प्रयोगले प्रयोगकर्ताहरूले तपाईँ कुनै पनि ल्याटिन वर्णमाला कुञ्जीपाटी प्रयोग नयाँ तरीकाबाट बङ्गाली भाषामा लेख्न सक्दछन्। यसका लागि कुनै बाह्य सफ्टवेयरको आवश्यकता भने पर्दैन। [६]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २००२ मा, विकासकर्ताहरूले विभिन्न भाषाका विकिपिडियाहरूका लागि भाषा साङ्केतिक शब्दमा, आधारित उप डोमेन सृजना गर्न सुरुवात गरेका थिए।[७] अरू विकिपिडियाको उप डोमेनका साथसाथै बङ्गाली भाषाको पनि उप डोमेन सृजना गरिएको थियो।[८] ९ डिसेम्बर २००३ मा, क्यानडाको म्याकगील विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका बङ्गलादेशी विद्यार्थी शाह आसादुजामनले विकिपिडियाका संस्थापक जिमी वेल्सलाई बङ्गाली भाषामा पनि विकिपिडिया ल्याउनका लागि विडाँक मार्फत आग्रह गरेका थिए। [९][१०] फलस्वरूप, सोही वर्षको २६ डिसेम्बरमा, विकासकर्ताहरूले विकिपिडियामा परीक्षण पृष्ठको सृजना गरेका थिए।[१०]

बङ्गाली विकिपिडियाको प्रमुख पृष्ठ आइपी ठेगाना मार्फत २७ जनवरी २००४ मा, सृजना गरिएको थियो जसलाई बङ्गाली विकिपिडियाको सुरुवात पनि भन्ने गरिएको छ। बङ्गाली विकिपिडियामा, बङ्गाली भाषाको पृष्ठ २४ मे २००४ मा सृजना गरिएको थियो जुन चाहिँ बङ्गाली विकिपिडियाको पहिलो पृष्ठ रहेको थियो। बङ्गाली विकिपिडियाको निर्माण पछि, विकिपिडियाले यसको मुल डोमेन नाम प्राप्त गर्नका लागि बङ्गलादेश दूरसञ्चार कम्पनी लिमिटेडलाई पत्राचार गरेको थियो।[११]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गाली विकिपिडियाको १०औँ जन्मोत्सवमा विपिडियाका संस्थापक जिमी वेल्स, बङ्गाली विकिपिडिया सम्पादकहरूसँग, ढाका (सन् २०१५ मा)

बङ्गाली विकिपिडिया २७ जनवरी २००४ मा सुरुवात भएको थियो।[१२][१३] पहिला बङ्गलादेशका मानिसहरूमा विकिपिडिया प्रति कम चासो थियो। केही विद्यार्थी र शिक्षकहरूले मात्र अङ्ग्रेजी विकिपिडियाको प्रयोग गर्दथे। त्यस बाहेक, बङ्गाली विकिपिडिया योगदान गर्नका लागि विभिन्न समस्यहरू आउँथे। सन् २००६ मा सबै रूपरेखा परिवर्तन भएको थियो।[१४] २५ मार्च २००६ मा, बङ्गलादेशको खुला स्रोत सञ्जालले एक विकि टोलीको सृजना गरेको थियो जसको उदेश्य राष्ट्रव्यापी रूपमा बङ्गाली विकिपिडियाको लोकप्रियता वृद्धि गराई बङ्गाली भाषाको सबैभन्दा ठूलो विश्वकोश बनाउनु थियो।[१४]

उक्त समयमा, बङ्गाली विकिपिडियामा जम्मा ५०० पृष्ठहरू सङ्ग्रहित थिए। बङ्गलादेशको खुला स्रोत सञ्जालले सृजना गरेको विकि टोलीले केही पत्र पत्रिका मार्फत शब्द व्यवस्थापनको प्रवन्धन गरेको थियो। छिट्टै, थुप्रै बङ्गाली मातृभाषी र बिदेशमा रहेका बङ्गाली बोल्न सक्ने प्रयोगकर्ताहरूले यस गतिशील परियोजनामा सहभागी भएका थिए। फलस्वरूप, अक्टोबरको अन्त्य तिर, बङ्गाली विकिपिडियाले १०,००० पृष्ठ पार गरेको थियो।[१४] दक्षिणी एसियाली भाषाका विकिपिडियाको तुलनामा उक्त कोशेढुङ्गामा पुग्ने यो पहिलो विकिपिडिया थियो। यी लेखहरूमध्ये धेरै तस्वीरहरूसँग चित्रण गरिएको थियो। चिकित्सक राफिकुल इस्लामले बङ्गाली भाषा अभियानमा सङ्कलन गरेका सबै ऐतिहासिक तस्वीरहरू विकिमिडिया विकिमिडिया कमन्समा उर्ध्वभरण गरेका थिए। [१४] बङ्गाली विकिपिडियाको अग्रगामी, चिकित्सक राजिब हसानले यस्तो बताएका छन्।

“सबै ठूलो चुनौती इण्टरनेटमा बङ्गाली भाषामा लेख्नु हो। धेरै जस्तो सञ्चालन प्रणालीहरूमा बङ्गाली भाषाको युनिकोड असमर्थित छन् इण्टरनेटका केही वेबसाइटहरूले मात्र बङ्गाली युनिकोडलाई समर्थन गर्दछ र प्रयोगकर्ताहरूलाई यो सञ्चालनमा ल्याउन धेरै गार्‍हो हुन्छ। त्यसबाहेक, सुरुवाती चरणमा बङ्गाली युनिकोडमा लेख्नु नयाँ थियो। बङ्गाली भाषामा विकिपिडिया सञ्चालनमा ल्याउनुले काम गर्छ जस्तो मलाई लाग्दैन।"[१४]

सन् २००९ देखि २०१० सम्म, भारतको पश्चिम बङ्गालमा रहेका बङ्गाली मातृभाषीहरूले पनि बङ्गाली विकिपिडियामा योगदान गर्न थालेका थिए।[१४] सोही समयमा, विकिमिडिया फाउण्डेसनले आफ्नो कार्य ३ अक्टोबर २०११ मा सञ्चालन गरेको थियो जसलाई विकिमिडिया बङ्गलादेशको नामले चिनिन्छ। यसलाई पछि बङ्गलादेशले पनि स्वीकृत गरेको थियो।[१२] यस कोशले बङ्गाली भाषाको शैक्षिक सामग्रीहरू प्रवर्द्धनमा विशेष जोड दिएको छ। २६ फेब्रुअरी २०१५ मा, विकिपिडियाका सह-संस्थापकले बङ्गलादेश भ्रमण गरेका थिए।[१५][१६][१७] उनी बङ्गाली विकिपिडियाको १०औँ वार्षिकोत्सब समारोहमा सहभागी हुन बङ्गलादेश आएका थिए।[१६][१७][१८][१९][२०][२१] उनले भाषणको बेलामा, पृष्ठहरूको गहिराईको आधारमा बङ्गाली विकिपिडिया राम्रो रहेको कुरा बताएका थिए।

बङ्गाली विकिपिडियामा हाल विभिन्न विषयमा ७०,२०४ पृष्ठहरू रहेका छन् र यसमा मासिक रूपमा १,५२८ प्रयोगकर्ताहरू सक्रिय रूपमा रहेका छन्। जनवरी २०१९ सम्म, बङ्गाली भाषामा लेखिएको यो एकमात्र खुला विश्वकोश हो। यो बङ्गाली भाषामा सबैभन्दा धेरै सामग्री भएको वेबसाइटहरू मध्ये एक हो। [५][२२][२३]

प्रयोगकर्ता र सम्पादकहरू[सम्पादन गर्नुहोस्]

बङ्गाली विकिपिडिया तथ्याङ्क
प्रयोगकर्ता खाताहरूको संख्या लेखहरूको संख्या चित्रहरूको संख्या प्रबन्धकहरूको संख्या
४५१,८३३ १५०,२१४ १८,११८ १४

भ्रम[सम्पादन गर्नुहोस्]

बङ्गलादेशी सञ्चार माध्यमहरूमा यस विकिपीडियाका केहि जानकारीको बारेमा भ्रम भएको थियो। अप्रिल २०१८ मा, बङ्गलादेशको, छापा तथा विद्युतीय कम्पनीले विकिपिडियाले बङ्गलादेशकी प्रसिद्ध गायिक रूना लायलालाई सदाबाहार प्रमुख ३० बङ्गलादेशी मानिसहरूको सूचीमा नामकरण गरेको थियो।[२४][२५][२६][२७] यो भ्रम बङ्गाली र अङ्ग्रेजी विकिपिडियामा प्रयोग गरिएको तस्वीरले गर्दा उत्पन्न भएको थियो।[२८]

सोही वर्षको अगस्टमा, एउटा दर्ता नगरिएका प्रयोगकर्ताले मृत्युनै नभएका वैज्ञानिक मोहम्मद जफर इक्बलको मृत्यु भएको भनेर मिति थपिदिएका थिए जसको फलस्वरूप बङ्गलादेशमा विभिन्न सञ्चार माध्यमको ध्यानाकर्षण गरेको थियो।[२९][३०][३१][३२]

समुदाय र अनुष्ठान[सम्पादन गर्नुहोस्]

विकिमिडिया बङ्गलादेशको प्रतिक
पश्चिम बङ्गाल विकिमिडिया प्रयोगकर्ता समूहको प्रतिक

बङ्गाली विकिपिडिया र विकिपिडिया जस्ता विभिन्न परियोजनाहरू विकिमिडिया फाउन्डेसनले स्थानीय भाषामा विभिन्न देशका लागि प्रयोगकर्ता समुदायहरूको साथ अनुमोदन गरेको छ।[३३][३४] यो संस्करणको विकिपिडिया बङ्गलादेशमा, विकिपिडियाले बङ्गलादेश र भारतमा 'पश्चिम बङ्गाल विकिपिडिया समुदाय मार्फत सञ्चालित छ।[३५] २१औँ शताब्दीको सुरूवात देखि बङ्गाली विकिपिडिया योगदानकर्ताहरूले विभिन्न कार्यक्रमहरू अनुसरण गर्दै आएका छन्। केही वर्ष यता बङ्गाली विकिपिडिया योगदानकर्ताहरूले पश्चिम बङ्गालम जागरूकता कार्यक्रमहरू आयोजना गर्न थालेका छन्।[३६][३७][३८][३९] बङ्गाली विकिपिडिया समुदायले हरेक वर्ष विभिन्न प्रतियोगिता तथा सम्पादनथनको सञ्चालन गर्दै आइरहेको छ।[४०][४१] बङ्गलादेशमा बङ्गाली विकिपिडियाको गुणस्तर वृद्धि गर्नका लागि वार्षिक रूपमा लेख प्रतियोगिता हुने गरेको छ। बङ्गाली विकिपिडियाको पहिलो सम्मेलन चट्टग्राममा भएको थियो जहाँ पहिलो पटक बङ्गाली विकिपिडिया तस्वीर प्रतियोगिता आयोजना गरिएको थियो।[४२][४३][४४] वार्षिक मातृभाषा दिवसको उपलक्ष्यमा यसले प्रत्येक वर्ष मातृभाषा सम्पादनथन प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। [४५][४६][४७]

बङ्गाली विकिपिडिया १० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विकिमिडिया बङ्गलादेश र पश्चिम बङ्गालको विकिमिडिया समुदायले वार्षिकोत्सव समारोह आयोजना गरेको थियो, जहाँ दुई देशका बङ्गाली भाषी विकिमिडिया सम्पादकहरूको सहभागिता रहेको थियो।[४८][४९][५०][५१][५२] बङ्गलादेशमा दशौँ वार्षिकोत्सव समारोह दुई चरणमा सम्पन्न भएको थियो जसमा विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले भाग लिएका थिए जहाँ उनले बङ्गाली विकिपिडिया योगदानकर्ताहरूको प्रशंसा गरेका थिए।[५३][५४] यसले अन्य गतिविधिहरूमा विकिमिडिया परियोजनामा महिलाको सहभागिता बढाउने उद्देशका साथ जागरूकता कार्यक्रमहरूको आयोजना गरेको थियो।[५५] विकिपिडियाले बङ्गलादेशले राष्ट्रका प्रमुख सहर ढाका, सिलेटराजशाहीमा यसको वार्षिकोत्सब मनाएको थियो।[५६][५७]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

विकिपिडियाको १४औँ जन्मोत्सवमा खिचिएको सामूहिक तस्वीर, ढाका (सन् २०१८)
विकिपिडियाको १३औँ जन्मोत्सवमा खिचिएको सामूहिक तस्वीर, ढाका (सन् २०१७)
बङ्गाली विकिपिडियाको १०औँ जन्मोत्सवमा खिचिएको सामूहिक तस्वीर, कलकत्ता (सन् २०१५)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Noronha Frederick (सेप्टेम्बर ३०, २००६)। "Bengali Wikipedia crosses 10,000 articles"हिन्द-एसियाली समाचार सेवा। मोन्ष्टर एण्ड क्रिटिक्स। सङ्ग्रह मिति २५ डिसेम्बर २०१३ 
  2. २.० २.१ "৯৯ কোটিবার দেখা হয়েছে বাংলা উইকিপিডিয়া", टेक सहर (बङ्गालीमा), अन्तिम पहुँच २६ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ जुन २०२१ मिति
  3. "এবার মোবাইল ফোনে বাংলা উইকিপিডিয়া"www.prothom-alo.com। सङ्ग्रह मिति २६ जनवरी २०१९ 
  4. "A decade of Bangla Wikipedia An open call", द डेली ष्टार (बङ्गलादेश), मार्च १७, २०१४, मूलबाट २३ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०१४ 
  5. ५.० ५.१ "বাংলা উইকিপিডিয়ার ১৫ বছর"जुगाण्टार। सङ्ग्रह मिति २८ जनवरी २०१९ 
  6. "সাহায্য:বাংলা টাইপ করা"बङ्गाली विकिपिडिया (बङ्गाली भाषा)। 
  7. "विकिपिडिया: गृह पृष्ठ", web.archive.org, २००२-०२-२२, अन्तिम पहुँच २०१९-०८-१८ 
  8. "विकिपिडिया: गृह पृष्ठ", web.archive.org, २००२-०७-२३, अन्तिम पहुँच २०१९-०८-१८ 
  9. "Mailing List Archive: [asad@cs.mcgill.ca: About starting a new wikipedia in language : Bengali]", lists.gt.net, अन्तिम पहुँच २०१९-०८-१८ 
  10. १०.० १०.१ "বাংলা উইকিপিডিয়ায় প্রথম", कालेरकाण्ठो (बङ्गालीमा), मूलबाट २८ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०१९ 
  11. "সেই অবহেলাতে বাংলা ডোমেইন, নেই ব্যবহার"। টেকশহর। सङ्ग्रह मिति २२ मार्च २०१७ 
  12. १२.० १२.१ काण्ठो, कालेर, "একনজরে বাংলা উইকিপিডিয়া – কালের কণ্ঠ", मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-११ 
  13. काण्ठो, कालेर, "১৪ বছরে বাংলা উইকিপিডিয়া – কালের কণ্ঠ" 
  14. १४.० १४.१ १४.२ १४.३ १४.४ १४.५ काण्ठो, कालेर, "যুগ পেরিয়ে বাংলা উইকিপিডিয়া – কালের কণ্ঠ", मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-११ 
  15. "Wikipedia co-founder arrive Dhaka", Prothom Alo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  16. १६.० १६.१ "যে বার্তা দিয়ে গেলেন জিমি ওয়েলস" 
  17. १७.० १७.१ webdesk@somoynews.tv, "ঢাকায় উইকিপিডিয়ার সহ-প্রতিষ্ঠাতা জিমি ওয়েলস", somoynews.tv 
  18. टाइम्स, द ढाका, "গভীরতার বিচারে বাংলা উইকিপিডিয়ায় তৃতীয় ভাষা – द ढाका टाइम्स" 
  19. "উইকিপিডিয়ায় তৃতীয় ভাষা বাংলা", एनटिभी अनलाइन, अन्तिम पहुँच २०१९-०८-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१८ मिति
  20. "বাংলাদেশে আসছেন জিমি ওয়েলস", প্রথম আলো (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  21. "GP subscribers get free Wikipedia access", एनटिभी अनलाइन, अन्तिम पहुँच २०१९-०८-१८ 
  22. "জেনে রাখুন | কালের কণ্ঠ", कालेर काण्ठो (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  23. "| কালের কণ্ঠ", कालेर काण्ठो (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  24. "উইকিপিডিয়ায় শীর্ষ ত্রিশ বাঙালিতে রুনা লায়লা | আনন্দ বিনোদন"archive1.ittefaq.com.bd। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  25. "উইকিপিডিয়ায় শীর্ষ ত্রিশ বাঙালির তালিকায় রুনা লায়লা"मिजामिन। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  26. "উইকিপিডিয়ার শীর্ষ ত্রিশ বাঙালির তালিকায় রুনা লায়লা"समोकाल (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  27. "শীর্ষ ৩০ বাঙালির মধ্যে রুনা লায়লা", अन्तिम पहुँच १७ मार्च २०१९ 
  28. "রুনা লায়লাকে নিয়ে গণমাধ্যমে বিভ্রান্তি"जागोन्युज डटकम। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  29. "ড. জাফর ইকবালকে মৃত দেখাচ্ছে বাংলা উইকিপিডিয়া"thebangladeshtoday.com। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  30. "জাফর ইকবালকে মৃত দেখাচ্ছে বাংলা উইকিপিডিয়া"जमुना टेलिभिशान (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  31. "জাফর ইকবালের মৃত্যুর খবর সংশোধন করলো বাংলা উইকিপিডিয়া"jamunatv.online। सङ्ग्रह मिति १७ मार्च २०१९ 
  32. टेलिभिजन, जमुना। "জাফর ইকবালের মৃত্যুর খবর সংশোধন করলো বাংলা উইকিপিডিয়া"जमुना टेलिभिशान (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०१९-०८-२४ 
  33. "বাংলা উইকিপিডিয়া নিবন্ধ প্রতিযোগিতা" (बङ्गाली भाषा)। রাইজিংবিডি। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  34. "বাংলা উইকিপিডিয়ায় চলছে নিবন্ধ প্রতিযোগিতা" (बङ्गाली भाषा)। কালের কণ্ঠ। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  35. "বাংলা উইকির দশম বর্ষপূর্তি পালিত"। বিডিনিউজ টোয়েন্টিফোর। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  36. "ইস্ট ডেল্টায় উইকিপিডিয়া বিষয়ক কর্মশালা"। বিডিনিউজ টোয়েন্টিফোর। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  37. "কুমিল্লা বিশ্ববিদ্যালয়ে উইকিপিডিয়া-বিষয়ক কর্মশালা"। এনটিভি। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  38. "রাজশাহী বিশ্ববিদ্যালয়ে উইকিপিডিয়া কর্মশালা অনুষ্ঠিত" (बङ्गाली भाषा)। দৈনিক ইত্তেফাক। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  39. "উইকিপিডিয়ায় ব্রাহ্মণবাড়িয়ার তথ্য বাড়ানোর উদ্যোগ"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  40. "বাংলা উইকিপিডিয়া সম্মেলন" (बाङ्ल भाषा)। বাংরানিউজ২৪। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  41. "চট্টগ্রামে বাংলা উইকিপিডিয়া সম্মেলন শুরু" (बङ्गाली भाषा)। বাংলানিউজ২৪। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  42. "বাংলা উইকিপিডিয়া ছবি প্রতিযোগিতা"। রাইজিংবিডি। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  43. "বাংলা উইকিপিডিয়ায় ছবি প্রতিযোগিতা"। বাংলা ট্রিবিউন। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  44. "বাংলা উইকিপিডিয়া ছবি প্রতিযোগিতা"। বাংলানিউজ২৪। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  45. "একুশের চেতনায় বাংলা উইকিপিডিয়া সমৃদ্ধ করার আহ্বান" (बङ्गाली भाषा)। বাংলানিউজ২৪। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  46. "একুশের চেতনায় বাংলা উইকিপিডিয়া সমৃদ্ধ করার আহ্বান"। প্রথম আলো। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  47. "ভাষার মাসে বাংলা উইকিপিডিয়া সমৃদ্ধ করার আহ্বান"। ইত্তেফাক। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  48. "ভারতে উইকিপিডিয়া কন্ট্রিবিউটরদের সম্মেলন শুক্রবার" (बङ्गाली भाषा)। কালের কণ্ঠ। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  49. "বাংলা উইকিপিডিয়ার দশম বছর পূর্তি উদযাপিত"। এনটিভি। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  50. "বাংলা উইকির দশকপূর্তির আয়োজন"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  51. "বাংলা উইকিপিডিয়ার দশম বছর পূর্তি উদযাপিত"। ইত্তেফাক। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  52. "বাংলা উইকিপিডিয়ার ১০ বছর পূর্তি"। বণিক বার্তা। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  53. "যে বার্তা দিয়ে গেলেন জিমি ওয়েলস"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  54. "উইকিপিডিয়ায় তৃতীয় ভাষা বাংলা"। ইত্তেফাক। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  55. http://www.daily-sun.com/printversion/details/294727/2018/03/12/Wiki-workshop-for-women-held
  56. "বাংলা উইকিপিডিয়ার ১৫ বছর"। सङ्ग्रह मिति २० जनवरी २०१९ 
  57. "১৫ বছরে পা দিল বাংলা উইকিপিডিয়া" (बङ्गाली भाषा)। রাইজিংবিডি। सङ्ग्रह मिति २० जनवरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]