बटुक भैरव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बटुक भैरव मन्दिर
बटुक भैरव मन्दिर
प्राथमिक विवरण
स्थान:लगनखेल ललितपुर
सम्बन्धनहिन्दुत्व
जिल्लाललितपुर
प्रदेशबागमती
देश नेपाल
Batuk vhairav temple

"पातुक" हाङ किराती "राजा" बटुक भैरव मन्दिर सैब किरत धर्मावलम्बिहरूको तीर्थस्थल हो । यो मन्दिर ललितपुर जिल्लाको लगनखेलमा अवस्थित छ ।

इतिहास‍‍[सम्पादन गर्नुहोस्]

लिच्छविकालीन राजा अंशुवर्माले भारतको प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए । यो मन्दिर वि.सं. १९९१ सालमा जुद्धशमशेरले जीर्णोद्धार गराएका थिए । मन्दिरछेउ दुई वटा पाटी पनि निर्माण गरिएका छन् । यस मन्दिरमा रहेका विभिन्न वस्तुहरू विभिन्न समयमा विभिन्न भक्तहरूले चढाएका हुन् ।[१]

धार्मिक महत्च[सम्पादन गर्नुहोस्]

बटुक भैरव काठमाडौँ उपत्यकामा पुजिने अष्ट भैरवमध्येका एक हुन् । यिनलाई शिवजीको उग्र रूप मानिन्छ। भैरवहरू तान्त्रिक देवता मानिन्छन् । यस मन्दिरको स्थापना तान्त्रिक विधिबाटै गरिएको भन्ने उल्लेख गरिएको पाइन्छ। ललितपुरको लगनखेलमा रहेका बटुक भैरवलाई त्यहाँका अर्का देवता मीननाथका कुलदेवता पनि मानिएको छ । मन्दिर क्षेत्रमा आइतबार र बिहीबारका दिन श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । यस मन्दिरका लागि गुठीको पनि व्यवस्था गरिएको छ । ‍‍

वास्तुकला‍‍[सम्पादन गर्नुहोस्]

बटुक भैरव मन्दिर एक तला प्यागोडा शैलीमा बनेको छ । यस मन्दिरको छाना तामाले बनेको छ। यस मन्दिरमा भैरवको मूर्ति राखिएको देखिंदैन । यसका बदलामा एउटा प्रस्तरलाई बटुक भैरवका रूपमा पूजाआजा गर्ने गरिन्छ । मन्दिरको गर्भगृहमा गणेश, कुमार र कुमारीका मूर्ति पनि छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

https://www.facebook.com/pages/Batuk-Bhairab-Lagankhel/292018140842080