बाइटडान्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाइटडान्स लिमिटेड (जुजि थाओदोङ)[१]
मौलिक नाम
字节跳动有限公司
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगइन्टरनेट
स्थापितमार्च २०१२; १२ वर्ष अघि (२०१२-०३)
स्थापनाकर्ताझाङ यिमिङ
张辅评[२]
केन्द्रीय कार्यालय
ह‌ैदियान जिल्ला, बेइजिङ
,
 चीन
(विश्वव्यापी सञ्चालन प्रधान कार्यालय)
केम्यान टापु केम्यान टापु [३]
(कानुनी अधिवास)
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
झाङ यिमिङ, अध्यक्ष र कार्यकारी
केभिन मायर, सञ्चालन अधिकृत
लिदोङ झाङ, जुजि थाओदोङका प्रमुख
नान झाङ, जुजि थाओदोङका सञ्चालन अधिकारी
फुफिङ झाङ, बाइटडान्सको साम्यवादी दल समितिका सचिव
उत्पादनहरूताओतिआओ
टिकटक / दोउयिन
भिगो
हेलो
रेस्सो
राजश्व ¥१४० अर्ब ($२० अर्ब, सन् २०१९)[४]
वेबसाइटwww.bytedance.com

बाइटडान्स लिमिटेड (चिनियाँ: 字节跳动); (फिनयिन : Zìjié Tiàodòng) (उच्चारण:जुजि थाओदोङ) एक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी हो जसको प्रधान कार्यालय राजधानी बेइजिङमा अवस्थित छ। [५] सन् २०१२ मा झाङ यिमिङले यसको स्थापना गरेका थिए। बाइटडान्सको मूल्य मे २०२० सम्म १०० अर्ब अमेरिकी डलर भन्दा बढी रहेको अनुमान गरिएको छ।[६]

बाइटडान्सको मुख्य उत्पादनहरूमा तोउतिआओ पर्दछ जुन चीन र विश्वभरिका लागि समाचार सामग्री प्रदान एक मञ्च हो। तोउतिआओको सुरुवात एक समाचार सिफारिस सेवाको रूपमा भएको थियो र बिस्तारै यो विभिन्न ढाँचामा सामग्री वितरण गर्ने मञ्चमा विकसित भएको थियो जसमा जस्तै पाठ, तस्वीर, प्रश्न-उत्तर, सुक्ष्म अनुदैनिकी , र भिडियोहरू समावेश छन्।[७] यो एक लोकप्रिय भिडियो साझेदारी सेवा दोउयिन (टिकटक)को पनि विकासकार्ता हो। यसले ९ नोभेम्बर २०१७ मा, १ अर्ब अमेरिकी डलरमा म्युजिकल्लीको अधिग्रहण गर्दै यसलाई २ अगस्त २०१८ मा, आफ्नो टिकटकमा गाभेको थियो।[८][९][१०]

नोभेम्बर २०१८ सम्म, बाइटडान्ससँग यसको सबै सामग्री मञ्चहरूमा गरी ८० करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू (१ अर्ब भन्दा बढी सञ्चयित प्रयोगकर्ताहरू) थिए। अगस्त २०१८ मा, फोर्ब्सले यसको मूल्य ७.८ करोड अमेरिकी डलर भन्दा बढी रहेको जनाएको थियो जसले गर्दा यो विश्वको प्रमुख इन्टरनेट कम्पनीहरू मध्ये एक रूपमा रहन सफल भएको थियो। कम्पनीसँग आन्तरिक समिति रहेको छ साथै यसले बेइजिङ र साङ्हाईमा गरी सार्वजनिक सुरक्षा मन्त्रालय र चिनियाँ साम्यवादी दल समर्थित उद्यमसँग रणनीतिक साझेदारी पनि कायम गरेको छ। बाइटडान्स कोहलबर्ग क्रभिस रोबर्ट्स, सफ्टब्याङ् समूह, सेक्वाइया, जनरल अटलान्टिक पूँजी समूह, र हिलहाउस पूँजी लगायतका लगानीकर्ता समूहद्वारा समर्थित छ।[८]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा, जाङ यिमिङले यसको स्थापना गरेका थिए। झाङ यिमिङले चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरू प्राय: उनीहरूले इन्टरनेटमा रुचि राख्ने खालको जानकारी फेला पार्न नसकेको भन्दै यसको स्थापना गरेका थिए।[११] बाइटडान्सले अगस्त २०१२ मा समाचार सिफारिश अनुप्रयोग तोउतिआओको सुरूवात गरेको थियो। मञ्चले प्रयोगकर्ताहरूले कस्ता खालका सामग्रीहरू पढ्न रूचि राख्छन् भन्ने बारेमा अध्ययन गर्दै अभिरुचिहरूमा आधारित जानकारी र लेखहरू सिफारिश गर्दछ। सन् २०१३ को बीचमा, तोउतिआओको दैनिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्याले १ करोड पार गरेको थियो। [१२]

सेप्टेम्बर २०१६ मा, बाइटडान्सले चिनियाँ बजारको लागि दोउयिनको सुरुवात गरेको थियो। यसमा तयार गरिएका सामग्रीहरूलाई कम्पनीले विवाओ र विच्याट जस्ता मञ्चहरूमा सार्वजनिक गर्न सकिने सुविधा पनि यसले सञ्चालन गरेको छ।[१३] अनुप्रयोगले ३ देखि १५ सेकेन्ड सम्मको ओठ समक्रमण समावेशको भिडियो सार्वजनिक गर्न अनुमति दिन्छ भने यसले छोटो दोहोरिँदो भिडियोको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ। बाइटडन्सको प्रारम्भिक सफलताले यसको प्रतिद्वन्द्वीको भन्दा बढी लगानी ल्याउन सफल भएको थियो जुन सेक्वाइया क्यापिटल जस्ता प्रख्यात लगानीकर्ताहरू सहितका लगानकर्ताहरूले त्यस समयमा यसमा १ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेका थिए। कोष र लोकप्रियताको निरन्तर बृद्धिसँगै, दोउयिनले प्रतिस्पर्धी अनुप्रयोगहरूबाट लोकप्रिय सामग्री उत्पादकहरूको अन्वेषण गर्न र विशेष सिर्जनाको लागि भुक्तानी गर्न सुरु गरेको थियो। [१४][१५] सन् २०१७ मा, बाइटडान्सले दोउयिन (अन्तर्राष्ट्रिय बजारमा टिकटकको रूपमा परिचित) म्यूजिकल्ली नामक मोबाइल फोन अनुप्रयोगको अधिग्रहण गरेको थियो जसलाई एक चिनियाँ संस्थापकले संयुक्त राज्य अमेरिकामा $८० करोड अमेरिकी डलर साथ लागि स्थापना गरेका थिए र पछि यसले उक्त अनुप्रयोगलाई दोउयिनमा समाविष्ट गरेको थियो। [१६] १९ मे २०२०, बाइटडान्स र डिज्नीले एक घोषणा जारी गर्दै डिज्नीको इन्टरनेट व्यवसायका प्रमुख केभिन मेयर बाइटडान्समा सामेल हुने बताएको थियो। १ जुन २०२० देखि, मेयर टिकटकको कार्यकारी र बाइटडान्सको सञ्चालन अधिकृतको रूपमा रूपमा सेवा गरिरहेका छन्। [१६]

मुद्दाहरू[सम्पादन गर्नुहोस्]

हुसिउ[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०१८ मा, हुसिउ बाइटडान्सको विरुद्ध मानहानीका लागि मुद्दा दर्ता गरेको थियो जहाँ यसले बाइटडन्सको भारतीय भाषा समाचार अनुप्रयोग हेलोले गलत सूचना प्रचार गरेको आरोप लगाएको थियो।[१७]

अमेरिकी बालबालिका अनलाइन गोपनियता ऐन अन्तर्गत जरिवाना[सम्पादन गर्नुहोस्]

२७ फेब्रुअरी २०१९ मा, संयुक्त राज्य अमेरिकाको सङ्घीय व्यापार आयोगलेले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनको उल्लङ्घन गरेको र १३ वर्ष मुनिका बालबालिकाहरूको सूचना सङ्कलन गरेकोमा बाइटडन्सलाई ५७ लाख अमेरिकी डलर जरिवाना लगाएको थियो।[१८] बाइटडन्सले यसको जवाफमा बालबालिका मैत्री शैली अपनाउँदै श्रब्य दृश्य उर्ध्वभरण गर्न, प्रयोगकर्ता खाताहरू निर्माण गर्न र प्रत्यक्ष सन्देश पठाउन र अन्यको भिडियोमा टिप्पणी गर्न रोकेको थियो। तथापि, यसले अझै पनि सामग्रीको अवलोकन र कैदलाई अनुमति दिएको थियो।[१९] मे २०२० मा, एउटा वकिलको समूहले सङ्घीय व्यापार आयोगमा उजुरी दायर गरेको थियो र टिकटकले फेब्रुअरी २०१९ को सहमतिको उल्लङ्घन गरेको जनाएको थियो।[२०][२१][२२][२३]

टिकटकमा प्रतिबन्ध[सम्पादन गर्नुहोस्]

भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा भएको भन्दै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले बाइटडान्सको अधिनमा रहेको टिकटक अनुप्रयोगहरूलाई प्रतिबन्ध गर्ने घोषणा गरेको थियो। [२४][२५][२६] पछि, यस प्रतिबन्धबाट बाइटडान्सले ६ अर्ब अमेरिकी डलर गुमाएको जनाइएको थियो।[२७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "张一鸣"। 出生于। सङ्ग्रह मिति १८ अगस्ट २०२० 
  2. "字节跳动副总裁张辅评:抖音国内日活跃用户突破两亿"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-०३ मिति
  3. फेङ, भेनस (२०१९-०३-२९), "The complex fortune growing inside Bytedance, the world's most valuable startup", द जापान टाइम्स (अङ्ग्रेजीमा), मूलबाट २०१९-०७-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०६-०१ 
  4. "TikTok parent ByteDance rakes in USD 20 billion revenue in 2019, up 180% year-on-year: Report", मूलबाट २०१९-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-०३ 
  5. "关于字节跳动", 字节跳动, २०१९-०७-२१, मूलबाट २०१९-०७-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०७-२१ 
  6. "ByteDance, the Chinese company behind TikTok, is now reportedly worth over $100 billion", Business Insider, मूलबाट २०२०-०५-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-२२ 
  7. "抖音运营公司成世界最大独角兽", 日经中文网 (जापानीमा), २०१८/११/१५, मूलबाट २०१८-११-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-११-१६ 
  8. ८.० ८.१ "The unknown 35-year-old behind the world's most valuable startup", द सिड्नी मर्निङ हेरलर्ड, २०१८-१०-०१, अन्तिम पहुँच २०१९-०४-०५ 
  9. 钱童心 (२०१७-११-१३)। "Musical.ly CEO阳陆育:C轮前投资方全部退出"第一财经। सङ्ग्रह मिति २०१८-१०-१६ 
  10. 颛顼 (२०१७-०७-२१)। "短视频进入"抖"时代:Muse/抖音/晃咖...为何越抖越受欢迎?"PingWest 品玩। सङ्ग्रह मिति २०१८-१०-१६ 
  11. "字节跳动收购锤子科技手机资产 试水硬件中台", 海珈格, २०१९-११-०१, मूलबाट २०१९-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०१ मिति
  12. "抖音、火山正式官宣“在一起”", 每日经济新闻, २०२०-०१-०८, मूलबाट २०२०-०१-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१६ 
  13. "西瓜信息网-字节跳动捐资2亿元设立的“中国红十字基金会字节跳动医务工作者人道救助基金”", www.xigua108.top, अन्तिम पहुँच २०२०-०२-०८ [dead link]
  14. 字节跳动的二号人物,新浪财经。
  15. 一线|抖音CEO张楠任字节跳动中国CEO 张利东担任董事长,腾讯科技。
  16. १६.० १६.१ "Inside ByteDance, the $75bn unicorn behind TikTok", Nikkei Asian Review (en-GBमा), अन्तिम पहुँच २०२०-०४-२१ 
  17. Liao, Rita (२०१८-१२-१९), "TikTok parent ByteDance sues Chinese news site that exposed fake news problem", TechCrunch, मूलबाट २०१९-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०१ 
  18. Lieber, Chavie (२८ फेब्रुअरी २०१९)। "TikTok is the latest social media platform accused of abusing children's privacy – now it's paying up"Vox। सङ्ग्रह मिति १ मार्च २०१९ 
  19. "TikTok stops young users from uploading videos after FTC settlement"। सङ्ग्रह मिति २७ फेब्रुअरी २०१९ 
  20. Bartz, Diane (२०२०-०५-१४)। "Advocacy group says TikTok violated FTC consent decree and children's privacy rules" (अङ्ग्रेजी भाषा)। Reuters। सङ्ग्रह मिति २०२०-०५-१४ 
  21. Spangler, Todd; Spangler, Todd (२०२०-०५-१४)। "TikTok Is Still Violating U.S. Child-Privacy Law, Groups Charge"Variety (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२०-०५-२७ 
  22. May 14, Dan Clark |; PM, 2020 at 04:55। "Advocacy Groups Ask FTC to Reinvestigate TikTok Over Alleged COPPA Violations"Corporate Counsel (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२०-०५-२७ 
  23. मिलर, म्यागी (मे २८, २०२०)। "Democrats call on FTC to investigate allegations of TikTok child privacy violations"द हिल। सङ्ग्रह मिति जुन ३, २०२० 
  24. सौतिक विश्वास (२ जुलाई २०२०)। "भारतमा टिकटक: चिनियाँ एप प्रतिबन्धित भएपछि 'स्टार'हरूको भविष्य अन्योलमा"। बिबिसी नेपाली। सङ्ग्रह मिति ३ जुलाई २०२० 
  25. "भारतमा टिकटक र अन्य ५८ चिनियाँ मोबाइल एप प्रतिबन्धित"। बिबिसी नेपाली। ३० जुन २०२०। सङ्ग्रह मिति ३ जुलाई २०२० 
  26. "भारतमा टिकटक लगाएत यी ५९ एप्लिकेशनहरूमाथि प्रतिबन्ध"। ताजा खबर। सङ्ग्रह मिति ३ जुलाई २०२० 
  27. "भारतमा टिकटक प्रतिबन्ध, चीनको कडा आपत्ति"। जनता समाचार। सङ्ग्रह मिति १८ अगस्ट २०२०