बाग जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाग
जिल्ला
बाग जिल्ला is located in पाकिस्तान
बाग जिल्ला
बाग जिल्ला
पाकिस्तानको नक्शामा बाग जिल्लाको अवस्थिति
Location of बाग
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशआजाद कश्मीर
सदरमुकामबाग
क्षेत्रफल
 • जम्मा७६८ किमी (२९७ वर्ग माइल)
उन्नतांश
१०३८ मिटर (३,४०६ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा३७१,९१९
आधिकारिक
 • भाषाउर्दु
समय क्षेत्रपाकिस्तानी समय
जिओपी
१२५००

बाग जिल्ला (उर्दू: ضلع باغ) आजाद कश्मीरको दस जिल्ला मध्यको एक जिल्ला हो । यो जिल्ला पहिला पोन्छ जिल्लाको एक भाग थियो जुन १९८८ मा स्थापना गरिएको थियो । [१]

बाग जिल्ला मुजफ्फराबाद जिल्लाले उत्तर तर्फबाट घेरेको छ भने पोन्छ जिल्लाले दक्षिण तिरबाट त्यसतै गरी भारतको कब्जामा जम्मू र कश्मीरमा रहेको पोन्छ जिल्लाले पुर्वी तर्फबाट धेरेको छ भने पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिंडी र अब्टाबाद जिल्लाले उत्तर-पश्चिम तर्फबाट धेरेको छ । यो जिल्लाको कुल क्षेत्रफल ७७० वर्ग किलोमिटर रहेको छ । बाग जिल्ला मुजफ्फराबाद जिल्लाबाट दुई बाटो भएर जोडिएको जुन सुधन गलि (८०) भएर जान्छ भने अर्को कोहाला (९७ किमी)बाट जान्छ । यो जिल्ला रावलकोटबाट ४६ किलोमिटरको दुरीमा रहेको छ । यो शहरको सदरमुकाम बाग शहर हो ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् २०१७ राष्ट्रिय जनगणनाका अनुसार बाग जिल्लाको कुल जनसङ्ख्या ३,७१९,१९ रहेको छ । आजाद कश्मीर को प्रमुख भाषा पठोहरी भाषा हो । बागमा बोलिएका पहाडी भाषाले मुजफ्फरबाद (८४ % साझा आधारभूत शब्दावली) को उत्तरमा बोलिएका बोलिएका भाषाहरूसँग सम्बन्धित छ र मुख्य पहाडी किसानहरूले दक्षिण (पश्चिम) लाई गालीत क्षेत्रमा मुरी (८६ %-८८ %) मानिसले बोलिने भाषा हो ।

शिक्षा[सम्पादन गर्ने]

अलिफ अलानको एक तथ्याङ्कले जनाएका रूपमा पाकिस्तान जिल्ला शिक्षा बरियता २०१७ अनुसार बाग जिल्ला नम्बर ५ मा रहेको छ जसमा शिक्षा अंक ७३.९९ रहेको छ भने सिकाईको अंक ८५.४२ पुगेको छ भने लैङ्गकि अंक ८८.३२ रहेको छ । बाग शहरको विद्यालय अङ्क २८.३२ छ भने राष्ट्रिय अङ्क १२६ रहेको छ । प्रथमीक विद्यालय पछि विद्यालय गाउँबाट टाढा र न्यून गुणस्तरीय शिक्षा भएका कारण विद्यालय पुर्वाधार कश्मीरकै ठूलो समस्य बनेको छ ।

२००५ को भुकम्प[सम्पादन गर्ने]

बाग शहर र छेउछाउका अन्य शहरहरू पनि सन् २००५ को विनाशकारी भुकम्पले भारी रूपमा क्षती पुराएको थियो । कुल भवनको लगभग ६० प्रतिशत भवनहरू भुकम्पका कारणले पुण रूपमा भत्किएर जिण रूपमा रहेका थियो भने हजारौं मानिसहरूको मृत्यु भएको थियो भने थुप्रै मानिसहरू घरबारविहीन बनेका थिय । भुकम्पको केही घण्टा पछि एनएटिओ जिल्लामा आएर उद्धार र सरसफाइ गर्नमा जोड गरेको थियो । त्यसपछि विभिन्न संधसंथाहरूले जिल्लामा आएर उद्धार र भुकम्प पिडितहरूलाई सहयोग गर्न सुरु गरेका थिए । [२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]