बाबरी मस्जिद
बाबरी मस्जिद | |
---|---|
निर्देशाङ्क: २६°४७′४४″N ८२°११′४०″E / २६.७९५६°N ८२.१९४५°Eनिर्देशाङ्कहरू: २६°४७′४४″N ८२°११′४०″E / २६.७९५६°N ८२.१९४५°E | |
स्थान | अयोध्या, भारत |
स्थापना | निर्माण – १५२७ भत्काइएको – १९९२ |
बास्तु सम्बन्धि जानकारी | |
बास्तुशैली | तुघलाक |
बाबरी मस्जिद (उर्दू:بابری مسجد, अङ्ग्रेजी: Mosque of Babur) जुन (मस्जिद ए जन्मस्थान, उर्दू: مسجدِ جنمستھ, अङ्ग्रेजी: Mosque of Birthplace)को नामले पनि जानिन्छ । भारतको उत्तर प्रदेश राज्यको फैजाबाद जिल्लाको [अयोध्या]]मा एउटा बिबादास्पद मस्जिदको रूपमा बाबरी मस्जिद रहेको थियो । यस मस्जिदलाई सन् १९९२ मा भत्काईएको थियो । यो लडाई एउटा राजनीतिक सभाले गर्दा उत्पन्न भएको थियो जसमा १,५०,००० मानिसहरू सामेल थिए ।[१] सभाका आयोजकहरूले सर्वोच्च न्यायालयमा प्रतिबद्धता जाहेर गरेका थिए कि मस्जिदलाई केही नोक्सान गर्ने छैनौ ।[२][३] दिल्ली, मुम्बई र अन्य ठूला ठूला शहरहरू सहित यस दंगा लडाईमा २००० भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । [४] मस्जिदको निर्माण सन् १५२७ ई॰मा बाबर, भारतको प्रथम मुगल सम्राट द्वारा गरिएको थियो ।
मस्जिदको वास्तुकला
[सम्पादन गर्नुहोस्]दिल्लीको सल्तनत र तीनका उत्तराधिकारिहरू मुगल साम्राज्यका शासकहरू कला र स्थापत्य कलाका महान संरक्षक थिए र यिनीहरूले त्यति बेला कयौं कब्रिस्तान, मस्जिदहरू र मदरसाहरूको निर्माण गराएका थिए तथा पुराना भवनहरूमा फेर बदल गराएका थिए । पछि तुगलक वास्तुकलाको प्रभावमा आएर एक विशिष्ट शैलीका निर्माण गराए र पूरै भारतमा मस्जिदहरू अलगै शैलिहरूमा बनाइयो । अत्यन्त मोहक र सुन्दर शैलीले त्यस क्षेत्रहरूमा विकसित भयो जुन क्षेत्रमा स्वदेशी कला संस्कृतिहरू मजबूत थिए तथा क्षेत्रीय कलाकारहरु परिपक्व थिए । यही कारणले यो क्षेत्रीय वा आंचलिक शैलीको मस्जिद क्षेत्रीय मन्दिर वा स्वदेशी शैलीमा निर्मित भवन जस्तै बनेर सामुने आए । भारतको बङ्गाल, काश्मीर र गुजरातका मस्जिदहरूमा भारी भिन्नता आउनुको कारण पनि यही हो की यी मस्जिदहरू त्यहाँको आफ्नो जलवायु, भूमि, र भवन सामग्री वास्तुहरूको उपयोगले बनाईएका थियो ।
यी पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Babri mosque demolition case hearing today. Yahoo News - September 18, 2007
- ↑ Tearing down the Babri Masjid - Eye Witness BBC's Mark Tully BBC - Thursday, 5 December 2002, 19:05 GMT
- ↑ Babri Masjid demolition was planned 10 months in advance - PTI
- ↑ The Ayodhya dispute. BBC News. November 15, 2004.