बिबिसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बीबीसी बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ब्रिटिश ब्रोडकास्टिङ कर्पोंरेशन (बिबिसी)
उद्योगको प्रकार सरकारी स्वामित्वक निगम, सार्वजनिक प्रसारण
उद्योग प्रसारण
यसभन्दा पहिले ब्रिटिश ब्रोडकास्टिङ कम्पनी
स्थापना १ जनवरी १९२७ (१९२७-०१-०१)
संस्थापक(हरु) जोन रिथ (मुख्य निर्देशक)
जर्ज भिलियर्स (प्रबन्धक)
मुख्य कार्यालाय लण्डन, इङ्ल्याण्ड, संयुक्त अधिराज्य
व्यापारिक क्षेत्र विश्वव्यापी
सेवा(हरू) टेलिभिजन, रेडियो, अनलाइन
धनी(हरू) द क्राउन (सार्वजनिक स्वामित्व)
वेबसाइट bbc.co.uk

बिबिसी अर्थात ब्रिटिश ब्रोडकास्टिंग कर्पोंरेशन (अङ्ग्रेजी: British Broadcasting Corporation, BBC) दर्शक-संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो प्रसारण संस्था हो। बीबीसीका लागि संयुक्त अधिराज्यभित्र नै २६,००० कर्मचारी छन् भने यसको बजेट ४ अरब पाउण्ड स्टर्लिंङ अर्थात ७.८ अरब अमेरिकी डलर भन्दा बढी छ [१][२]। बीबीसीको मुख्यालय लन्डनमा छ र यसको मुख्य काम भनेको संयुक्त अधिराज्य, च्यानल आइल्याण्ड र आइल अफ म्यानमा सार्बजनिक प्रशारण गर्नु हो। ब्रिटिश राजकीय घोषणा (Royal Charter) बमोजिम प्रशारणको निम्ति संचालित[३] यो एक स्वायत्त सार्बजनिक प्रशारक हो [१]। यसको मुख्य आयश्रोत बेलायतका प्रत्येक टेलिभिजन-धनिहरूबाट अनिबार्य उठाइने बार्षिक कर हो[४][५]

आफ्नो मुख्य क्षेत्र बाहेक विश्वभरिका श्रोताहरूका लागि बीबीसीले रेडियो मार्फत बीबीसी विश्व सेवा संचालन गर्छ। बीबीसीसीको यो सेवा अनुमानित सोह्र करोड श्रोताहरूले सुन्छन। सन् २००५मा यो सेवा मार्फत ३३ भाषाहरूमा प्रशारण गरिन्थ्यो [६] जसमध्ये नेपाली भाषा पनि एक हो। बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९को जून ७ तारीखमा शुरू भएको हो। पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिकरूपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे शर्टवेभ, नेपालभरका १३० वटाभन्दा बढी एफएमहरू र यसको वेब-साइट मा नेपाली सेवा सुन्न सकिन्छ[७]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "About the BBC – What is the BBC". BBC Online. http://www.bbc.co.uk/info/purpose/what.shtml. अन्तिम पहुँच मिति: 23 September 2010.  उद्दरण त्रुटी: Invalid <ref> tag; name "AboutBBC" defined multiple times with different content
  2. फार, सूजन; क्राउस, एलिस (सम्पादकहरू) (1996). मीडिया एण्ड पलिटिक्स इन जापान. यूनिभर्सिटी अफ हवाई प्रेस. pp. p.5. आइएसबीएन 0824817613. 
  3. Andrews, Leighton. "The handbook of public affairs", SAGE, pp. 247–48.
  4. "BBC Annual Report & Accounts 2008/9: FINANCIAL PERFORMANCE". Archived from the original on 30 October 2009. http://web.archive.org/web/20091030072751/http://www.bbc.co.uk/annualreport/trust/overview/finan_perf.shtml. अन्तिम पहुँच मिति: 12 February 2010. [dead link]
  5. "TV Licensing: Legislation and policy". http://www.tvlicensing.co.uk/about/legislation-and-policy-AB9/#link1. अन्तिम पहुँच मिति: 12 February 2010. 
  6. BBC World Service. "Annual Review 2005–2006: A year in brief" (PDF). http://www.bbc.co.uk/worldservice/us/annual_review/2005/year_in_brief.shtml. अन्तिम पहुँच मिति: 21 January 2007. 
  7. http://www.bbc.co.uk/nepali/institutional/2010/06/000000_about_us.shtml

रिफरेन्स[सम्पादन गर्ने]