बेनेडिक्ट हाउडेज
|
हाउडेज २०११ मासाल्के ०४ का साथमा | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | बेनेडिक्ट हाउडेज[१] | ||
| जन्म मिति | २९ फेब्रुअरी १९८८ | ||
| जन्म स्थान | ह्याल्टर्न, प. जर्मनी | ||
| उचाइ | १.८७ मी (६ फिट २ इन्च) | ||
| खेल्ने स्थान(हरू) | सेन्टर ब्याक | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | लोकोमोटिभ मस्को | ||
| सङ्ख्या | ५ | ||
| युवा करियर | |||
| १९९४–२००० | टुस ह्याल्टर्न | ||
| २०००-२००१ | एसजी हर्टेन-लेनजेनबोकम | ||
| २००१-२००७ | साल्के ०४ | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००७-२००९ | साल्के ०४ ll | १५ | (०) |
| २००७– | साल्के ०४ | २४० | (१२) |
| २०१७–२०१८ | → युभेन्टस (ऋणमा) | ३ | (१) |
| २०१८– | लोकोमोटिभ मस्को | ० | (०) |
| अन्तर्राष्ट्रिय करियर‡ | |||
| २००५-२००६ | जर्मनी यू १८ | ३ | (०) |
| २००६-२००७ | जर्मनी यू १९ | १६ | (०) |
| २००७ | जर्मनी यू २० | १ | (०) |
| २००७-२०१० | जर्मनी यू २१ | २३ | (३) |
| २०११– | जर्मनी | ३२ | (२) |
सम्मान | |||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २६ मार्च २०१७ (युटिसी) | |||
बेनेडिक्ट हाउडेज जर्मन पेशेवर फुटबल खेलाडी हुन जो जर्मनी राष्ट्रिय फुटबल टिम र रुसी क्लब लोकोमोटिभ मस्कोबाट डिफेन्डरको पद सम्हाल्ने गर्छन् ।
क्लब जीवनवृत्ती
[सम्पादन गर्नुहोस्]हाउडेजले फुटबल जीवनको प्रारम्भ स्थानिय क्लब टुस हाल्टनबाट १९९४ मा सुरू गरेका थिए । २००१ मा उनी एफसी साल्के ०४ को युवा टोलीमा सम्मिलित भए । २००३ मा साल्केको यू-१९ टिमका कप्तान बनेका उनले २००६ मा त्यही टिमबाट यू-१९ बुन्डेस लिगा जिते । सेप्टेम्बर २००७ मा जर्मन फुटबल संघले हाउडेजलाई उनको उमेर समूहको उत्कृष्ट खेलाडीको सङ्घ्या दिँदै फ्रिट्ज वाल्टर मेडल द्वारा सम्मानित गर्यो । जनवरी २००७ मा उनले साल्के टिममा ३० जुन २०१० सम्म रहने भनी सहमति पत्रमा हस्ताक्षर गरे । उनी त्यसपछी साल्केको बुन्डेस लिगा स्क्वाडमा जुलाई मा जोडिए । अक्टोबर २००७ सम्म उनले साल्केको दोस्रो श्रेणीको टिमबाट चौथो श्रेणीको लिग खेलेकोले उनको पहिलो श्रेणी लिगमा खेलाडीको रूपमा उदय ३ अक्टोबर २००७ मा च्याम्पियन्स लिगको खेलबाट भयो । १० डिसेम्बर २००८ मा हाउडेजले करार अवधि बढाएर ३० जुन २०१४ सम्म पुर्याए । २३ जुलाई २०११ मा उनी सिनियर क्लबका कप्तान बने । ९ मार्च २०१३ मा हाउडेजले साल्के ०४ सँगको करार ३० जुन २०१७ सम्म पुर्याए । [२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: १६, अन्तिम पहुँच ११ जुन २०१४। अभिलेखिकरण ६ अगस्ट २०१७ वेब्याक मेसिन
- ↑ en:Benedikt Höwedes