बैकुण्ठ मानन्धर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली एथ्लेटिक्सका महापुरुष बैकुन्ठ मानन्धर विसं २००९ सालमा काठमाडौँको कालिमाटीमा जन्मनुभएको हो। पाँच फिट पाँच इन्च अग्ला मानन्धरलाई नेपाली एथ्लेटिक्समा नमुनाको रूपमा लिइन्छ। हनक्षत्रलाई आधार मान्ने हो भने मानन्धर वैकुण्ठ शुक्लचतुर्थी र पूर्णिमाको बीचमा जन्मनुभएको थियो। त्यसैले मातापिताले पनि उहाँको नाम बैकुन्ठ जुराउनुभएको थियो। वैकुण्ठ मानन्धरको दौड यात्रा २०२७ सालदेखि शुरु भएको थियो। परिवारले थाहा पाउलान् भनेर कहिले विद्यालय जाने बहानामा त कहिले सिनेमा हेर्ने बहानामा बैकुण्ठ मानन्धर भागीभागी लुकीलुकी दौड प्रतियोगिताहरूमा भाग लिनुहुन्थ्यो। यसरी शुरु भएको दौडको भूतले यी महानायकको दिमागले पढाइलाई प्राथमिकता दिन भने भ्याएन र नेपालीको औसत पढाइमै मानन्धरले चित्त बुझाउनु पर् यो। लगातारको परिश्रम र मेहेनतका कारण त्यो बेला एथ्लेटिक्समा एकछत्र राज गर्नुभएका जीतबहादुर केसीलाई पनि टक्कर दिने ब्यक्तिका रूपमा बैकुन्ठ मानन्धर उभिनुभयो। केसीसँगै मानन्धरले सन् १९७६मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औँ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नुभयो। सो ओलम्पिकमा नतीजा राम्रो हात नपारेपनि प्रतियोगितामा भाग लिनुअघि पाएको दुःखको अनुभव मानन्धरको मस्तिष्कमा अहिले पनि नाचिरहन्छ। नेपाली भएर ओलम्पिकमा भागलिन पाएकोमा गर्व महसुस गर्नुभएका बैकुन्ठले त्यसपछि पनि लगातार चारपटकसम्म ओलम्पिकमा सहभागि भई नेपाली खेलकुदमा धरैपटक ओलम्पिकमा भागलिने एक्लो ब्यक्ति बन्नुभयो। तर यहि समयमा उहाँले एउटा अर्को रेकर्ड बनाउन भने पछि पर्नुभयो त्यो थियो पाँचपटकसम्म ओलम्पिकमा भागलिएर गिनिजबुकमा नाम लेखाउने कीर्तिमानमा। ओलम्पिकमा भाग लिएर फर्कनुभएका मानन्धरले काठमाडौमा भएको पहिलो दक्षिण एसियाली खेलकूदमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउनु भयो। तर यो त्यो जमानाको कुरा स्वर्णपदक जित्नुभएका बैकुण्ठ मानन्धरले भोलिपल्टको पत्रपत्रिकाबाट यो कुरा थाहा पाउनुपरेको थियो। ४१ वर्षसम्म एकछत्र राजगर्नु भएका यी महानायकले कोलकातामा भएको तेस्रो साफमा बनाएको दुई घण्टा १५ मिनेटको रेकर्ड अझैपनि कसैले तोड्न सकेको छैन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]