ब्यान्ड (सफ्टवेयर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्याण्ड
निर्माणकर्ता (हरू)नाभर निगम
सञ्चालन प्रणालीआइओएस
एन्ड्रोइड
विण्डज
म्याक
उपलब्ध भाषाहरूअङ्ग्रेजी, चिनियाँ, कोरियाली, जापानी, रस्पेनी, थाई, भियतनामी
प्रकारसामाजिक सञ्जाल सेवा
तत्काल सन्देश सेवा
अनुमति पत्रफ्रिवेर
वेबसाइटband.com

ब्याण्ड एक मोबाइल समुदाय अनुप्रयोग तथा सामाजिक सञ्जाल सेवा हो जसले समूह सञ्चारमा सुविधा पुर्‍याउँदछ। यसलाई बहुराष्ट्रिय दक्षिण कोरियाली इन्टरनेट निगम नाभर निगमद्वारा सृजना गरिएको थियो। सेवा आइओएस, म्याक, एन्ड्रोइड, र डेस्कटपमा उपलब्ध छ।

प्रयोगकर्ताहरूले ती समूहहरूको उद्देश्यको आधारमा विभिन्न समूहका सदस्यहरूसँग सञ्चार गर्न छुट्टै ठाउँहरू सृजना गर्न सक्दछन्।

समूहका प्रकारहरूमा अवस्थित वृत्तहरू जस्तै खेलकुद टोली, अभ्यास टोली, उच्च विद्यालय समूह, विश्वास समूह, टोली, साथी, परिवारका साथै रूचिमा आधारित समूह पर्दछन् भने इन्टरनेटमा आधारित शौकिन व्यक्ति, खेलकर्ता, र अनुयायीहरू अनुप्रयोग भित्र खोजीयोग्य छन्। ब्याण्ड दक्षिण कोरियाको एक लोकप्रिय सामाजिक अनुप्रयोग हो जसको मासिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्या जून २०१४ सम्ममा प्रख्यात सामाजिक सञ्जाल फेसबुकको भन्दा बढी रहेको थियो।[१]

उपयोगिता[सम्पादन गर्नुहोस्]

सदस्यहरू सम्पर्कमा रहन, योजना बनाउन, र मोबाइल मार्फत एक अर्कासँग सहकार्य गर्न चाहेमा गोप्य समूहहरू सृजना गरिने गरिएको छ जुन प्राय: पूर्व अवस्थित अफलाइन समूहहरूद्वारा गरिन्छ।त्यस्ता समूहहरूका उदाहरणहरूमा खेल टोली, क्लब, वर्ग, कार्य टोली, विश्वास समूह, सङ्गठन, र विस्तारित परिवारहरू सामेल छन्। एक पटक सदस्यले ब्याण्ड अनुप्रयोगमा समूह सृजना गरे पछि, सदस्यले अन्य सदस्यहरूलाई सन्देश, म्यासेञ्जर अनुप्रयोग, वा इडाँक मार्फत ब्याण्ड युआरएल साझेदारी गर्दै आमन्त्रित गर्न सक्दछन्। सदस्यहरू त्यसपछि ब्याण्ड अनुप्रयोगमा खाता खोल्न सक्दछन् र यूआरएल थिचि समूहमा सामेल हुन सक्छन्।

सामान्य जीवनको अनुभव वा रुचि भएका व्यक्ति, खेलकर्ता, अनुयायी र रूचिमा आधारित समूहहरूले बन्द वा सार्वजनिक समूह बनाउदछन्।

ब्याण्डले अप्रिल, २०१४ मा खेल मञ्चको सुरू गरेको थियो जसले प्रयोगकर्ताहरूलाई खेल खेल्न र एक अर्कासँग प्रतिस्पर्धा गर्न अनुमति दिन्छ।[२] दक्षिण कोरियामा, ब्याण्ड गणतन्त्र कोरियाली सेनाको एक आधिकारिक सञ्चार उपकरण बनेको थियो जुन यसको प्रमुख उपलब्धि मानिएको छ।[३]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ३,००९अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम ८६ र जसमा यसको उछाल दर २८.६७% रहेको छ।[४]

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २,४५१अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम १२९अौँ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "토종 SNS 국내 시장 탈환, 카카오스토리 & 밴드", 탭투페이 공식 사이트입니다., मूलबाट २०१६-०२-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०५ मिति
  2. Ko, Dong-hwan (३१ मार्च २०१४), "Naver Band trips rival Kakao with new gaming platform for smartphones", द कोरिया टाइम्स, मूलबाट ७ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१४ 
  3. सिमडिट, विफ (१३ जनवरी २०१५), "Communication is Key for This South Korean BAND of Brothers", टेक ककटेल सोल, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  4. सिमिलर वेब, "ब्याण्डको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच २९ असोज २०७६ 
  5. अलेक्सा इण्टरनेट, "ब्याण्डको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच २९ असोज २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]