सामग्रीमा जानुहोस्

भृकुटी पल्प एन्ड पेपर लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भृकुटी कागज कारखानाबाट अनुप्रेषित)
भृकुटी पल्प एन्ड पेपर लिमिटेड
उद्योगकागज कारखाना
स्थापितवि.सं २०४२ गैँडाकोट, नेपाल
स्थापनाकर्तानेपाल सरकार
बन्दवि.सं २०६७
केन्द्रीय कार्यालय
गैँडाकोट
,
नेपाल
मालिकगोल्छा समूह
कर्मचारी सङ्ख्या
४८५ (वि.सं २०६७)

भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो। वि.सं २०६७ मा, स्थायी रूपमा बन्द हुनुपूर्व यसले महिनाको १,५३० टन कागज उत्पादन गर्दथ्यो भने यसको क्षमता ७० हजार मेट्रिक टन रहेको थियो। []

भृकुटी पल्प एन्ड पेपरको स्थापना वि.सं २०४२ मा कम्पनी ऐन २०२१ अन्तर्गत जनवादी गणतन्त्र चीनको सहयोगमा भएको थियो।[][] यो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोटमा अवस्थित छ। भृकुटी पल्प एन्ड पेपर नेपालको पहिलो कागज कम्पनी थियो।[]

वि.सं २०४९ मा भृकुटी पल्प एन्ड पेपरलाई निजीकरण गरिए पछि यो गोल्छा समूहको स्वामित्वमा पुगेको थियो।[] उनीहरूका प्रमुख कागज खरिदकर्ताहरू साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्रगोरखापत्र थिए। वि.सं २०६४ मा, कारखाना प्रशासनले सरकारले श्रमिकहरूका लागि छुट्याएको वृद्धि गरिएको तलब नदिएको कारण मजदुरहरूले विरोध प्रदर्शन गरेका थिए।[] कामदारहरूले कम्पनीले उनीहरूको अनुरोधलाई बेवास्ता गरेको आरोप लगाउँदै मुद्दाको समाधान नभएसम्म काम गर्न बन्द गरेका थिए। वि.सं २०६७ मा भृकुटी पल्प एन्ड पेपर स्थायी रूपमा बन्द भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "भृकुटी कागज कारखाना बन्द", कान्तिपुर (नेपालीमा), माघ ११, २०६७, अन्तिम पहुँच १० असार २०८१ 
  2. Chitrakar, Tara Devi (२०१२), "Performance of Bhrikuti Paper and Pulp Limited: Before and After Privatization", PYC Nepal Journal of Management 5: 44–54 – Public Youth Campusद्वारा।  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-२७ मिति
  3. "Largest Paper Mill in Nepal Closing", Global Paper Money, ६ डिसेम्बर २०११, अन्तिम पहुँच २७ जुलाई २०२१ 
  4. "Bhrikuti paper mill shut", The Himalayan Times, मूलबाट १७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०२१ 
  5. "यसरी ढल्यो चीनले बनाइदिएको भृकुटी कागज कारखाना", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २७ जुलाई २०२१ 
  6. Singh, Rishi (२७ डिसेम्बर २००८), "Bhrikuti paper mill shut", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जुलाई २०२१ 
  7. "Nepal's largest paper mill Bhrikuti Paper and Pulp to shut down permanently", Fastmarkets RISI (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जुलाई २०२१