भैरवनाथ रिमाल 'कदम'

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहित्यकार भैरवनाथ रिमाल 'कदम'को जन्म वि.सं. १९९३ साल माघ २ गते काठमाडौंको ठमेल गल्कोपाखामा भएको हो। उनले लामो समय सरकारको सेवा गर्नुभयो। 'कदम'को पहिलो रचना २००८ सालको गोरखापत्रमा प्रकाशित भयो। पहिलो कृति २०११ सालमा भैचम्पा (खण्डकाव्य) प्रकाशित भयो। ६० वर्ष साहित्यिक यात्रामा रेडियो नेपाल, रत्न रेकर्डिङ संस्थानबाट पटकपटक गीतमा प्रथम पुरस्कार पाउने 'कदम'ले गीति साधनाकै कारण २०५२मा छिन्नलता गीत पुरस्कार पाए।

त्रिशक्ति पट्ट पाँचौ, गोदबा पाँचौ, दीर्घसेवा पदक, वीरेन्द्र ऐर्श्वर्यपदक, गद्दी आरोहण पदक, जनसेवा पदक आदिबाट सम्मानित कदमलाई कवि, निबन्धकार, समालोचक आदि विधाका स्रष्टाको रूपमा भने कसैले सम्मान गरेको छैन। गीतकारकै रूपमा बढी सम्मानित र परिचित 'कदम' का २१ वटा सिडी र क्यासेट, गीत, कविता, काव्य, लोकगीत, भजनका दुइ दर्जन, नाटकका एक, लेख संग्रहको एक कृतिसमेत प्रकाशित भइसकेको छ। उनले नेपाल, भारत, भुटान भ्रमण गरेका छन्।

कदमका कृति[सम्पादन गर्नुहोस्]

(१) भैचम्पा (वि. सं. २०११)

(२) विन्दु (वि. सं. २०३९)

(३) भुँइको धुलो (वि. सं. २०३९)

(४) मेरो देश अनि म (खण्डकाव्य, वि. सं. २०३१)

(५) ढुङ्गाको मुर्ति (वि. सं. २०२६)

(६) हिमालको झर्ना (वि. सं. २०२६)

(७) माटो रम्छ (वि. सं. २०२७)

(८) शैलजा (२०२८)

(९) पत्थर हृदय (२०२८)

(१०) गिरिजा (वि. सं. २०२८)

(११) शुन्य लिला (वि. सं. २०३१)

(१२) दर्शन (वि. सं. २०३१)

(१३) संकल्प (वि. सं. २०३२)

(१४) ने मुनिको सपना (वि. सं. २०३२)

(१५) हरेक प्रहर अनेक लहर (कविता सङ्ग्रह, वि. सं. २०३४)

(१६) भक्ति र समर्पण (लेखसंग्रह)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]