भ्यालेन्सिया सीएफ
स्वरूप
| पुरा नाम | भ्यालेन्सिया क्लब डि फुटबल | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | Los Che Els Taronges (The Oranges) Valencianistes Les rates penades (The Bats) | |||
| स्थापना | 18 मार्च 1919 | |||
| मैदान | मेस्टल्ला स्टेडियम | |||
| क्षमता | ४९,५०० | |||
| मालिक | पिटर लिम | |||
| अध्यक्ष | अनिल मुर्थि | |||
| म्यानेजर | मार्सेलिनो | |||
| लिग | ला लिगा | |||
| २०१७-२८ | ला लिगा, चौंंथा | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
भ्यालेन्सिया क्लब डी फुटबल (स्पेनी: [baˈlenθja ˈkluβ ðe ˈfuðbol], ढाँचा:Lang-va [vaˈlensia ˈklub de fubˈbɔɫ];[१] भ्यालेन्सिया सीएफ, भ्यालेन्सिया वा लस चे) नामले चिनिने भ्यालेन्सियामा अवस्थित स्पेनिस फुटबल क्लब हो । ला लिगामा खेल्ने यो क्लब सफल र ठुलो क्लब हो । ६ ला लिगा र ७ कोपा डेल रे जितेको यस क्लबले २ पटक यूइएफए सुपर कप समेत जितेको छ । साथै यो क्लब दुइ पटक युइएफए च्याम्पियन्स लिगको फाइनल पनि खेलेको क्लब हो जहाँ उ दुवै पटक पराजीत भएको थियो ।
सन् १९१९ मा स्थापना गरिएको यस क्लबको घरेलु मैदान १९२३ यता मेस्टल्ला स्टेडीयम रहेको छ ।
एफसी बार्सिलोना र रियल म्याड्रिड पछि भ्यालेन्सिया फुटबल क्लब स्पेनमा सबभन्दा बढी समर्थन गरिने तेस्रो ठूलो क्लब हो । [२]
विकिमिडिया कमन्समा भ्यालेन्सिया सीएफ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।