मन्सुर बिन जायद अल नाह्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mansour bin Zayed Al Nahyan
Mansour in 2013
संयुक्त अरब इमिरेट्सका उपराष्ट्रप
पद बहाली
29 March 2023
सहकर्मी with Mohammed bin Rashid Al Maktoum
राष्ट्रपतिMohamed bin Zayed Al Nahyan
Deputy Prime Minister of the United Arab Emirates
पद बहाली
10 May 2009
राष्ट्रपतिKhalifa bin Zayed Al Nahyan
Mohamed bin Zayed Al Nahyan
प्रधानमन्त्रीमोहम्मद बिन रसिद अल मकतुम
पूर्वाधिकारीSultan bin Zayed Al Nahyan
Hamdan bin Zayed Al Nahyan
Minister of Presidential Court
of the United Arab Emirates
पद बहाली
1 November 2009
राष्ट्रपतिKhalifa bin Zayed Al Nahyan
Mohamed bin Zayed Al Nahyan
प्रधानमन्त्रीMohammed bin Rashid Al Maktoum
जन्म (1970-11-20) २० नोभेम्बर १९७० (उमेर ५३)
Abu Dhabi, Trucial States
जीवनसाथी
सन्तान
  • Zayed
  • Fatima
  • Mohammed
  • Hamdan
  • Latifa
  • Rashid
घरानाAl Nahyan
बाबुजायद बिन सुल्तान अल नाह्यान
आमाFatima bint Mubarak Al Ketbi

ढाँचा:Infobox royal styles शेख मन्सुर बिन जायद बिन सुल्तान अल नाह्यान ( अरबी: منصور بن زايد بن سلطان آل نهيان  ; जन्म २१ नोभेम्बर १९७०), प्राय: शेख मन्सुर भनेर चिनिन्छ, [१] [२] [३] एक इमिराती राजपरिवार सदस्य र राजनीतिज्ञ हुन् जो संयुक्त अरब इमिरेट्सका वर्तमान उपराष्ट्रपति र उपप्रधानमन्त्री हुन्, साथै राष्ट्रपति कार्यालयका मन्त्री तथा अबु धाबीको राज परिवारको सदस्य हुन्। उनी युएईका वर्तमान राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान [४] का भाइ हुन् | उनको विवाह दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेख मनाल बिन्त मोहम्मद अल मकतौमसँग भएको छ। उनी एक एक अर्बपति हुन् र "सिटी फुटबल ग्रुप " मार्फत उनले म्यानचेस्टर सिटी एफसी सहित विभिन्न फुटबल क्लबहरू स्वामित्व लिएका छन् ।

राजनीतिक करियर[सम्पादन गर्नुहोस्]

सन् १९९७ मा, मन्सुरलाई राष्ट्रपति कार्यालयको अध्यक्ष नियुक्त गरियो, जुन समयमा उनका बुबा शेख जायद युएईका राष्ट्रपति थिए। आफ्नो बुबाको मृत्यु पछि राष्ट्रपति बनेका उनका सौतेनी दाजु शेख खलिफा ले उनलाई संयुक्त अरब इमिरेट्सको राष्ट्रपति मामिलाको पहिलो मन्त्रीको (राष्ट्रपति कार्यालय र राष्ट्रपतीय अदालतको एकीकरण पछी बनेको) रूपमा नियुक्त गरे। उनले आफ्नो दाइ युवाराज मोहम्मद बिन जायद अल नाह्यानलाई सहयोग गर्न अबु धाबीमा धेरै पदहरूमा पनि काम गरे। [५]

खेलकुद[सम्पादन गर्नुहोस्]

मन्सुर एक कुशल घोडा सवार हुन् र उनले मध्य पूर्व मा आयोजित धेरै रेसिङ टूर्नामेंट जितेका छन्, र एमिरेट्स हर्स रेसिङ अथोरिटी का अध्यक्ष हुन् । उनी अरेबियन घोडा दौडको बलियो समर्थक र अबु धाबीमा वार्षिक जायेद अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताका संरक्षक हुन्। [६]

सेप्टेम्बर २००८ मा, शेख मन्सुरले पूर्व थाई प्रधानमन्त्री थाक्सिन सिनावात्राबाट म्यानचेस्टर सिटी फुटबल क्लब खरिद गरे। २३ सेप्टेम्बर २००८ मा, मन्सुरको अबु धाबी युनाइटेड ग्रुप ले आफ्नो अधिग्रहण वार्ता पूरा गर्यो र स्वामित्व हस्तान्तरण गरियो। उनीसँग सिटी फुटबल ग्रुपको पनि स्वामित्व छ, जसको स्थापना २०१४ मा भएको थियो र यसमा म्यानचेस्टर सिटी एफसी, मेलबर्न सिटी एफसी, न्यूयोर्क सिटी एफसी, मुम्बई सिटी एफसी र अन्य क्लबहरू समावेश छन्। उनले आफ्नो मालिकको रूपमा म्यानचेस्टर सिटीका दुई खेलमा मात्र उपस्थित भएका, पहिलो २०१० मा र पछिल्लो २०२३ यूएफा च्याम्पियन्स लिग फाइनल[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Articles relating to Sheikh Mansour", The Guardian, अन्तिम पहुँच २३ डिसेम्बर २०१३ 
  2. Ogden, Mark (२९ अप्रिल २०१३), "Manchester City owner Sheikh Mansour bin Zayed al Nahyan expected to secure MLS franchise in New York", The Daily Telegraph, अन्तिम पहुँच २३ डिसेम्बर २०१३ 
  3. Viner, Brian (१४ अगस्ट २०१०), "Sheikh Mansour: The richest man in football", The Independent, अन्तिम पहुँच २६ अक्टोबर २०१० 
  4. "Cabinet Members", UAE, मूलबाट ३ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१२ 
  5. Miller, Niamh (२७ मार्च २०१५), "Mansour bin Zayed Al Nahyan, the richest man in soccer", Luxatic (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ जुलाई २०२२ 
  6. "Full Zayed marathon next year", Gulf News (अङ्ग्रेजीमा), ८ जनवरी २०१०, अन्तिम पहुँच ८ फेब्रुअरी २०२२ 
  7. "Man City buyers complete takeover", BBC Sport, अन्तिम पहुँच २३ सेप्टेम्बर २००८