मसायोशी सोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मसायोशी सोन,
मसायोशी सोन (孫正義), जुलाई ११, २००८
जन्म (1957-08-11) ११ अगस्ट १९५७ (उमेर ६६)
तोसू, सागा, जापान
मातृ शिक्षाप्रतिष्ठानक्यालिफोर्निया विश्वविद्यालय, बर्कले
पेशासफ्ट बैङ्क का संस्थापक एवं प्रमुख कार्यकारी अधिकारी
जम्मा सम्पतिवृद्धि US$ 22.3 बिलियन

मसायोशी सोन जापान का सर्वाधिक धनी व्यक्तिहरूमा एक हुन्। फोर्ब्स को विश्वका सबै भन्दा धनि ब्यक्तिहरूको सुचीको ४५ औँ स्थानमा रहेका थिए [१]। उनी सफ्ट बैङ्कका संस्थापक एवम् प्रमुख कार्यकरी अधिकारी हुन् जसको ९२ बिलियन डलर को बजार पूँजिकरणका साथ जापान को ठुलो दूरसञ्चार कम्पनि तथा इन्टरनेट कम्पनीहरूमा एक हो, जो ब्रोब्याण्ड, फिक्स लाइन, इ-कमर्स, बित्त, मिडिया तथा बजारिकरणको क्षेत्रमा आफ्नो सेवा प्रदान गरी रहेको छ ।[२] फब्स पत्रिकाका अनुसार सन् २०१३ मा विश्वका सबैभन्दा धेरै प्रभावशालि ब्यक्तिको सुचिमा सोन ४५ स्थानमा रहेका थिए ।[३]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

मसायोशी सोनको परिवार कोरियाबाट जापान बसाइ सरेको थियो । जातीय हिसाबमा उनी कोरियन हुन् भने उनको जन्म जापानको क्युसो शहरमा भएको थियो।[४] सोनको परिवारले दैनिक जीवनमा यासुमोतो उपनाम अनुसरण गरे र सोनले उक्त उपनाम बच्चाबेला देखिनै राखेका थिए । जापानमा रहेका म्याकडोनाल्डका अध्यक्ष डेन फुजितासँग एउटा बैठकमा भएको भेटघाटबाट ब्यापारमा आफ्नो रुची बढाए । उनीसँग को सल्लाह पश्चात उनले अंग्रजी र कम्पुटर साइन्सको अध्ययन सुरु गरे ।[५] १६ वर्षको उमेरमा सोन जापानबाट अमेरिकाको क्यालिफोर्निया शहरमा बसाई सरे र उनले आफ्नो हाइ इस्कुलको शिक्षा पुरा गरे जतिबेला उनी आफ्नो साथीहरु र परिवारसँग दक्षिण सान फ्रान्सिस्को रहेका थिए। होलि नेम्स युनिभर्सिटीमा दुइ वर्ष बिताई सके पछि उनी युनिभर्सिटी अफ क्यालिफोर्नियामा स्थानान्तरण भए जहाँ उनले अर्थशास्त्र र कम्पुटर बिज्ञानलाइ मूल बिषयका रूपमा अध्यन गरे । सोन् ले सन् १९८० मा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा बि. ए. पास गरे।[६]

याहू बि बि(Yahoo B B)[सम्पादन गर्नुहोस्]

यद्यपि याहु मा सफ्ट बैकको हिस्सेदारी घटेर ७% मा रहेको छ, जसलाई सोनले सेप्टेम्बर २००१ मा ब्रोडब्याण्ड स्थापित गरे। जापानमा अहिले पनि एक नियन्त्रित ब्याजको स्वोमित्वमा रहेको छ ।

भोडाफोन के के(Vodafone KK)[सम्पादन गर्नुहोस्]

मार्च १७, २००६ मा भोडाफोन ग्रूपले भोडाफोन के के लाइ सफ्ट बैङ्कसँग बिक्रि गर्ने घोषणा गरेको थियो । जसको मूल्य जापानी येन १.७५ ट्रीलियन ( करिव यू. एस. $१५.१ बिलियन) रहेको थियो । अप्रिल १४, २००६ मा भोडाफोनको ब्रान्ड र कम्पनीको नाम परिवर्तन गर्ने सफ्ट बैङ्क र भोडाफोन के के ले संयुक्त रूपमा के घोषणा गरे । "नयाँ नाम सरल बुझिने र चिन-परिचित कम्पनि र ब्रान्ड" होस् । भोडाफोन के के का सिइओ(प्रतिनिधि निर्देशक) मसायोशी सोन हुन् ।




सौर्य शक्तीमा लगानी[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]


बाह्य कडी[सम्पादन गर्नुहोस्]