महाविस्फोट सिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
महाविस्फोट सिद्धान्तको अनुसार, यो ब्रह्मांड अति सघन (एक प्रोटोन भन्दा सानो ) थियो। यस सिद्धन्त अनुसार प्रोटोन भन्दा सानो यस ब्राह्मण भित्र एक महा विस्फोट भयो । यो विस्फोट यति धेरै ऊर्जावान थियो कि अहिले सम्म पनि यसको विस्तार जारी छ। एक सामान्य धारणा अनुसार अंतरिक्ष आफै पनि आफ्नो आकाशगंगा सहित विस्तृत भइरहेको छ। माथि दर्शित चित्र ब्रह्माण्डको एक सपाट भागको विस्तारको कलात्मक दृश्य हो।

ब्रह्माण्डको जन्म महा विस्फोटको परिणाम स्वरूपमा जन्म भएको थियो। [१] यसलाई महाविस्फोट सिद्धान्त वा Big Bang Theory भनिन्छ। यस अनुसार करिब १२ देखि १४ अर्ब वर्ष पहिले सम्पूर्ण ब्रह्माण्ड एउटै परमाणुको रुपमा थियो । त्यसबेला मानवीय समय र स्थान जस्तो कुनै अवधारणा थिएन।

महाविस्फोट सिद्धान्त अनुसार करिब १३.७ अरब वर्ष पहिले ब्रह्माण्ड एक बिन्दुमा संकुचित थियो। [२] यसमा भएको विष्फोटका कारण त्यसमा रहेको प्रत्येक कण फैलियो, फलस्वरूप ब्रह्माण्डको सृष्टि भयो । यो विस्तार आज पनि जारी छ, जसका कारण आज पनि ब्रह्माण्ड विस्तार भइरहेको छ। यस विष्फोटमा धेरै ऊर्जा निस्किएको थियो। यो ऊर्जा यति धेरै थियो, जसका कारण आजसम्म पनि ब्रह्माण्डको विस्तार भइरहेको छ। सबै भौतिक अवधारणाहरू यस एकल घटनाद्वारा परिभाषित गरिएको छ, जसलाई बिग ब्याङ्ग सिद्धान्त भनिन्छ। Big Bang नामक यस माहाविस्फोटको धमाकाको मात्र १.४३ सेकेन्डको अन्तरालपछि समय र अन्तरिक्षको वर्तमान मान्यताहरू अस्तित्वमा आएको थियो। भौतिकशास्त्रका नियमहरू लागू हुन थाले । १.३४ सेकेन्डमा, ब्रह्माण्ड १०३० गुणा फैलिएको थियो र क्वार्क, लेप्टन र फोटनहरूको तातो पिण्ड बनिसकेको थियो। १.४ सेकेन्डमा, क्वार्कहरू मिलेर प्रोटोनन्यूट्रोन, बनेेका थिए र ब्रह्माण्ड अब केही हदसम्म चिसो भइसकेको थियो। हाइड्रोजन, हिलियम आदिको अस्तित्व सुरु हुन थालेको थियो र अन्य भौतिक तत्वहरू बन्न थालेका थिए।

महाविस्फोट सिद्धान्त शुरुवातको इतिहास आधुनिक भौतिकशास्त्रमा जर्ज लेम्याईट्रेले लेखेका हुन्। [३] लेम्याईट्रे एक रोमन क्याथोलिक पादरी तथा एक वैज्ञानिक थिए। उनको यो सिद्धान्त अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध सामान्य सापेक्षतावादको सिद्धान्तमा आधारित थियो। एडविन हबलले सन् १९२९ मा सबै आकाशगंगाहरू एक-अर्काबाट टाढा हुँदै गैरहेको खुलासा गरेका थिए । बिग ब्याङ सिद्धान्त दुई मुख्य मान्यतामा आधारित छ। पहिलो भौतिक नियम र दोस्रो ब्रह्माण्डको सिद्धान्त। ब्रह्माण्डको सिद्धान्त अनुसार ब्रह्माण्ड एकरूप र समस्थानिक (Isotropic) छ। सन् १९६४ मा , बेलायती वैज्ञानिक पिटर हिग्सले महाविस्फोट पछि एक सेकेन्डको अरबौं भागमा ब्रह्माण्डको द्रव्य को द्रव्यमानको सिद्धान्त प्रतिपादन गरे, जुन भारतीय वैज्ञानिक सत्येन्द्र नाथ बोसको बोसन सिद्धान्तमा आधारित थियो। यसलाई पछि हिग्स-बोसन भनिन्थ्यो। यस सिद्धान्तले ब्रह्माण्डको उत्पत्तिको रहस्य पत्ता लगायो साथै यसको स्वरूप र प्रकृतिलाई परिभाषित गर्न मद्दत गर्‍यो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बिग बैंग थ्यौरी क्या है?", मूलबाट ७ नवंबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नवंबर २०१७ 
  2. "हिरण्यगर्भ में छिपा सृष्टि और प्रलय का बीज" 
  3. "ब्रह्मांड की उत्पत्ति: बिग बैंग थ्योरी", मूलबाट २९ दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जून २०२०