महावीर मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महावीर मन्दिर
हनुमान मन्दिर
महावीर मन्दिर is located in पटना
महावीर मन्दिर
पटनामा स्थान
प्राथमिक विवरण
स्थान:पटना
निर्देशाङ्क२५°३६′१४″उ॰ ८५°८′११″पू॰ / २५.६०३८९°N ८५.१३६३९°E / 25.60389; 85.13639निर्देशाङ्कहरू: २५°३६′१४″उ॰ ८५°८′११″पू॰ / २५.६०३८९°N ८५.१३६३९°E / 25.60389; 85.13639
सम्बन्धनहिन्दुत्व
देवताहनुमान
चाडपर्वराम नवमी, हनुमान जयन्ती
राज्यबिहार
देशभारत
वास्तुकला प्रकारनागर शैली
अवस्थिति५७ मी (१८७ फिट)

महावीर मन्दिर एक हिन्दु मन्दिर हो जुन भगवान हनुमानलाई समर्पित छ, जुन पटना, बिहार, भारतमा अवस्थित छ। मन्दिरमा वर्षेनी लाखौँ को सङ्ख्यामा तीर्थालु आउने गरेका छन्। आचार्य किशोर कुणाल महावीर मन्दिर, पटनाका सचिव हुन्।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९४८ मा पटना उच्च अदालतको फैसला अनुसार यो मन्दिर परापूर्वकालदेखि अस्तित्वमा छ। तर ऐतिहासिक तथ्य र परम्पराको जाँचका कारण यो मन्दिर मूलतः सन् १७३० तिर रामानन्द सम्प्रदायका तपस्वी स्वामी बालानन्दले स्थापना गरेको देखिन्छ। सन् १९४७ मा भारतको विभाजनपछि ठुलो सङ्ख्यामा हिन्दु शरणार्थीहरू पटना आएसँगै यो मन्दिरले लोकप्रियता हासिल गरेको थियो। यसपछि, मन्दिरलाई कङ्क्रिटको घरको रूपमा पुनर्निर्माण गरिएको थियो, जुन १९८७ मा भत्काएर विशाल सङ्गमरमरको मन्दिर निर्माण गरिएको थियो। यसमा हनुमानको अवतार सङ्कट-मोचनको मूर्ति खडा छ।[२]

तीर्थ[सम्पादन गर्नुहोस्]

हनुमानजीको परम्परागत पूजाका दिन शनिबार र मङ्गलबार मन्दिरमा लामो घुमाउरो लाइन देख्न सकिन्छ। प्रत्येक रामनवमीनयाँ वर्षको उत्सवमा हजारौँ मानिसहरू महावीर मन्दिरको दर्शन गर्न आउँछन्। रामनवमीको दिन एक किलोमिटरभन्दा लामो लाइन लाग्न सक्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mahavir Mandir to have its twin in Houston", The Times of India, ९ जुलाई २००९, मूलबाट ५ नोभेम्बर २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०५ मिति
  2. "Mahavir Temple", मूलबाट २००९-०४-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०९-१२  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१० मिति
  3. ANI (२०२२-०४-१०), "Bihar: Devotees throng Patna's Mahavir temple on Ram Navami", ThePrint, अन्तिम पहुँच २०२४-०३-०३