महेश्वर महर्जन
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म नाम | महेश्वर महर्जन | ||||||||||||||||||||||
पुरा नाम | महेश्वर महेश महर्जन | ||||||||||||||||||||||
Nickname(s) | महेश | ||||||||||||||||||||||
राष्ट्रियता | नेपाली | ||||||||||||||||||||||
जन्म | भक्तपुर, नेपाल | ||||||||||||||||||||||
खेल | |||||||||||||||||||||||
राष्ट्र | नेपाल | ||||||||||||||||||||||
खेल | शारीरिक सुगठन | ||||||||||||||||||||||
प्रतिस्पर्धा(हरू) | तौल समुह | ||||||||||||||||||||||
पदक कीर्तिमान
|
महेश महर्जन (पूरा नाम :- महेश्वर महेश महर्जन) एक नेपाली शारीरिक सुगठन खेलाडी हुन् । महेश नेपालकालागि अन्तराष्ट्रिय शारीरिक सुगठ प्रतियोगितामा पहिलो पदक विजेता खेलाडी हुन् । उनले हाल सम्म नेपालका लागि दुई ठूला स्वर्ण पदकहरू जिति सकेका छन् ।उनले नेपालकै पहिलो पदकका रूपमा २०१६ मा एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए । यस्तै दोस्रो स्वर्णका रूपमा २०१८ मा विश्व शारीरिक सुगठनको पुरूष ७५ केजी तौल समुहको स्पर्धामा जितेका थिए ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]महर्जन नेपालको शारीरिक सुगठन खेलको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हुन् । उनले भुटानमा भएको ५० औँ एसियाली शारीरिक सुगठनको पुरूष ७५ केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए ।
विश्व शारीरिक सुगठन
[सम्पादन गर्नुहोस्]थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप २०१८ मा महेश्वरले पुरुष ७५ केजी तौल सुहमा स्वर्ण जितेका थिए । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक थियो ।[१]
घरेलु प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]उनले नेपाली बडी बिल्डिङ वा शारीरिक सुगठन प्रतियोगिताको को सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १३औं संस्करणमा च्याम्पियन बनेका थिए । यस्तै १४औं तथा १५औं संस्करणमा भने उनी दोस्रो भएका थिए ।