सामग्रीमा जानुहोस्

मागुरा सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मागुरा सदर
মাগুরা সদর
मागुरा सदर is located in बङ्गलादेश
मागुरा सदर
मागुरा सदर
बाङ्लादेशको नक्शामा मागुरा सदर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°२९.३′उ॰ ८९°२५.२′पू॰ / २३.४८८३°N ८९.४२००°E / 23.4883; 89.4200निर्देशाङ्कहरू: २३°२९.३′उ॰ ८९°२५.२′पू॰ / २३.४८८३°N ८९.४२००°E / 23.4883; 89.4200
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लामागुरा जिल्ला
क्षेत्रफल
 • जम्मा४०६.५ किमी (१५७�० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११[])
 • जम्मा३८०.१०७[१]
 • घनत्व७०६/किमी (१८३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटमागुरा सदर उपजिल्लाको आधिकारिक नक्शा

मागुरा सदर (बङ्गाली: মাগুরা সদর) बङ्गलादेशको मागुरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[]

मागुरा सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°१७' देखि २३°३४' उत्तर अक्षांश र ८९°१७' देखि ८९°३२' पूर्वी देशान्तरणमा अवस्थित छ। मागुरा सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४०६.५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई श्रीपुरशैलकृपा उपजिल्लाले उत्तर, शालिया उपजिल्लाले दक्षिण, मोहाम्मदपुरमधुखाली उपजिल्लाले पूर्व, झिनाइदहशालिया उपजिल्लाले पश्चिमबाट घेरेको छ। गडाई, नवगङ्गा, मुचिखाली, कुमार, फटकि, दरियापुर खाल, आलमखाली किल, भाराखाली बिल, सिरिजदिया बिल, बाउरी बिल, राउया बिल, पद्मा बिल, कुमार बिल, काशियाडाङ्गा बिल, गाजर गाडिया बिल, हाटुडा बिल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।[][][]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने त्यस समयमा यो मगुरा सदर उपजिल्ला क्षेत्र ८ मा अवस्थित थियो। यस युद्धका समयमा पाकिस्तानी सेनाले यस उपजिल्लाका सर्वसाधारणहरूको विभत्स सामूहिक हत्या गरी यहाँका घरहरूमा पूर्णतया आगजनी र महिलालाई दुर्ववहार गरेका थिए।

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३३१४९४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १७०३६९ छ भने महिलाको जनसङ्ख्या १६११२५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २६९२४८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६१७४७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २४७, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २४० रहेको छ। यस उपजिल्लामा २५० मस्जिद, ५५ मन्दिर २ चिहान र १ गिर्जाघर रहेका छन्।[] मागुरा जामे मस्जिद, बेपारीपाडा जामे मस्जिद (पारनान्दुयाली), कालीबाडि मन्दिर, पीर मोकारस आलीक‍ चिहान, नेङ्टा बाबार आश्रम (सातदोहा) हाजरातला मठ, सिद्दधेश्वरी मठ (दरिमागुरा), राधानगरक‍ मठ (रामनगर) आदि यस उपजिल्लाका केही प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९१.२२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१८% ले पोखरी, ३.६९% ले टुटी र ४.९१% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १७.७९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ जिल्ला सदर अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १ अस्पताल, १ आँखा अस्पताल, १ मातृ हेरचाह केन्द्र, १३ परिवार नियोजन केन्द्रहरू रहेका छन्। सन् १५८५ र सन् १६६८ मा आएको आँधीले यस उपजिल्लाका थुप्रै मानिसहरूक‍ मृत्यु भएको थियो भने यसले प्राकृतिक प्रकोपले घर, पुरातात्त्विक भवन र बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, तोरी, बदाम, उखु लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कछहर, लिची, केरा, मेवा, अम्बा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धागो लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको अलहर र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ६२ माछापालन केन्द्र, २८ कुखुरापालन केन्द्र तथा ७ चल्ला उत्पादन केन्द्रहरू रहेको छ।


यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.८०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.०८%, वाणिज्यमा १४.२१%, सञ्चार र यातायातमा २.८८%, उद्योगमा ०.७६% निर्माण क्षेत्रमा २.८८%, सुविधामा ५.०८%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१७% र अन्यमा ५.२१% रहेका छन्।

प्रशासकीय मागुरा थानालाई सन् १९८३ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, १३ सङ्घ परिषद्, २६३ मौजा/महल्ला र २५१ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; आठारखादा सङ्घ परिषद्, कुचियामोडा सङ्घ परिषद्, कुछुन्दी सङ्घ परिषद्, गोपालग्राम सङ्घ परिषद्, चाउलिया सङ्घ परिषद्, जगदल सङ्घ परिषद्, बगिया सङ्घ परिषद्, बेरइल पलिता सङ्घ परिषद्, मघी सङ्घ परिषद्, राघबदाइड सङ्घ परिषद् , शत्रुजित्तपुर सङ्घ परिषद्, हाजीपुर सङ्घ परिषद् र हाजरापुर सङ्घ परिषद्।[]

यस जिल्लाको कुल साक्षरता दर ४५.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.२% छ भने महिलाको साक्षरता दर ४१.१%रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, ३३ माध्यमिक विद्यालय, १४७ प्राथमिक विद्यालय र २ मदरसाहरू रहेका छन्। सरकारी होसेन सहिद सोहरावार्दी क्याम्पस (सन् १९४०), मागुरा सरकारी कन्या उच्च माध्यमिक विद्यालय (सन् १८५४), हाजीपुर माध्यमिक विद्यालय (सन् १९१४), शत्रुजित्पुर कालीप्रसन्न माध्यमिक विद्यालय (सन् १९१९) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. বিবিএস (২৭ জানুয়ারী ২০১৫), "জনসংখ্যার জনগণনা ২০১১", বাংলাদেশ পরিসংখ্যান ব্যুরো (বিবিএস)। [स्थायी मृत कडी]
  2. रञ्जित कुमार बसु (सन् २०१२), "मागुरा सदर उपजिल्ला", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. রঞ্জিত কুমার বসু (২০১২), "মাগুরা সদর উপজেলা", in সিরাজুল ইসলাম এবং আহমেদ এ. জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় বিশ্রকোষ (দ্বিতীয় संस्करण), এশিয়াটিক সোসাইটি অব বাংলাদেশ। 
  4. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৮৯, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  5. মানিক মোহাম্মদ রাজ্জাক (ফেব্রুয়ারি ২০১৫), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", কথাপ্রকাশ, पृ: ৬১২, आइएसबिएन 984-70120-0436-4 
  6. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  7. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]