मोहाम्मदपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहाम्मदपुर
মহম্মদপুর (মাগুরা)
मोहाम्मदपुर is located in बङ्गलादेश
मोहाम्मदपुर
मोहाम्मदपुर
बाङ्लादेशको नक्शाका मोहाम्मदपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°२४.३′उ॰ ८९°३६.३′पू॰ / २३.४०५०°N ८९.६०५०°E / 23.4050; 89.6050निर्देशाङ्कहरू: २३°२४.३′उ॰ ८९°३६.३′पू॰ / २३.४०५०°N ८९.६०५०°E / 23.4050; 89.6050
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लामागुडा जिल्ला
क्षेत्रफल
 • जम्मा२३४.२९ किमी (९०.४६ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[१])
 • जम्मा१६०,३४०
 • घनत्व६८४/किमी (१७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटमोहाम्मदपुर उपजिल्ला

मोहाम्मदपुर (बङ्गाली: মোহাম্মদপুর) बङ्गलादेशको मागुरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

मोहाम्मदपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°१७' देखि २३°३१' उत्तर अक्षांश र ८९°२९' देखि ८९°४२' पूर्वी देशान्तरणमा अवस्थित छ। मोहाम्मदपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३४.२९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मधुखाली उपजिल्लाले उत्तर, लोहागडा उपजिल्लाले दक्षिण, रोयालमारीआलफाडाङ्गा उपजिल्लाले पूर्व, मागुरा सदर, शालिखामधुखाली उपजिल्लाले पश्चिमबाट घेरेको छ। गडाई, मधुमति, नबगङ्गा, निर्बिषखाली नदी, वापाडा, तितममह बिल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।[३][४]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८८७५३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९५७५७ छ भने महिलाको जनसङ्ख्या ९२९९६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६६८५८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २१८०८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६, इसाई धर्मवलम्बीको जनसङ्ख्या ८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६३ रहेको छ। यस उपजिल्लामा २९१ मस्जिद र ५० मन्दिरहरू चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९५.८८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.७५% ले पोखरी, ०.९५% ले टुटी र २.४२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २५.२३% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ४ परिवार नियोजन केन्द्र र १ पशुचिकित्सालयहरू रहेका छन्। सन् १९०९, १९६१ र सन् १९६३ मा आएको बाढी यस उपजिल्लाका थुप्रै मानिसहरूक‍ मृत्यु भएको थियो भने यस प्राकृतिक प्रकोपले घर, भवन तथा बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।[५]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, तोरी, प्याज, लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, मेवा, आलुबखडा, नरिवल, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, प्याज, लसुन लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ८९० माछापालन केन्द्र, ४२ कुखुरापालन केन्द्र र ४६ दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.४६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.६०%, वाणिज्यमा १०.९३%, सञ्चार र यातायातमा ३.१०%, उद्योगमा १.०२% निर्माण क्षेत्रमा १.०७%, सुविधामा ८.१५%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.३१% र अन्यमा ४.१९% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय मोहाम्मदपुर थानाको स्थापना सन् १९२४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ८ सङ्घ परिषद्, १३१ मौजा/महल्ला र १८२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; बाबु खाली सङ्घ परिषद्, विनोदपुर सङ्घ परिषद्, दीघा सङ्घ परिषद्, राजापुर सङ्घ परिषद्, बालिदिया सङ्घ परिषद्, मोहाम्मदपुर सङ्घ परिषद्, पलाशबाडिया सङ्घ परिषद् र नहाटा सङ्घ परिषद्।[६]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४४.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.७% छ भने महिलाको साक्षरता दर ४०.२%रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, २९ माध्यमिक विद्यालय, १२४ सामुदायिक विद्यालय र ४२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्। विनोदपुर बसन्त बहुमुखी माध्यमिक विद्यालय (सन् १९०४), नहाटा रानी पतित पाबना माध्यमिक विद्यालय (सन् १९२४), धुलजोडा चुडार गाती प्रतापचन्द्र माध्यमिक विद्यालय (सन् १९२७), बडरिया ए डब्ल्यू सिनियर मदरसा (सन् १९०७), नहाटा एजी फाजिल मदरसा (सन् १९२१) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে মহম্মদপুর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৮ এপ্রিল ২০১৪-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१८ मिति
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "मोहाम्मदपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৮৯, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  4. মানিক মোহাম্মদ রাজ্জাক (ফেব্রুয়ারি ২০১৫), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", কথাপ্রকাশ, पृ: ৬১২, आइएसबिएन 984-70120-0436-4 
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]