सामग्रीमा जानुहोस्

शालिखा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शालिखा
শালিখা
शालिखा is located in बङ्गलादेश
शालिखा
शालिखा
बाङ्लादेशको नक्शामा शालिखा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°१८.३′उ॰ ८९°२२.८′पू॰ / २३.३०५०°N ८९.३८००°E / 23.3050; 89.3800निर्देशाङ्कहरू: २३°१८.३′उ॰ ८९°२२.८′पू॰ / २३.३०५०°N ८९.३८००°E / 23.3050; 89.3800
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लामागुरा जिल्ला
क्षेत्रफल
 • जम्मा२२८.६४ किमी (८८.२८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१३२,२९१
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटशालिखा उपजिल्लाको आधिकारिक नक्शा

शालिखा (बङ्गाली: শালিখা) बङ्गलादेशको मागुरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

शालिखा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°१५' देखि २३°२७' उत्तर अक्षांश र ८९°१५' देखि ८९°३०' पूर्वी देशान्तरणमा अवस्थित छ। शालिखा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२८.६४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई झिनाइदह सदरमागुरा उपजिल्लाले उत्तर, बाघारपाडानडाइल सदर उपजिल्लाले दक्षिण, नडाइल सदर, मागुरा सदरमोहाम्मदपुर उपजिल्लाले पूर्व, पश्चिम कालीगञ्जबाघारपाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। नवगङ्गा, फाटकि नदी, जामला, नेउरा, बुडुलिया बिल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले यस उपजिल्लाको माथुरा जशोर राजमार्गमा बङ्गलादेशी लडाकुहरूलाई एक ठूलो खाडल खन्ने लगाई ७ लडाकुलाई जिउँदै खाडलमा पुरिदिएका थिए। स्थानीय राजाकारले तलकाहरीमा ७ बङ्गलादेशी लडाकुको हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १४७६६३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७५७८२ छ भने महिलाको जनसङ्ख्या ७१८८१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०४५५० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२०९२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३ रहेको छ।[३] यस उपजिल्लामा ३०९ मस्जिद र १६ मन्दिरहरू रहेका छन्।[४][५] यस उपजिल्लाका ९७.९७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१६% ले पोखरी, ०.४८% ले टुटी र १.३९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २४.५५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। सन् १९०९, १९१९, १५८५, १६६८ मा आएको आँधीले यस उपजिल्लाका थुप्रै मानिसहरूक‍ मृत्यु भएको थियो भने यसले प्राकृतिक प्रकोपले घर, भवन र बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, तोरी, तेल, उखु, गहुँ लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, मेवा, खरबुजा, स्याउ, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, गहुँ, पिठो, गेडागुडी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको बदाम, आलसको तेल र अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २ माछापालन केन्द्र, ४ कुखुरापालन केन्द्र र २ गाईवस्तु प्रजनन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.८०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.०८%, वाणिज्यमा १४.२१%, सञ्चार र यातायातमा २.८८%, उद्योगमा ०.७६% निर्माण क्षेत्रमा २.८८%, सुविधामा ५.०८%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१७% र अन्यमा ५.२१% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय शालिखा थानाको स्थापना सन् १९२४ मा भएको थियो भने सन् १९८३ जनवरी १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ७ सङ्घ परिषद्, १०० मौजा/महल्ला र ११९ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; शतखाली सङ्घ परिषद्, शालिखा सङ्घ परिषद्, आडपाडा सङ्घ परिषद्, धनेश्वरगाती सङ्घ परिषद्, बुनागाती सङ्घ परिषद्, गङ्गाबामपुर सङ्घ परिषद् र तालखडी सङ्घ परिषद्।[६]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४९.४% छ भने महिलाको साक्षरता दर ३८.३%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, २७ माध्यमिक विद्यालय, ४९ प्राथमिक विद्यालय, ५ सामुदायिक विद्यालय र १६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गङ्गारामपुर पिके माध्यमिक विद्यालय (सन् १९००), सीमाखाली माध्यमिक विद्यालय, आडपाडा माध्यमिक विद्यालय, शरशुना माध्यमिक विद्यालय, सीमाखमली प्राथमिक विद्यालय (सन् १९३२), आडपाडा प्राथमिक विद्यालय, शरशुना प्राथमिक विद्यालय, बागडाङ्गा शामसुल उलुम दाखिल मदरसा, परिपुर दाखिल मदरसा, शतखाली दारुल उलुम मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে শালিখা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৩০ এপ্রিল ২০১৪-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-३० मिति
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "शालिखा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "শালিখা উপজেলা" (अङ्ग्रेजीमा), २०१९-०४-०९। 
  5. "শালিখা উপজেলা" (अङ्ग्रेजीमा), २०१९-०४-०९। [स्थायी मृत कडी]
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]