नडाइल सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नडाइल सदर
নড়াইল সদর
नडाइल सदर is located in बङ्गलादेश
नडाइल सदर
नडाइल सदर
बाङ्लादेशको नक्शामा नडाइल सदर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°१०′उ॰ ८९°३०′पू॰ / २३.१६७°N ८९.५००°E / 23.167; 89.500निर्देशाङ्कहरू: २३°१०′उ॰ ८९°३०′पू॰ / २३.१६७°N ८९.५००°E / 23.167; 89.500
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लानडाइल जिल्ला
क्षेत्रफल
 • जम्मा३८१.७५ किमी (१४७.३९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा२७२,८७२[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
७५००, ७५०१
वेबसाइटnarailsadar.narail.gov.bd

नडाइल सदर (बङ्गाली: নড়াইল সদর) बङ्गलादेशको नडाइल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ। यस उपजिल्लाको नाम नडाइल जिल्ला र बङ्गाली शब्द सदरबाट (सदरमुकाम) उत्पत्ति भएको थियो। यस उपजिल्लामा जिल्ला सदरमुकाम नडाइल सहर अवस्थित छ।

भूगोल[सम्पादन गर्नुहोस्]

नडाइल सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°०२' देखि २३°१७' उत्तर अक्षांश र ८९°२३' देखि ८९°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। नडाइल सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३८१.७६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई लोहागडाशालिखा उपजिल्लाले दक्षिण, कालियाअभयनगड उपजिल्लाले दक्षिण, लोहागडा उपजिल्लाले पूर्व, पश्चिम बाघारपाडाजशोर उपजिल्लाले पश्चिमबाट घेरेको छ। नवगङ्ग, चित्रा, तैरब, गोबरा खाली आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्। चित्रा नदी यस उपजिल्लाको दक्षिण हुँदै बग्दछ।[२] [३][४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९४६ मा यस उपजिल्लाका कम्युनिस्ट नेता नूरजालालले यस उपजिल्लामा तेभागा आन्दोलनको नेतृत्व गरेका थिए। सन् १९७१ मार्च २६ मा यस उपजिल्लाका युवाहरूलाई नेतृत्व गरेका नूर मोहाम्मद माहिले हातहतियार कब्जा गरेका थिए। २ अप्रिल १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले यस उपजिल्लाको रुपगञ्ज सैनिक किल्लामा आक्रमण गरी ६० पाकिस्तानी सेनाको हत्या गरेका थिए। ३ अप्रिलमा पाकिस्तानी सेनाले नडाइल सहरमा आक्रमण गरेका थिए जहाँ पाकिस्तानी सेनाले यहाँका ठूला भवनहरूमा क्षति पुर्‍याएका कारण यहाँका बासिन्दाहरूले सहर छाडेका थिए। १३ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाक‍ नडाइल सहरमा एक सैनिक किल्ला खडा गरेका थिए। मे महिनाको शुरूवात तिर पाकिस्तानी सेनाले स्थानीय राजाकारसँग सहकार्य गर्दै कालिया पाइलट उच्च विद्यालयका शिक्षण शेख आब्दुस सलामलाई हिरासतमा लिएका थिए भने उनलाई सन् १९७१ मे १३ का दिन जशोर सैनिक किल्लामा हत्या गरेका थिए। १६ जुलाईमा पाकिस्तानी सेना र स्थानीय राजाकारले यस उपजिल्लाको तुलारामपुर गाउँका ८ सर्वसाधारणहरूलाई अपहरण गरी सबैको जल विकास संस्थाको कार्यलयमा सामूहिक हत्या गरेका थिए। ७ डिसेम्बरमा राजाकार र पाकिस्तानी सेनाले एक क्याम्पसका विद्यार्थी माजानुर रहमानको हत्या गरेका थिए। ९ डिसेम्बर १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनाको सैनिक किल्लामा आक्रमण गरेका थिए जहाँ बङ्गलादेशी लडाकु मोतियार रहमानक‍ मृत्यु भएको थियो। १० डिसेम्बर १९७१ का दिन बङ्गलादेशी लडाकुले यस उपजिल्लामा रहेका पाकिस्तानी सेना माथि आक्रमण गरी नडाइललाई स्वतन्त्र बनाएका थिए। १४ डिसेम्बर १९७१ का दिन प्रमुख अधिकारी मुहाम्मद आबुल मञ्जुरले नडाइलको डाकबाङ्लाको अगाडि स्वतन्त्र बङ्गलादेशको राष्ट्रिय झण्डा माथि ठडाएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २६९४२३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३७२३४ छ भने महिलाको जनसङ्ख्या १३२१८९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८७२०७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८१९८५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १४०, इसाई धर्मवलम्बीको जनसङ्ख्या १५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७६ रहेको छ। यस उपजिल्लामा २७५ मस्जिद, ७५ मन्दिर, १ गिर्जाघर र २ चिहानहरू रहेका छन्। गोल बथन मस्जिद, रुपगञ्ज जामे मस्जिद आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्।[५] यस उपजिल्लाका ९५.८६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३४% ले पोखरी, १.५८% ले टुटी र २.२१% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका २१% पानीका धाराहरूमा आर्सनिकको मात्रा पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये २१.१२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, ९ परिवार नियोजन केन्द्र र १४ मातृ तथा शिशु हेरचाह केन्द्रहरू रहेका छन्। सन् १९०९, १९६१ र १९८८ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा आँधी आएको थियो जसका कारण यस उपजिल्लाका हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने सन् १७७०, १९४३ र १९५० मा यस उपजिल्लामा अनिकाल लागेको थियो जसका कारण थुप्रै मानिसहरूको मृत्यु भएको थियो। सन् १९८८ र १९९८ मा यस उपजिल्लामा बाढी आएको थियो जसका यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुगेको थियो।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, तेल, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, कागती, आलुबखडा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया पानको पात, मेवा, नरिवल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको जुट र अस पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १००५ माछापालन केन्द्र, १०७ दुग्ध सङ्कलन केन्द्र, ७५ कुखुरापालन केन्द्र र १ चल्ला उत्पादन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.९७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.५३%, वाणिज्यमा १२.०९%, सञ्चार र यातायातमा ३.५५%, उद्योगमा १.७८% निर्माण क्षेत्रमा १.०२%, सुविधामा ८.७४%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगारी तथा भाडामा ०.७३% र अन्यमा ४.४५% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय नडाइल थानाको स्थापना सन् १८६१ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १३ सङ्घ परिषद्हरू रहेका छन् जुन यस प्रकार छन्; माइजपाडा सङ्घ परिषद्, हरखाली सङ्घ परिषद्, चण्डिबरपुर सङ्घ परिषद्, आउडिया सङ्घ परिषद्, शाहाबाद सङ्घ परिषद्, तुलारामपुर सङ्घ परिषद्, शेखहाटी सङ्घ परिषद्, कलोडा सङ्घ परिषद्, सिङ्गाशोलपुर सङ्घ परिषद्, भद्रबिला सङ्घ परिषद्, बाँशग्राम सङ्घ परिषद्, बिछाली सङ्घ परिषद् र मुलिया सङ्घ परिषद् आदि। [६]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ५४.७३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५९.२२% छ भने महिलाको साक्षरता दर ५०.०९%रहेको छ। यस उपजिल्लामा १० क्याम्पस, १ आयुर्वेदिक क्याम्पस, १ कृषि तथा प्राविधिक शिक्षण संस्था, १ प्राविधिक विद्यालय तथा क्याम्पस, ५८ माध्यमिक विद्यालय, १६३ प्राथमिक विद्यालय, १० सामुदायिक विद्यालय र ७६ मदरसाहरू रहेका छन्।[७] यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नडाइल सरकारी भिक्टोरिया क्याम्पस (सन् १८८६), नडाइल कन्या उच्च विद्यालय (सन् १८५४), नडाइल भिक्टोरिया सैनिक विद्यालय (सन् १८५७), नडाइल भिसी विद्यालय (सन् १८५७), नडाइल सरकारी उच्च विद्यालय (सन् १९०३), मालियाट माध्यमिक विद्यालय (सन् १९०६), हरखाली हामिदुननेछा माध्यमिक विद्यालय (सन् १९१६), सिङ्गाशोलपुर केपी माध्यमिक विद्यालय (सन् १९२१), सिङ्गिया हाटबालपुर माध्यमिक विद्यालय (सन् १९२१), पार्वती विद्यापिठ (सन् १९२३), बाँसग्राम विष्णुपुर माध्यमिक विद्यालय (सन् १९३२), माइजपाडा माध्यमिक विद्यालय (सन् १९३२), नडाइल माध्यमिक विद्यालय (सन् १९५३), साहबाद माजिदिया आलीया मदरसा (सन् १९५०) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে নড়াইল সদর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৪ মার্চ ২০১৪-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२४ मिति
  2. "Upazila Map: Upazila Narail Sadar", Local Government Engineering Department, अन्तिम पहुँच जुलाई २५, २०१४ 
  3. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৯০, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  4. মানিক মোহাম্মদ রাজ্জাক (ফেব্রুয়ারি ২০১৫), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", কথাপ্রকাশ, पृ: ৬১২, आइएसबिएन 984-70120-0436-4 
  5. "Population and Housing Census 2011: Bangladesh at a Glance" (PDF), Bangladesh Bureau of Statistics, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  7. "List of Institutions", Ministry of Education, अन्तिम पहुँच जुलाई १५, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]