कालिया उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कालिया

কালিয়া
कालिया is located in बङ्गलादेश
कालिया
कालिया
[३]बाङ्लादेशको नक्शामा कालिया उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागखुलना विभाग
जिल्लानडाइल जिल्ला[२]
क्षेत्रफल
 • जम्मा३०१.३२ किमी (११६.३४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[४])
 • जम्मा२२०,२०२
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
७५२०
वेबसाइटkaliapaurashava.com

कालिया (बङ्गाली: কালিয়া) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[५][६]

भूगोल[सम्पादन गर्ने]

कालिया उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°५७' देखि २३°०७' उत्तर अक्षांश र ८९°३०' देखि ८९°४८' पूर्वी देशान्तरणमा अवस्थित छ। कालिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३५०.९१ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नडाइल सदरल‍हागडा उपजिल्लाले उत्तर, तेरखादा, सोल्लाहाटदिघलिया उपजिल्लाले दक्षिण, गोपालगञ्ज सदर, उपजिल्लाले पूर्व र अभयनगर उपजिल्लाले पश्चिमबाट घेरेको छ। नरगङ्गम ओमधुमति, बोयालिया, चाँचुडी बिल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ८ डिसेम्बर १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले कालिया उच्च विद्यालय र कालिया दाकबाङ्लामा पाकिस्तानी सेना र स्थानीय राजाकार माथि आक्रमण गरेका थिए। यस युद्ध ३ दिन सम्म चलेको थियो जसमा ३ बङ्गलादेशी लडाकु, ४ पाकिस्तानी सेना र ९ राजाकारको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३३५०३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११८०६२ छ भने महिलाको जनसङ्ख्या ११५४४१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १९११६० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२२९०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १० रहेको छ। यस उपजिल्लामा २९३ मस्जिद, ७७ मन्दिर १ गिर्जाघर र ३ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९६.६३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.९९% ले पोखरी, ०.४४% ले टुटी र ०.९४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ९.७२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, १ परिवार नियोजन केन्द्र, १ अस्पताल र १ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्। सन् १९०९, १९६१ र १९८८ मा आएको आँधीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौँ मानिसहरू विस्थापित भएका थिए। यस उपजिल्लामा सन् १७७०, १९४३ र १९५० मा अनिकाल लागेको थियो। सन् १९८८ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लाका घर, पुरातात्त्विक भवन र बाली नालीमा ठूलो मात्रामा क्षति पुर्‍याएको थियो। सन् १९८५ मा यस उपजिल्लाका ५०० सर्वसाधारणहरू पखालाबाट ग्रसित बनेका भने २५ जनाक‍ मृत्यु पनि भएको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, आलु, गहुँ, पानको पात, तोरी लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, नरिवल, अम्बा, केरा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, नरिवल, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३५८१ माछापालन केन्द्र र ६७ कुखुरापालन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२.५७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.२१%, वाणिज्यमा १४.६०%, सञ्चार र यातायातमा ३.२२%, उद्योगमा १.४१% निर्माण क्षेत्रमा ०.७८%, सुविधामा ८.२८%, धार्मिक सेवामा ०.२७%, वैदेशिक रोजगारी तथा भाडामा १.४८% र अन्यमा ५.१८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कालिया थानाको स्थापना सन् १९६६ मा भएको थियो भने सन् १९८४ जनवरी १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा, १४ सङ्घ परिषद्, १११ मौजा/महल्ला र १८७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; बाबरा हाचला सङ्घ परिषद्, पुरुलिया सो थियो भने सन् १९८४ जनवरी १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[७] हाल यस उपजिल्लामा १ पौरसभा, १४ सङ्घ परिषद्, १११ मौजा/महल्ला र १८७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; बाबरा हाचला सङ्घ परिषद्, पुरुलिया सङ्घ परिषद्, हामिदपुर सङ्घ परिषद्, माउली सङ्घ परिषद्, सालाकमबाद सङ्घ परिषद्, खाशियाल सङ्घ परिषद्, जयनगर सङ्घ परिषद्, कालाबाडीया सङ्घ परिषद्, बाऐस‍ना सङ्घ परिषद्, पहरडाङ्गा सङ्घ परिषद्, पेडली सङ्घ परिषद्, चाँचुली सङ्घ परिषद्, बडनाल इलियाछमबाद सङ्घ परिषद् र पाँचग्राम सङ्घ परिषद्।[८]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४२.२९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.८१% छ भने महिलाको साक्षरता दर ३८.७७%रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, २३ माध्यमिक विद्यालय, १४४ प्राथमिक विद्यालय, १ सामुदायिक विद्यालय, १ बाल उद्धान केन्द्र, ४६ मदरसा र ३३ अनाथ आश्रमहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कालिया सहिद आब्दुल सालाम डिग्री क्याम्पस, मुन्सि मानिक मिया डिग्री क्याम्पस, कालिया पाइलट माध्यमिक विद्यालय (सन् १८६५), पि एस कन्या विद्यालय (सन् १९११), दि पाटना एकेडेमी (सन् १९१२), कलाडिया बहुमुखी माध्यमिक विद्यालय (सन् १९३१), चाँचुडी पुरुलिया माध्यमिक विद्यालय (सन् १९५१७), बारइपाडा प्राथमिक विद्यालय (सन् १८५०), बाबरा प्राथमिक विद्यालय (सन् १८९५) आदि।[९]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "District Statistics 2011: Narail" (PDF), Bangladesh Bureau of Statistics, मूलबाट नोभेम्बर १३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१४ 
  2. "Population Census 2011: Narail Table C-04" (PDF), Bangladesh Bureau of Statistics, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  3. "Population Census 2011: Narail Table C-01" (PDF), Bangladesh Bureau of Statistics, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  4. "Population Census 2011: Narail Table C-06" (PDF), Bangladesh Bureau of Statistics, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  5. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে কালিয়া উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৮ মার্চ ২০১৪-मा सङ्ग्रहित। 
  6. "कालिया उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, सन् २०१२। 
  7. "Union List", Bangladesh National Portal, अन्तिम पहुँच मार्च २०, २०१६ 
  8. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  9. "List of Institutions", Ministry of Education, अन्तिम पहुँच जुलाई १५, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]