श्रीपुर उपजिल्ला (मागुरा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रीपुर
শ্রীপুর (মাগুরা)
—  उपजिल्ला  —
श्रीपुर बङ्गलादेश-এ অবস্থিত
श्रीपुर
श्रीपुर
बाङ्लादेशको नक्शामा श्रीपुर उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुलना जिल्ला
जिल्ला मागुरा जिल्ला
क्षेत्रफल
 - जम्मा १७९.१८ किमी (६९.२ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१)
 - जम्मा १४४,४७१
 जनघनत्व ८०६.३/किमी (२,०८८.३/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट श्रीपुर उपजिल्लाको आधिकारिक नक्शा

श्रीपुर (मागुरा) (बाङ्ला: শ্রীপুর (মাগুরা)) बङ्गलादेशको मागुरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

श्रीपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°३२' देखि २३°४१' उत्तर अक्षांश र ८९°२१' देखि ८९°३२' पूर्वी देशान्तरणमा अवस्थित छ। श्रीपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७९.१८ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई पाङ्शाबालियाकान्दि उपजिल्लाले उत्तर, मागुरा सदर उपजिल्लाले दक्षिण, माधुखालीबालियाकान्दि उपजिल्लाले पूर्व र शैलकउपा उपजिल्लाले पश्चिमबाट घेरेको छ। गडाई, कुमार, मुचिखाली आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।[२][३][४]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५६४०१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७८९९९ छ भने महिलाको जनसङ्ख्या ७७४०२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२३२८१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३३०३८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ७१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११ रहेको छ। यस उपजिल्लामा ११५ मस्जिद, २० मन्दिर र १ चिहानहरू रहेका छन्। उपजेला जामे मस्जिद, पीर करिम शाहको चिहान (सबदालपुर), नाकोल मियापाडा हाजरातला बेदान्त मठ, बडालीदश पश्चिमपाडा काली मन्दिर आदि यस उपजिल्लाका केही प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.८०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०५% ले पोखरी, ०.५५% ले टुटी र २.६०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २०.०७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। सन् १५८५ र सन् १००९ मा आएको आँधीले यस उपजिल्लाका थुप्रै मानिसहरूक‍ मृत्यु भएको थियो भने यसले प्राकृतिक प्रकोपले घर, पुरातात्त्विक भवन र बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, तोरी, गेडागुडी, लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, मेवा, खरबुजा, नरिवल, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, केरा, कटहर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको बदाम, कोदो र अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४५ माछापालन केन्द्र, १५ कुखुरापालन केन्द्र र ४० दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।


यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.३५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.०७%, वाणिज्यमा १२.७९%, सञ्चार र यातायातमा ४.७२%, उद्योगमा १.५०% निर्माण क्षेत्रमा १.२७%, सुविधामा ८.१७%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ०.६२% र अन्यमा ४.३६% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय श्रीपुर थानाको स्थापना सन् १८५९ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ८ सङ्घ परिषद्, ८४ मौजा/महल्ला र १६२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; गयेशपुर सङ्घ परिषद्, आमलसाल सङ्घ परिषद्, श्रीकोल सङ्घ परिषद्, श्रीपुर सङ्घ परिषद्, द्वारियापुर सङ्घ परिषद्, कादिरपाडा सङ्घ परिषद्, सब्दालपुर सङ्घ परिषद् र नाकोल सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४३.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४७.३% छ भने महिलाको साक्षरता दर ३९.७%रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, २६ माध्यमिक विद्यालय, ७१ प्राथमिक विद्यालय, ३ बाल उद्धान केन्द्र, ५ सामुदायिक विद्यालय र १६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नाकोल राइचरण माध्यमिक विद्यालय (सन् १९०१), श्रीपुर एससी पाइलट माध्यमिक विद्यालय (सन् १९०२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "श्रीपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৯০, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  4. মানিক মোহাম্মদ রাজ্জাক (ফেব্রুয়ারি ২০১৫), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", কথাপ্রকাশ, पृ: ৭৯, ৬১২, आइएसबिएन 984-70120-0436-4 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]