मीनराज बसन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीनराज बसन्त
मीनराज
मीनराज बसन्त
जन्म२०४६
बलेवा, बाग्लुङ जिल्ला नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातक तह (नेपाली)
पेशालेखन
चिनारीको कारणउपन्यास, गजल
उल्लेखनीय कार्य
मुदिर, पिपिरी
गृहनगरबलेवा,बाग्लुङ जिल्ला

लेखक मीनराज बसन्त बागलुङ जिल्लाको बलेवामा जन्मिएका हुन्।[१] उनी विशेषतः उपन्यासकारका रूपमा परिचित छन्। उनको पहिलो उपन्यास मुदिर वि. सं. २०७३ को साउनमा प्रकाशित भएको हो। [२] उपन्यास प्रकाशन हुनु पहिले उनी उम्दा गजलकारका रूपमा परिचय बनाउँदै थिए, तर एकाएक साहित्य लेखनबाट ओझेल परेका बसन्तले केही वर्ष लगत्तै आफूले वैदेशिक रोजगारीका क्रममा देखे भोगेका वास्तविक घटनाहरूलाई औपन्यासिक रूप दिए।[३] कतारको तातो बालुवामा पोखिने आम नेपाली युवाको पसिनाको सुगन्धलाई लेखकले टपक्कै टिपेर आफ्ना पात्र डम्बरकुमार मार्फत मुदिरमा छरपरस्ट पारिदिए। शिखा बुक्सले प्रकाशन गरेको उनको पहिलो कृति मुदिरले राम्रै चर्चा बटुल्न सफल भयो ।[४]

वि. सं. २०७६ मा फिनिक्स बुक्सले उनको दोस्रो औपन्यासिक कृति पिपिरी बजारमा ल्याएको छ। यस कृतिमा लेखकले समाजका अँध्यारापक्षहरूले बाल मनोविज्ञानमा पार्ने प्रभावका बारे मसिनो तरिकाले उनेका छन्। [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]