सामग्रीमा जानुहोस्

मीनाक्षी लेखी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीनाक्षी लेखी
विदेश राज्य मन्त्री
पद बहाली
सन् २०२१ जुलाई ७
प्रधानमन्त्रीनरेन्द्र मोदी
मन्त्रीसुब्रह्मण्यम जयशङ्कर
संस्कृति राज्य मन्त्री
पद बहाली
सन् २०२१ जुलाई ७
प्रधानमन्त्रीनरेन्द्र मोदी
मन्त्रीगङ्गपुरम किशन रेड्डी
पूर्वाधिकारीप्रह्लाद सिंह पटेल
लोक सभा सदस्य
पद बहाली
सन् २०१४ जुन ५
पूर्वाधिकारीअजय माकन
निर्वाचन क्षेत्रनयाँ दिल्ली
सार्वजनिक उपक्रम समितिको अध्यक्ष
कार्यकाल
सन् २०१९ अक्टोबर ३०  सन् २०२१ अगस्ट १३
पूर्वाधिकारीशान्ता कुमार
उतराधिकारीसंतोष गङ्गवार
संसदीय विशेषाधिकार समितिको अध्यक्ष
कार्यकाल
सन् २०१६ अगस्ट २०  सन् २०१९ अक्टोबर २९
पूर्वाधिकारीएसएस अहलुवालिया
उतराधिकारीहरिवंश नारायण सिंह
व्यक्तिगत विवरण
जन्म (1967-04-30) ३० अप्रिल १९६७ (उमेर ५८)
राजनीतिक दलभारतीय जनता पार्टी
जीवनसाथीअमन लेखी
सन्तान
मातृ शिक्षाप्रतिष्ठानकानुन विभाग, दिल्ली विश्वविद्यालय
पेशा
  • वकिल
  • राजनीतिज्ञ

Deprecated parameter primeministerDeprecated parameter primeminister1

मीनाक्षी लेखी एक भारतीय राजनीतिज्ञ र भारतको विदेश राज्य मन्त्रीसंस्कृति राज्य मन्त्रीको रूपमा कार्य गर्दै छिन्। उनी भारतीय जनता पार्टी (भाजपा) की सदस्य हुन्। उनी १६औँ र १७औँ लोकसभामा नयाँ दिल्ली संसदीय क्षेत्रबाट संसदकी सदस्य हुन्। [] उनी भारतको सर्वोच्च अदालतमा पनि वकिल हुन्। सन् २०१४ को लोक सभा निर्वाचनमा उनले भाजपा उम्मेदवारको रूपमा उच्च ध्यानकेन्द्रित संसदीय क्षेत्र नयाँ दिल्ली संसदीय क्षेत्र जितिन् र सन् २०१९ मा पुनः निर्वाचित भइन्।[] सन् २०१६ मा उनी संसदमा लोक सभाको सुविधा सम्बन्धी समितिको अध्यक्षको रूपमा नियुक्त भएकी थिइन्।[] सन् २०१९ जुलाई २६ मा लोकसभा अध्यक्ष ओम बिडलाले लेखीलाई सार्वजनिक उपक्रम सम्बन्धी समितिको अध्यक्षको रूपमा नियुक्त गरेका थिए जुन पदमा हालसम्म उनी पदासिन छिन्।[]

उनी सामाजिक र राजनीतिक विषयहरूमा पत्रपत्रिका र शोधपत्रमा लेख लेख्नुको साथै उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विभिन्न टेलिभिजन कार्यक्रमहरूमा भाग लिन्छिन्।[][][][]

दिल्लीको हिन्दू कलेजबाट वनस्पतिशास्त्रमा बिएससी गरेपछि[] लेखीले एलएलबीको पढाईको लागि दिल्ली विश्वविद्यालयको कानूनी विभाग क्याम्प्समा भर्ना लिएकी थिइन्। उनले सन् १९९० मा दिल्ली बार काउन्सिलमा भर्ना भइन र भारतको सर्वोच्च अदालत, दिल्ली उच्च न्यायालय र देशका विभिन्न भागमा अन्य धेरै अदालत, न्यायाधिकरण र फोरममा अभ्यास गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. /Loksabha/Members/MemberBioprofile.aspx?mpsno=4717
  2. "Election Commission of India", मूलबाट ४ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०१५ अभिलेखिकरण ४ जुन २०१५ वेब्याक मेसिन
  3. "BJP leader Meenakshi Lekhi appointed chairperson of Lok Sabha privileges committee", The Indian Express (en-USमा), २२ जुलाई २०१६, अन्तिम पहुँच १२ जुलाई २०१८
  4. "दो कमेटियों का गठनः कांग्रेसी चौधरी एक के तो दूसरे की लेखी अध्यक्ष", Jansatta (हिन्दीमा), २६ जुलाई २०१९, अन्तिम पहुँच ४ अगस्ट २०१९
  5. "Meenakshi Lekhi"
  6. "Intolerance debate: Cong banned books to protect image of dynasty, says Meenakshi Lekhi" on Firstpost, 30 November 2015.
  7. "Triple Talaq Debate: Muslim women should not worry when they have a brother like PM Modi, says BJP", www.indiatvnews.com, २८ डिसेम्बर २०१७।
  8. "lokmat award for best RS, lS lawmakers" अभिलेखिकरण २०१८-०९-०८ वेब्याक मेसिन on the pioneer, 20 July 2017.
  9. "The argumentative Indians - Times of India", The Times of India, अन्तिम पहुँच २२ डिसेम्बर २०१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]