सामग्रीमा जानुहोस्

सुब्रह्मण्यम जयशङ्कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुब्रह्मण्यम जयशङ्कर
सुब्रह्मण्यम जयशङ्कर
३०औँ भारतको विदेश मन्त्री
पदमा
३० मे २०१९
पूर्वाधिकारीसुषमा स्वराज
व्यक्तिगत विवरण
जन्म (1955-01-09) ९ जनवरी १९५५ (उमेर ७१)
दलभारतीय जनता पार्टी
पुरस्कार तथा सम्मान
पद्म श्री (सन् २०१९)

सुब्रह्मण्यम जयशङ्कर एक भारतीय कूटनीतिज्ञ र राजनीतिज्ञ हुन् जसले ३० मे २०१९ देखि भारत सरकारको विदेश मन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनि भारतीय जनता पार्टीका सदस्य हुन् र ५ जुलाई २०१९ देखि राज्यसभामा संसद सदस्य बनेका थिए। जयशङ्कर एक बहु-भाषाविद् हुन् र अङ्ग्रेजी, तमिल र हिन्दी बोल्छन्, जबकि रूसी, जापानी र चिनियाँ भाषामा पनि कुराकानी गर्न सक्छन्।[१]

प्रारम्भिक जीवन

[सम्पादन]

जयशङ्करको जन्म दिल्ली, भारतमा एक प्रमुख भारतीय निजामती कर्मचारी र रणनीतिक मामिला विश्लेषक, के. सुब्रह्मण्यम र सुलोचना सुब्रह्मण्यमको घरमा भएको थियो। उनी हिन्दु तमिल परिवारमा हुर्केका थिए। उनका दुई भाइहरू छन्: इतिहासकार सञ्जय सुब्रह्मण्यम र भारतीय प्रशासनिक सेवा अधिकारी एस विजय कुमार, भारतका पूर्व ग्रामीण विकास सचिव।[२]

कूटनीतिक जीवन

[सम्पादन]

जयशङ्कर साढे चार वर्षको कार्यकालका साथ चीनमा सबैभन्दा लामो समय सेवा गर्ने भारतका राजदूत थिए। बेइजिङमा, जयशङ्कर चीन र भारत बीचको आर्थिक, व्यापार र सांस्कृतिक सम्बन्ध सुधार गर्न र चीन-भारत सीमा विवाद व्यवस्थापनमा संलग्न थिए।[३] जयशङ्करलाई सेप्टेम्बर २०१३ मा संयुक्त राज्य अमेरिकाका लागि भारतको राजदूतको रूपमा नियुक्त गरिएको थियो। उनले निरुपमा रावको उत्तराधिकारी भएर २३ डिसेम्बर २०१३ मा पदभार ग्रहण गरेका थिए।[४]

३१ मे २०१९ मा उनलाई विदेश मन्त्रीको कार्यालयमा नियुक्त गरिएको थियो। जयशङ्करले ३० मे २०१९ मा क्याबिनेट मन्त्रीको रूपमा सपथ लिएका थिए। ५ जुलाई २०१९ मा, उनी भारतीय जनता पार्टीबाट गुजरात राज्यबाट राज्यसभाका लागि सांसदका रूपमा निर्वाचित भए। उनले आफ्नो पहिलो कार्यकालमा नरेन्द्र मोदीको सरकारमा विदेश मन्त्री भएकी सुष्मा स्वराजको उत्तराधिकारी बने।[५]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Sirohi, Seema (९ अगस्ट २०१३), "Exclusive: S Jaishankar to be India's next envoy to Washington", Firstpost (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ अप्रिल २०२२।
  2. ↑ Manager (१४ मार्च २०१७), "S. Vijay Kumar", Resource Panel, अन्तिम पहुँच ४ जुन २०१९ – www.resourcepanel.orgद्वारा।
  3. ↑ Disturbance of Peace at Border Can Vitiate Ties: India to China अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन,The Economic Times, 21 August 2013.
  4. ↑ "Meet Subrahmanyam Jaishankar, the new Indian Ambassador to USA", मूलबाट ११ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०१३।
  5. ↑ "S Jaishankar takes oath as Rajya Sabha member", India Today (अङ्ग्रेजीमा) (Delhi), PTI, ८ जुलाई २०१९, अन्तिम पहुँच १३ जुन २०२०।