मुग्लिङ
मुग्लिन
मुग्लिङ | |
---|---|
![]() मुग्लिन बजार | |
निर्देशाङ्क: २७°५१′२६″N ८४°३३′३८″E / 27.85712630356841°N 84.56045946773389°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
सरकार | |
• प्रकार | स्थानीय तह |
• अङ्ग | इच्छाकामना गाउँपालिका |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मुग्लिन पृथ्वी राजमार्ग र मदन आश्रित राजमार्गको चोक रहेको चितवन जिल्लाको पहाडी क्षेत्रको प्रमुख बजार हो। यो स्थान भरतपुरबाट ३६ किलोमिटर, सङ्घीय राजधानी काठमाडौँबाट ११० किलोमिटर तथा गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट ९० किलोमिटरको दुरीमा रहेको छ।
भुगोल
[सम्पादन गर्नुहोस्]मुग्लिङ त्रिशुली नदि र मर्स्याङ्दी नदिको सङ्गमस्थलमा अवस्थित छ।
विगत
[सम्पादन गर्नुहोस्]सडक बन्नु अघि
[सम्पादन गर्नुहोस्]मुग्लिन भेग त्रिपाठी, सिलवाल र सापकोटा समुदायको धान लगाउने फाँटको रूपमा चिनिन्थ्यो । सामान किन्न आउने हटियाजस्तो मात्रै थियो । दिउँसो सामान्य चहलपहल चल्थ्यो, राति सुनसान हुन्थ्यो । ट्रक चढेर अन्यत्र जाने बाटोका रूपमा ‘मुग्लिन’ चिनिन्थ्यो ।[१]
मुग्लिन झरेसी,
मज्जा आउला रेलीमाई टडक चढेसी...’
चलचित्र ‘ट्रक ड्राइभर’ को यहीे गीतले मुग्लिन पुगेपछि ट्रक चढ्न पाइन्छ भन्ने सन्देश दिन्थ्यो। त्यो बेला मुग्लिनबाट ट्रक चढेर गन्तव्यमा पुग्नुको विकल्प हुँदैन थियो। गाडी पाउन मुस्किल पथ्र्यो। ट्रक चढ्न पाउनु नै भाग्यमा लेखे बराबर मानिन्थ्यो।[२][३]
राजमार्ग निर्माण
[सम्पादन गर्नुहोस्]२०२७ सालमा पोखरा जाने सडक पृथ्वी राजमार्ग खुलेको थियो ।
जब चाइनिज टोली आएर नारायणगढ–मुग्लिन सडकको सर्भे थाल्यो, तब सबैको ध्यान मुग्लिनतिर तानियो । मुग्लिनमा जग्गा किन्ने बढ्दै गए, व्यापार–व्यवसाय थपिंदै गयो । ०३६ सालमा यहाँ ट्रयाक खुल्यो, ०३८ सालमा पिच भयो । सेवा–सुविधा विस्तारको आकर्षणमा धेरै जिल्लाका बासिन्दाले मुग्लिनलाई बसोबास केन्द्र बनाए । दुईतिर सडक खुलेपछि मुग्लिन एकाएक चम्कियो । मुग्लिन खेतको फाँटमा बिस्तारै पक्की घर ठडिँदै गए ।
पृथ्वी राजमार्ग खुलेपछि टाढाको बाटोबाट आउने चालकले खानपिन, चिया–नास्ताको मुकाम रूपमा मुग्लिन रोज्न थाले । मुग्लिनलाई प्रायः चौबीसै घण्टा चुल्हो बलिरहने ठाउँ भनेर चिनिन्थ्यो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यो र त्यो मुग्लिन", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०६-२७।
- ↑ "जुन गीतले चिनाए मुग्लिन", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०६-२७।
- ↑ खतिवडा, विमल (वैशाख १९, २०७४), "गुल्जार’ मुग्लिन", कान्तिपुर।
- ↑ "चुल्हो निभेको मुग्लिन", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०६-२७।