मुजिबनगर उपजिल्ला
मुजिबनगर | |
---|---|
निर्देशाङ्क: २३°३९′उ॰ ८८°३६′पू॰ / २३.६५०°N ८८.६००°Eनिर्देशाङ्कहरू: २३°३९′उ॰ ८८°३६′पू॰ / २३.६५०°N ८८.६००°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग |
जिल्ला | मेहेरपुर जिल्ला |
जनसङ्ख्या (सन् २०११[१]) | |
• जम्मा | ९९,१४३ |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक | 7102 |
वेबसाइट | mujibnagar |
मुजिबनगर (बङ्गाली: মুজিবনগর) बङ्गलादेशको मेहेरपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]मुजिबनगर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°३६' देखि २३°४५' उत्तर अक्षांश र ८८°३४' देखि ८८°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। मुजिबनगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११२.६८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मोहाम्मादपुर उपजिल्लाले उत्तर, दामुडहुदा र मेहेरपुर सदर उपजिल्लाले दक्षिण, भारतको पश्चिम बङ्गाल राज्यले पूर्व र पश्चिमबाट घेरेको छ। भैरव नदी, सरस्वती खमल, दातपुर बिल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।[२][३]
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८९८८६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४६०८८ छ भने महिलाको जनसङ्ख्या ४३७९८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८३४६८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८४०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५५६३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १५ रहेको छ। यस उपजिल्लामा १०१ मस्जिद, ४ मन्दिर ५ चिहान रहेका छन्। यस उपजिल्लाका ९२.९८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०८% ले पोखरी, ०.८९% ले टुटी र ६.०५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३२.४०% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, मकै, जुट, आलु, गहुँ, खैनी, तोरी लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, नरिवल, अम्बा, केरा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, केरा, आलु, उखु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तोरीको बिउ, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ११ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा १५ माछापालन केन्द्र, १९५ कुखुरापालन केन्द्र र ४० दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७३.७७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.३८%, वाणिज्यमा ०.९०%, सञ्चार र यातायातमा १.४५%, उद्योगमा ०.९०% निर्माण क्षेत्रमा ०.७३%, सुविधामा २.७०%, धार्मिक सेवामा ०.०९%, वैदेशिक रोजगारी तथा भाडामा ०.४०% र अन्यमा ४.३२% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय मुजिबनगर उपजिल्लाको स्थापना सन् २००० फेब्रुअरी २४ का दिन भएको थियो। हाल यस उपजिल्लामा ४ सङ्घ परिषद्हरू रहेका छन् जुन यस प्रकार छन्; दरियापुर सङ्घ परिषद्, बागोयान सङ्घ परिषद्, महाजनपुर सङ्घ परिषद् र मोनाखाली सङ्घ परिषद्।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ४०.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.२% छ भने महिलाको साक्षरता दर ३९.३%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, २४ माध्यमिक विद्यालय, ४ बाल उद्धान केन्द्र, ४ गैरसरकारी तथा सामुदायिक शिक्षण संस्था र ६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मुजिबनगर डिग्री क्याम्पस (सन् १९८३), मुजिबनगर माध्यमिक विद्यालय (सन् १९३७), दारियापुर माध्यमिक विद्यालय (सन् १९४६) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে মুজিবনগর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৩ অক্টোবর ২০১৩-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२३ मिति
- ↑ "मुजिबनगर उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "নদিয়ার তহসিল মানচিত্র", ভারতের মানচিত্র, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।