मोल छुचुन्द्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोल छुचुन्द्रो
सामयिक शृङ्खला: Late Eocene–Recent
Left column:
वैज्ञानिक वर्गीकरण e
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: Eulipotyphla
Superfamily: Talpoidea
परिवार: Talpidae
G. Fischer, 1814
प्रकार वंश
Talpa
Linnaeus, 1758
Subfamilies

Talpinae
Scalopinae
Uropsilinae

मोल छुचुन्द्रो मुसाजस्तै भूमिगत जीवन शैलीमा अनुकूलित साना स्तनपायी जनावर हुन्। छुचुन्द्रो को गणमा पर्ने र उनीहरुसंग मिल्दोजुल्दो हुने भएपनि , मोल ताल्पिडे कुलका हुन् भने छुचुन्द्रो सोरिसिडे कुलका हुन्। तिनीहरूको बेलनाकार शरीर, मखमली रौ, र साना, अस्पष्ट आँखाकान हुन्छन। अग्रभाग छोटा भएपनि खन्नको लागि अनुकूलित तिनका ठूला पञ्जाहरू शक्तिशाली हुन्छन्।

"मोल" शब्दले ताल्पिडे परिवारको कुनै पनि प्रजातिलाई जनाउँछ र यो शब्द आफै ल्याटिन भाषामा "ताल्पा" अर्थात मोलको अनुवाद हो। यी उत्तरी अमेरिका, यूरोप र एशिया को अधिकांश भागहरुमा पाइन्छ।

मोलहरूले मालीहरूका लागि धेरै दुख दिएपनि तिनीहरूले माटो, बगैंचापारिस्थितिकी प्रणालीहरूमा सकारात्मक योगदानहरू प्रदान गर्छन। तिनीहरुले बिरुवाको जरा खाने साना जनावरहरु खानुसंगै आफै ठुला जनावरको लागि आहारा भएर पर्यावरणमा आफ्नो योगदान दिन्छन्। तिनीहरूले माटोमा गँड्यौला र अन्य साना अकशेरुकहरू खान्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]