म्यान भर्सेस वाइल्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्यान भर्सेस वाइल्ड
कलाकारहरूबेअर ग्रिल्स
वर्णनकर्ताबेअर ग्रिल्स
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या७३ (+४ विशेष) (भागहरूको सङ्ख्या)
निर्माण
प्रसारण अवधि४५ मिनेट
निर्माण कम्पनी(हरु)डाइभर्स प्रोडक्सन्नस लिमिटेड
वितरकडिस्कभरी सञ्चार
प्रसारण
मूल च्यानलडिस्कभरी च्यानल
तस्वीर ढाँचा४८०पी (संस्करण १)
१०८०पी (संस्करण २–७)
प्रथम प्रसारण१० मार्च २००६ (2006-03-10) – नोभेम्बर २९, २०११ (2011-11-29)
कालक्रम
सम्बन्धित कार्यक्रमहरूयु भर्सेस वाइल्ड

'म्यान भर्सेस वाइल्ड[१] (नेपाली: मानिस विरुद्ध वन), बोर्न सर्भाइभर: बेअर ग्रिल्स[२], अल्टिमेट सर्भाइभल[३][४], सर्भाइभल गेम[५] वा संयुक्त अधिराज्यमा सामान्य रूपमा बेअर ग्रिल्सको रूपमा परिचित एक जिवितता टेलिभिजन शृङ्खला हो। यस शृङ्खलालाई बेअर ग्रिल्सले डिस्कोभरि च्यानलमा आयोजना गर्दछन्।[६] संयुक्त अधिराज्यमा, यसका शृङ्खलाहरू मूलतः च्यानल ४ मा देखाइएको थियो, तर उक्त शृङ्खला पश्चात् यसका सबै संस्करणहरू डिस्कवरी च्यानल बेलायतमा प्रसारित गरिएको थियो। यस शृङ्खलालाई बेलायती टेलिभिजन निर्माण कम्पनी डाइभर्स ब्रिस्टलले निर्माण गरेको थियो। कार्यक्रम १० मार्च २००६ मा "द रकीज" शीर्षकको एक शृङ्खला प्रसारण भएसँगै १० नोभेम्बर २००६ मा प्रदर्शन गरिएको थियो।[७]

उनले वर्स्ट-केस सिनारियो भनिने डिस्कभरी च्यानलको कार्यक्रममा जिवित रहने तरिका वा शैली प्रदर्शन गर्नका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए जुन ५ मे २०१० मा प्रसारित भएको थियो।[८]

मार्च २०१२ मा, डिस्कभरी च्यानलले बेअर ग्रिल्ससँग सम्झौता विवादको कारण यसको रद्द गरेको थियो भने यससँगै कारण उक्त कार्यक्रम पनि रद्द भएको थियो। अप्रिल २०१९ मा, नेटफ्लिक्सले बेअर ग्रिल्सलाई यु भर्सेस वाइल्डमा फिर्ता ल्याएको थियो जसमा हालसम्म ८ शृङ्खलाहरू छन्।[९]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

प्रत्येक शृङ्खलाको सामान्य ढाँचा भनेको ग्रिल्सलाई आफ्नो छवि दलसँग एक जङ्गली वा कुनै गाह्रो क्षेत्रमा फसेको मानिसको रूपमा चित्रित गरिन्छ। उक्त अवस्थाबाट कसरी बाहिर वा वस्ती भएको क्षेत्र सम्म आइपुग्ने भन्ने बारेमा यहाँ तरिकाहरू सिकाइन्छ जसलाई दस्तावेजीकरण गरिन्छ। रातको समयमा आश्रय आवश्यकता पर्दछ र यसको निर्माण र प्रयोग बारे यहाँ चर्चा गरिन्छ। शृङ्खलाहरूमा प्रायः जङ्गली भूभागहरू समावेश गरिन्छ जसमा घनावन, वा यस्तै गैर-शहरी क्षेत्रहरू पर्दछन्। तर विशेष शृङ्खलाहरूमा उनी सहर वा औद्योगिक क्षेत्रहरूमा पनि पुग्छन् र पनि आफू रहेको क्षेत्रको बारेमा बाँच्न सफल असफल भएका घटनाहरू बताउँदछन्। [१०]

प्रत्येक भागको छायाङ्कन गर्नका लागि प्राय: ७-१० दिन लाग्छ। प्रत्येक छायाङ्कन अघि टोलीले एक हप्ता जतिको समयमा उक्त स्थलको बारे अध्ययन गर्छन् र त्यसपछि ग्रिल्सले उक्त क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्दछन्। ग्रिल्सले त्यसपछि दुई दिन कसरी बाँच्न सकिन्छ भन्ने बारे जानकारी दिन्छन् र, त्यसपछि उनी छविकार र एक ध्वनि इन्जिनियरहरूको साथ उक्त सहासी कार्यमा जुट्छन्।[११] निर्देशकहरूले स्थान छायाङ्कन र प्रत्येक कार्यक्रमको अन्तिम सम्पादनको निरीक्षण गर्दछन्। ग्रिल्सलाई विशेष गरी "प्रस्तुतकर्ता"को रूपमा श्रेय दिइन्छ जहाँ दर्शकहरूलाई बाँच्ने विधि प्रस्तुत गर्नमा उनको भूमिकालाई प्रकाश पारिन्छ।[१२]

ग्रिल्सका अनुसार "कार्यक्रमको ढाँचा भनेको कठिन परिस्थितिमामा कसरी आफूलाई बचाइराख्ने भन्ने हो"।

मलाई लाग्छ यो सबैभन्दा खराब परिदृश्य कार्यक्रम हो त्यसैले यस बारेमा गम्भीर हुँदै निश्चित रूपमा कार्यहरूलाई योजनाबद्ध गर्नु पर्छ। अन्यथा, यो केवल जङ्गलमा हुने छ वरिपरि केहि पनि भइरहेको छैन, उद्धारको लागि पर्खँदा, तपाईलाई केहि पनि प्राप्त गर्नुहुने छैन। यो एक धेरै झ्याउलाग्दो कार्यक्रम हुनेछ। यदि तपाई द्रुत रूपमा बालुवामा खस्नुभयो भने कसरी बाहिर निस्कने र यदि तपाई गोहीको आक्रमणमा पर्नुभयो भने तपाईले बच्नका लागि डुङ्गा बनाउनु पर्ने हुन्छ। हामी जानु अघि मैले राम्रो जानकारी प्राप्त गर्दछु। मलाई थाहा छ त्यहाँ एउटा ठूलो नदी छ र त्यहाँ एउटा ठूलो चट्टान पनि छ जसमा म चढ्ने छु। त्यहाँ ती चट्टानहरूमा धेरै सर्पहरू छन्, र गोहीहरू पनि प्रशस्तै छन्। तसर्थ मलाई के हुन्छ भनेर अग्रिम रूपमा नै ८० प्रतिशतको राम्रो अनुमान छ। [१२]

अप्रिल २००८ मा, ग्रिल्स र डिस्कभरीले एउटा पुस्तक जारी गरेको थियो जसमा टिभी कार्यक्रमका जिवितता सल्लाहहरू समावेश थिए।

२ जुन २००९ मा, पहिलो पटक प्रसारित गरिएको एउटा विशेष शृङ्खलामा, विल फेरेल उत्तरी स्वीडेनको सङ्घर्षपूर्ण जिवितता यात्रामा ग्रिल्सको साथ सामेल भएका थिए। यस चौथोँ संस्करणलाई म्यान भर्सेस वाइल्डको रूपमा नामकरण गरिएको थियो।[१३]

जुलाई २०११ मा, ग्रिल्स डिस्कभरि च्यानलको यस कार्यक्रमको सातौँ संस्करणको एक विशेष शृङ्खलामा यसका सह आयोजक तथा अभिनेता जेक ग्लेनहालको साथ एक यात्रामा निस्किएका थिए जहाँ उनीहरू आइसल्यान्ड हुँदै यात्रा गरेका थिए। बेलायतमा, यस शृङ्खलालाई बेअर्स वाइल्ड विकेन्डको ब्यानर अन्तर्गत विशेष शृङ्खलाको रूपमा प्रसारण गरिएको थियो । [९] मार्च २०१२ मा, डिस्कभरी च्यानलले ग्रिल्ससँगको सम्झौता विवादको कारण यसलाई अन्त्य गरेको थियो। उनका प्रवक्ताले हलिउड रिपोर्टरलाई दिएको जानकारी अनुसार बेअर ग्रिल्ससँगको निरन्तर सम्झौताको विवादका कारण डिस्कभरीले उनीसँग भएका सबै वर्तमान निर्माणलाई समाप्त गरेको थियो।[१४]

शृङ्खलाहरू[सम्पादन गर्नुहोस्]

संस्करण शृङ्खलाहरू मुल रूपमा प्रसारण गरिएको
प्रथम प्रसारण अन्तिम प्रसारण
१५ १० मार्च २००६ (2006-03-10) जुलाई २०, २००७ (2007-07-20)
१३ ९ नोभेम्बर २००७ (2007-11-09) जुन ६, २००८ (2008-06-06)
१२ ६ अगस्ट २००८ (2008-08-06) फेब्रुअरी २३, २००९ (2009-02-23)
१४ १२ अगस्ट २००९ (2009-08-12) फेब्रुअरी १७, २०१० (2010-02-17)
११ अगस्ट २०१० (2010-08-11) सेप्टेम्बर २२, २०१० (2010-09-22)
१७ फेब्रुअरी २०११ (2011-02-17) मार्च २४, २०११ (2011-03-24)
११ जुलाई २०११ (2011-07-11) नोभेम्बर २९, २०११ (2011-11-29)

भारत विशेष शृङ्खला[सम्पादन गर्नुहोस्]

अगस्ट २०१९ मा, बेअर ग्रिल्स भारतीय प्रधानमन्त्री, नरेन्द्र मोदीसँग भारतको जिम कार्बेट राष्ट्रिय निकुञ्ज , उत्तराखण्डमा एक विशेष श्रङ्खलामा देखा परेका थिए। [१५][१६] शृङ्खला डिस्कभरी, निगमको सञ्जालमा विश्वभरका १८० भन्दा बढी देशहरूमा प्रदर्शन गरिएको थियो र पछि उनी रजनीकान्तसँग पनि देखा परेका थिए जसलाई २३ मार्च २०२० मा प्रसारण गरिएको थियो।[१७] तेस्रो शृङ्खलामा उनले भारतीय अभिनेता अक्षय कुमारलाई चित्रित गराएका थिए जसलाई १४ सेप्टेम्बर २०२० मा, प्रसारण गरिएको थियो।

क्षेत्रीय भिन्नता[सम्पादन गर्नुहोस्]

म्यान भर्सेस वाइल्डको छायाङ्कनको क्रममा ग्रिल्सको टोली, अलास्कामा

कार्यक्रमलाई अमेरिका, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत र मलेसियामा म्यान भर्सेस वाइल्डको रूपमा परिचित छ। यसको नाम विभिन्न देशहरूमा फरक फरक रहेको छ।

कार्यक्रम सुरु भएको संयुक्त अधिराज्यमा, यसलाई , यो बोर्न सर्भाइभर :बेअर ग्रिल्स भनिन्छ जसलाई डिस्कभरी च्यानलमा प्रसारण गरिन्छ। यसलाई अन्य देशहरूमा अल्टिमेट सर्भाइभल पनि भनिन्छ। ग्रिल्सका पुस्तकहरू बेलायतमा बोर्न सर्भाइभरको नामबाट प्रकाशित भएका छन्। यी भिन्नताहरू मूल रूपमा म्यान भर्सेस वाइल्डको जस्तै ढाँचाहरूमा चल्दछन्, यद्यपि तिनीहरू बीच केही भिन्नताहरू छन्। [१८]

उदाहरणको लागि, सुरुवाती क्रमको लागी, ग्रिल्सले नमस्कार गर्दै बर्न सर्भाइभरमा स्वागत भन्दै कार्यक्रमको परिचय गराउँदछन्। म बेअर ग्रिल्स हुँ, र म इङ्ल्यान्डमा छु जहाँ म तपाईलाई जीवित हुन र सकुशल बाहिर निस्कनका लागि तरिकाहरू देखाउँछु। कार्यक्रममा उनले गर्ने कार्यहरूमा केही भिन्नता छन् भने शृङ्खलाहरू सामान्यतया उस्तै हुन्। [१९] नयाँ शृङ्खलाको प्रसारण मिति पनि थोरै फरक हुन्छ, किनकि तिनीहरू तालिका र समय क्षेत्रको मतभेदहरूको कारण सामान्य रूपमा ठीक एकै समयमा देखाउने गरी व्यवस्थित गर्न सकिदैन।

आलोचना र प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

आलोचना[सम्पादन गर्नुहोस्]

सन् २००६ मा, एक म्यान भर्सेस वाइल्ड दलका सदस्यले शृङ्खलाहरूका केहि दृश्यहरू भ्रामक रहेको र यसले दर्शकहरूलाई उनी समूहमा रहँद पनि एक्लै भएको भनेर दावी गरेको कुरा प्रस्तुत गरेको स्वीकार गरेका थिए। [२०] हेरफेर भइरहेको दृश्यहरूको मुद्दालाई पनि अमेरिकी जिवितता सल्लाहकार मार्क वाइनर्टले उठाएका थिए टोलीका सदस्यहरूलेसँगै निर्माण गरेको डुङ्गालाई त्यसको अन्त्य तर्फ उनले मात्र गरेको भनेर त्यसका केही अंश मात्र प्रस्तुत गरिएको थियो।

आलोचना गरिएको अन्य दृश्यहरूमा:

  • किलाउये हिमाल भएको दृश्यमा ग्रिल्सले लाभा बगिरहेको सक्रिय ज्वालामुखीबाट आउने विषाक्त सल्फर डाइअक्साइड ग्यासबाट जोगिने योजना बनाएका थिए जुन वास्तवमा तातो कोइला र धुवाँ निकाल्ले यन्त्र प्रयोग गरेर विशेष प्रभावहरूको साथ यसलाई बढाइचढाइ गरिएको थियो।[२१]
  • कार्यक्रमको परामर्शदाताले ग्रिल्स वास्तवमै केही रात एउटा होटलमा बसेका थिए जसमा हवाईको एउटा घटना थियो जसमा ग्रिल्स एकदमै सुनसान टापुमा फसेका थिए र त्यसका लागि निश्चित दृश्यहरू मात्र प्रदर्शन गरिएको थियो खुलासा गरेका थिए।[२२] गिल्सले पछि भ्रमित महसुस गरेको हुन सक्ने भन्दै दर्शकसँग माफी मागेका थिए।[२३]

आलोचना पश्चात् गरिएको कार्य[सम्पादन गर्नुहोस्]

यी प्रारम्भिक आलोचनाहरूको जवाफमा, डिस्कभरी र च्यानल ४ ले केही शृङ्खलाहरूको पुन: सम्पादित संस्करणहरू प्रसारित गरेको थियो। धेरै योजनाबद्ध तत्वहरू हटाउँदै, एउटा नयाँ आवाज र एक पूर्व आलोचनाले औँल्याएका केही परिस्थितिहरूमा बेअरलाई प्रस्तुत गर्न प्रस्तुत गरिएको थियो।[२४] यद्यपि, संस्करण १ का धेरै विवादास्पद शृङ्खलाहरू सम्पादन गरिसकेपछि फेरि कहिल्यै प्रसारण गरिएको थिएन र यी शृङ्खलाहरू डिस्कभरीबाट डिभीडीमा उप्रान्त उपलब्ध छैन।[२५]

जुलाई २००७ मा कार्यक्रमको पहिलो संस्करणका तत्त्वहरूको बारेमा सञ्चार माध्यममा आलोचना भएपछि, च्यानलाले कार्यक्रमको उत्पादन र सम्पादनमा स्पष्टीकरण र पारदर्शिता दिने आश्वासन दिँदै केही हप्ताका लागि कार्यक्रमको दोस्रो संस्करण अस्थायी रूपमा स्थगित गरेको थियो।[२६]

डिस्कभरी च्यानलले यो आलोचनाको जवाफ दिँदै भविष्यमा प्रसारण सम्पादित हुनेछ र दर्शकहरूलाई कार्यक्रमको निर्माणको क्रममा ग्रिल्सकलाई एक्लै छोडिएको सङ्केत गर्न नमिल्ने बताएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bear Grylls' Official Site: Latest News", अन्तिम पहुँच २००८-०७-०१, "...the last series of Man Vs Wild/Born Survivor..." 
  2. "Born Survivor: Bear Grylls – Discovery Channel", अन्तिम पहुँच २००८-०७-०१ 
  3. "Ultimate Survival: Discovery Channel" (Dutchमा), मूलबाट २००८-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-०९ मिति
  4. "TV Schedule: Discovery Channel – Ultimate Survival/Man vs. Wild" (Dutch, Englishमा), अन्तिम पहुँच २००८-०७-०१ 
  5. "ディスカバリーチャンネル", मूलबाट २०११-०६-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०६-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१५ मिति
  6. "NT1, seul face à la nature" (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २७ नोभेम्बर २०१० 
  7. "Archived copy", मूलबाट २००९-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०६-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०४ मिति
  8. "Bear Grylls' Worst Case Scenario : Discovery Press Web", press.discovery.com 
  9. ९.० ९.१ Guthrie, Marisa (मार्च १३, २०१२), "Discovery Terminates Relationship With 'Man vs. Wild' Star Bear Grylls (Exclusive)", द हलिउड रिपोर्टर, द हलिउड रिपोर्टर, अन्तिम पहुँच मार्च १३, २०१२ 
  10. Polska, Wirtualna। "Wirtualna Polska - Wszystko co ważne - www.wp.pl"kultura.wp.pl 
  11. Discovery.com – Filming info वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२७ मिति
  12. १२.० १२.१ Bear Grylls wants to take Jennifer Lopez and Tom Hanks into the wild, Entertainment Weekly, 2009-06-24
  13. "Will Ferrell"। सङ्ग्रह मिति २००९-०६-०८ 
  14. "存档副本"। सङ्ग्रह मिति २०११-०४-०१ 
  15. "PM Modi to discuss wildlife issues in Discovery's 'Man vs Wild' episode"बिजनेस स्ट्यान्डर्ड। भारतीय प्रेस। २९ जुलाई २०१९। सङ्ग्रह मिति १० अगस्ट २०१९ 
  16. "म्यान भर्सेस वाइल्डमा मोदी, विश्वको १ सय ८० देशमा प्रसारण हुँदै"आहा खबर। सङ्ग्रह मिति २६ मे २०२० 
  17. "गोहीको नाम सुन्नेबित्तिकै रजनीकान्त भागेपछि..."नेपाली पत्र। सङ्ग्रह मिति २६ मे २०२० 
  18. "Bear Grylls:Born Survivor Books", २०१०-०१-१४, मूलबाट २०११-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१४  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-३० मिति
  19. "Born Survivor:Bear Grylls on the Discovery Channel", २०१०-०१-१४।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०७ मिति
  20. Deacon, Michael, "How a 19th-century Scot conquered the Outback" Telegraph.co.uk, 30 May 2008
  21. Booth, Robert, and Gadher, Dipesh, "‘Coal tipped into volcano’ for fake Grylls film" TimesOnline.co.uk, 12 August 2007
  22. "Entertainment | Grylls apologises for 'fake' show"BBC News पहुँचमिति=२२ अप्रिल २०१३। १९ मार्च २००८। 
  23. Booth, Robert, "TV 'survival king' stayed in hotels" TimesOnline.co.uk, २२ जुलाई २००७
  24. Survival show faces 'fake' claim, BBC News Online, Monday, 23 July 2007
  25. Man vs. Wild: Collection 1 DVD वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०८ मिति
  26. "Grylls series 'to be transparent'" BBC.co.uk, 24 July 2007

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]