योर्गन क्लोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

योर्गन क्लोप
Jürgen Klopp, Liverpool vs. Chelsea, UEFA Super Cup 2019-08-14 04.jpg
सन् २०१९ मा क्लोप लिभरपुलसँग
व्यक्तिगत जानकारी
पुरा नाम योर्गन नरबर्ट क्लोप[१]
उचाइ १.९१ मि (६ फिट ३ इन्च)
खेल्ने स्थान(हरू) रक्षापङ्क्तिअग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लिभरपुल(प्रशिक्षक)[२]
युवा करियर
१९७२–१९८३ एसभी ग्लाट्टेन
१९८३–१९८७ टुस इर्जेनजिन्गेन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८७ १. एफसी पिफरजिम (०)
१९८७–१९८८ फ्र्याङ्कफर्ट II
१९८९–१९९० रोट-विइस फ्र्याङ्कफर्ट (०)
१९९०–२००१ माइन्ज ०५ ३२५ (५२)
प्रबन्धक करियर
२००१–२००८ १. एफएसभी माइन्ज ०५
२००८–२०१५ बोरूसिया डर्टमन्ड
२०१५– लिभरपुल
*क्लब घरेलु लिग उपस्थिति र गोल

योर्गेन नरबर्ट क्लोप (जर्मन उच्चारण: [ˈjʏɐ̯ɡən ˈklɔp]; जन्म १६ जुन १९६७) पुर्व फुटबल खेलाडी तथा तत्कालीन प्रशिक्षक हुन्। उनी अहिले प्रिमियर लिगबाट खेल्ने लिभरपुलका प्रशिक्षक हुन्। उनी लिभरपुलका प्रशिक्षक हुनु भन्दा अघि बुन्डेस लिगाको क्लब माइन्ज ०५ का लागि सन् २००१-२००८ र बोरूसिया डर्टमन्डका लागि सन् २००८-२००९ सम्म प्रशिक्षक पद सम्हालेका थिए। उनी २०११ र २०१२ वर्षका उत्कृष्ट जर्मन फुटबल प्रशिक्षक पनि घोषित भएका थिए र उनलाई एक अनुभवी प्रशिक्षकको रूपमा लिइन्छ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

क्लोपले दुइ विवाह गरे। उनका दुइ छोरा छन्। सन् २००९ यता, क्लोप हर्डेक भन्ने ठाउँमा बस्दै आएका छन् जहाँ धेरै बोरूसिया डर्टमन्डका खेलाडीको बसोबास छ। सन् १९९५ मा,क्लोपले सफलतापूर्वक खेल विज्ञानमा गोथे विश्वविद्यालय फ्रान्कफर्टबाट आफ्नो अध्ययन पुरा गरेका थिए। क्लोप क्रिस्टियन हुन जो आफ्नो भगवानप्रतिको आस्था व्यक्त गर्छन्। उनी जिसस क्राइस्टलाई आफ्नो जीवनको आधार मान्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मेलम, चार्ली (२४ डिसेम्बर २०१५), "योर्गन क्लोपको कथा", भिभेल, अन्तिम पहुँच १२ अगस्ट २०१८ 
  2. "योर्गन क्लोप - प्रोफाइल", डिएफबी, अन्तिम पहुँच २१ जनवरी २०१९ 
  3. "योर्गन क्लोप एक लिग प्रशिक्षक", लिग प्रशिक्षक सङ्घ, अन्तिम पहुँच १२ अगस्ट २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]