रजवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रजवार[सम्पादन गर्ने]

राजा, राजपरिवार, राजाका रगतसँग सम्बन्धित विभिन्न ठाउँका हाकीमहरु तैनाथवाला क्षेत्रपति गर्खा र दर्राका प्रमुख तथा खोलाका भलादमिलाई रजवार, रतला, आदि भन्ने चलन थियो । डोटीमा प्राप्त अभिलेखहरुमा ठाउँ–ठाउँमा रजवारहरुको उल्लेख छ । त्यस्ता रजवारहरुलाई ताम्रपत्रमा दृष्टसाँक्षीको रुपमा राखिएको पाईन्छ । रजवार भएका व्यक्तिहरु दृष्टसाँक्षीका रुपमा ताम्रपत्रमा उत्कीर्ण गरिएका छन्् ।

डोटी क्षेत्रका ठकुरी रजवार [१][सम्पादन गर्ने]

  • १) दार्चुलाका पाल रजवार ,
  • २) डोटी बोगटानका बोगटी रजवार ,
  • ३) दार्चुला दुंहू गर्खा ,बैतडी पुर्चुंदी गर्खा ,डोटी बोगटानका बम रजवार ,
  • ४) बैतडीका चन्द रजवार ,
  • ५) डोटी क्षेत्रका देउवा रजवार ,
  • ६) मर्माल र बझांगी सिंह रजवार आदि |

कत्यूरी विशाल राज्यको अवशान पश्चात कत्युरी राजवंश /(कत्युरी नरेश) खान्दानका र यस खान्दानसँगै भित्रिएका राजवंशकाहरुलाई डोटीको शाही (जुम्लाको रैका मल्ल राजा) खान्दानले रजवारी दिएको पाइन्छ । त्यसरी विचार गर्दा देउवा र वोगटीलाई रजवारी दिने परम्परा डोटी राजाको रहेको बुझिन्छ । यो कुरा डा. राजाराम सुवेदीले प्रकाशन गरेको सम्बत २०५६ साल कर्णाली प्रदेशमा मध्यकालीन डोटीको, पेजः–२८१ मा पनि लेखिएको छ । राजा विक्रम शाही र मान्धाता शाहीको तामपत्रमा देउवालाई पनि रामसिह देउवा रजवार लेखिएको प्रमाणीत ताम्रापत्रको प्रमाण भेटिएका छन् । कतिपय बाईसे राज्यमा राजाका भाइ–भैयादलाई विभिन्न स्थानका रजवार बनाई पठाउने चलन थियो । अधिनस्थ रजौटाहरुलाई पनि रजवार भनिन्थ्यो । रजवारी प्राप्त गर्नेले स्थानीय स्तरमा उठती पुठती हुन् रकम उठाई खानपाउने र राजाका प्रतिनिधिका रुपमा स्थानीय प्रशासन चलाई राजालाई सहयोग गर्ने परिपाटी थियो । यस्तो रजवारी प्रर्था राज्य विभाजन नभएर जीवनवृति स्वरुप केही सहुलिएत दिएको र त्यस वापत राजाप्रति वफादार भएर केही दायित्व पुरा गर्नु पर्ने अर्थमा हुने गर्दथ्यो । रजवार शव्द पहिले प्रयोग गर्ने कत्यूरीहरुनै हुन् र पछिका दिनमा त्यस शव्दलाई अरु राजखान्दानले पनि प्रयोग गरे साथै उच्चओहोदामा बस्नेलाई पनि रजवार भन्न थालियो । यसै क्रममा रजवार शव्दलाई कुनै क्षेत्रको प्रशासकसँग लगेर जोड्न थालियो । त्यसै कारण रजवार भनेको प्रशासक हो भनेर भन्ने गरेको पनि पाईन्छ । कत्यूरी खान्दानका व्यक्तिहरु र यस खान्दानसँगै भित्रिएका अन्य ठकुरीहरुलाई मुख्यतया रजवार भनेर सम्बोधन गरेको पाईन्छ । मध्यकाल देखि अहिलेसम्म यस सम्बन्धका तमामौ प्रमाणित आधार पाईएका पनि छन् । रजवारको पद कत्यूरी राज्यको समयमा राजपरिवारका भाइबान्धबकोलागि प्रयोग गरिन्थ्यो । सन १२०२ मा एउटा दानपत्र कत्यूरी पट्टिमा ईन्द्रदेव रजवारको पाइएको छ । यो अहिले पनि कत्यूरी पट्टिमा सुरक्षित रहेको छ । कत्यूरी राजाहरुको राज्यको प्रबन्ध कार्तिकेयपुर वा कत्यूरबाट हुने गर्दथ्यो । कुमाऊँ गढवालको राज्य पनि यसै स्थानबाट हेरिन्थ्यो भन्ने कुरा गढवालमा भेटीएका सबैखाले शिलालेख र ताम्रपत्रमा कत्यूरीहरुको नै छाप भेटिएको छ । यस कुरालाई कुमाऊँका इतिहास व्याख्याता बद्रीदत्त पाण्डेले पनि स्वीकार गरेका छन् । यो कुरा उनको पुस्तकको पृष्ट २१६ मा उल्लेख रहेको छ । रजवार वा राजवारको उत्पति दुई किसिमबाट भएको पाईन्छ –

  • १— राज + वर = राजवर , राजाहरुमा सर्वश्रेष्ठ ।
  • २— राज + बारह = १२ राजाहरु मध्ये एक राजा ।

रैका राजा मान्धता शाहको शाके १६१२ जेष्ठ सुदिको ताम्रपत्र (वि.स.१७४७)[सम्पादन गर्ने]

  • १) श्री शाके १६१२ समय जेष्ट सुदि २ श्री महाराजधिराज श्री
  • २) रैका मान्धतासाह पादाश्चिरं जयतु श्री रैकाज्यु पायले मया
  • ३) चितैपगगै रपटा माथि लक्षिमन पन्थ ज्यूको हुनो गडो
  • ४) रैझापा च५ ठुला गडासुदा पायो माल षुमिलाको उादिका
  • ५) रपायो अत्र साक्षी रघुनाथ साई गुसाइज्यु शिवदास
  • ६) साउन मिया भडारी राम देउवा रजवार मथुरा वोगटी रजवार
  • ७) दशरथ पनेरु ज्यु हरिकेश भटज्यु नेवस्या
  • ८)मविष्ट लिषित साक्षि दशरथ जोइसिज्यु
  • ९) लिषित पंथ नारदेव राम कठाईत ज्यू कडारी त हरि साउ

(१४“ ह् १८“ १ सेरको ताम्रपत्र ) स्रोत — डडेल्धुरा , अजयमेहरु डंडोलाका जय बहादुर ऐर वाट प्राप्त ताम्रपत्र ऐतिहासिक समयमा राजाहरुमा सर्वश्रेष्ठ, राजपरिवारको जेठो शाखा, कुनै प्रभावशाली राज्यभित्र रहेका अन्य राज खान्दानका व्यक्तिहरु वा १२ ठकुरी भित्रका भाइवान्धवलाई रजवार भन्ने चलन थियो । यस प्रकारका ठकुरीहरु त्यस समयका रैतीका शासक थिए । यिनीहरु समाजमा सम्मानितरुपमा रहेका पनि हुन्थे । यिनको समाजमा हालिमुहाली चल्ने गर्दथ्यो । गोर्खा राज्यकालमा प्रशासकलाई रजवार भनिन थालियो । यसै कारण वि.स.१८९२ मा डोटी निरोली गडसेराका ब्राह्मण खान्दानका रजवार कामदेव भण्डारी कस्य पुर्जि भनेर झगडा फैसला गरिएको छ । ठकुरी रजवारहरु २२ से २४ से राज्यकालका ताम्रपत्रमा रजवार भनेर लेखिएका भेटिन्छन । प्रमाणित आधार पनि त्यही हो । जुन आधार अकाट्य छ । सत्य छ । सत्य हो ।

डोटी रैका राजा विक्रम शाहीको शाके १६०४(वि.स.१७३९)को ताम्रपत्र[सम्पादन गर्ने]

  • १. श्री साके १६०४ साल ५ मंसिर वदि श्री महाराजाधिराज श्री राजा रैका
  • २. बिक्रम साही पादाचीरंजयतु ..... श्री रैका ज्यु पायाले माया चीतोई
  • ३. ........गडो संकल्प गरि....................
  • ४. अत्रसाँक्षी मान्धता साई गुसाई ज्यु शिवदास साउन
  • ५. भीजाँभडारी राम देउवा रजवार मथुरा वोगटी रजवार गंगा
  • ६. पनेरु ज्यु हरिकेश भट ज्यु हरी केश पंज्यु जीवा विष्ट पशु
  • ७. .... लिषित साँक्षी दशरथ जोईसी जुक
  • ८. .....................................

श्रोत - डडेल्धुरा जिल्ला रुपाल गाविस वार्ड नं. ५ पाण्डेय गाउँका विष्णुदत्त पाण्डेयका पुत्र छविराज पाण्डेको घरमा सुरक्षित ताम्रपत्र रैका राजा अभयमल्ल (जुम्लाको रैका मल्ल राजा)को वि.स. १४४७ र वि.स. १४२९ को ताम्रपत्रमा “रजवार” अभयमल्लको वि.स. १४३३ को दानपत्रमा दृष्टसाँक्षी रहेका अदयसिह राउलाले वि.स.१४४७ मा राउदु भण्डारीलाई बझाँङ्ग भेगमा जमिन दान दिएको पाईएको छ । यसमा ”राजाधिराज उदयसिह चिरंजयतु” रजवार दत्त पसाकीइ” भनिएको छ । यसमा उदय सिहलाई एकातिर ”राजाधिराज” भनिएको छ भने अर्कोतिर रजवार दत्त पसाकीइ अर्थात् रजवारले निगाहा गरेर भनेर उदय सिहको हैसियत रजौटाको वताइएको छ । त्यस्तै हरिवर्माराउलाले वि.स. १४२९ मा वीरसिन्ध जोइसीलाई बझाङ्ग भेकमा जमिन दान दिदाँ आपूmलाई ”श्री राजाधिराज परमेश्वर” भनेता पनि ”रजवार भाष पसा भई” अर्थात रजवारको वचन निगाहा भयो भनेर आप्mनो हैसियत रजवारको नै बताएका छन् । —डा.सूर्यमणि अधिकारी बाईसे राज्यको इतिहास पेज १२६ बाट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. डोटी क्षेत्रका ताम्रपत्र, सम्बन्धित स्थानको मान्यता र सम्बन्धितहरुको वंशावली, कुमाऊका इतिहास , डोटी क्षेत्रको इतिहास |