सामग्रीमा जानुहोस्

बाङ्ग्या बस्न्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रन्या बस्न्यातबाट अनुप्रेषित)
बाङ्ग्या बस्न्यात
रन्या (रणसिंह) बस्न्यात
काजी
व्यक्तिगत विवरण
जन्मअज्ञात
मृत्युवि.सं. १८३०-१८३१
अभिभावक
मूल समूहश्रीपाली बस्नेत
Military service
Allegiance नेपाल
Rankकाजी
Battles/warsनेपाल एकीकरण अभियान

Deprecated parameter honorific-prefixDeprecated parameter imagesize

रन्या (रणसिंह) बस्न्यात अथवा काजी बाङ्ग्या बस्न्यात बस्न्यात वंशका एक प्रभावशाली भारदार तथा तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहको गोरखाली सेनाका काजी थिए।[][][] उनको जन्मको नाम रन्या (रणसिंह) बस्न्यात थियो। राजा समक्ष बाङ्गो कुरा गरेर सत्य झल्काउन सिपालु भएको कारणले उनी बाङ्ग्या बस्नेतको नामले प्रसिद्ध भएका थिए। श्रीपाली बस्न्यातहरूको वंशावली अनुसार उनी आदि पुरुष भरतसिंह बस्न्यातका वंशज थिए।

बाङ्ग्या बस्न्यात प्रबलसिंहका दुई जना छोरा झपटसिंह बस्न्यात र मोहजालसिंह बस्न्यातमध्ये मोहजालसिंह बस्न्यातका छोरा थिए।[]

नेपाल एकीकरण अभियान

[सम्पादन गर्नुहोस्]

नेपाल एकीकरण अभियानमा बाङ्ग्या बस्नेतले महत्वपूर्ण योगदान दिएका थिए। उनले वि.सं. १८११ मा दहचोक, वि.सं. १८१४ मा प्रथम पटक कीर्तिपुर आक्रमण, वि.सं. १८१८ मा चौकोट, वि.सं. १८१९ मा मकवानपुर विजयमा प्रमुख भूमिका रहेको थियो। बाङ्ग्या बस्न्यातको युद्धयात्रा नुवाकोटको युद्धदेखि आरम्भ भएको देखिन्छ। युद्धको मैदानमा उनी धैर्यपूर्वक युद्ध सञ्चालन गर्न निपुण थिए। मकवानपुरको युद्धमा गोरखाली सेनाको विजयप्राप्तिमा उनले पृथ्वीनारायण शाहलाई दिएको सल्लाहबाट पनि प्रमाणित हुन्छ। उनले उक्त विजय अभियानमा राजालाई आवश्यक सल्लाह दिने काम गरेकाले उनी ततकालीन पृथ्वीनारायण शाहको भरपर्दो सल्लाहकार पनि थिए भन्ने स्पष्ट हुन्छ।[][][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "कर्नेल डिल्ली सिंहकाे नाममा रह्यो डिल्लीबजारको नाम ....!", साँघु समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१९ अभिलेखिकरण २०२३-०१-१९ वेब्याक मेसिन
  2. बस्न्यात, निरंजनमान सिंह (२०२२-०८-१४), "Nepal Unification Campaign: The Death of King Prithvi Narayan Shah", टेलिग्राफ नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९
  3. "राष्ट्र निर्माता पृथ्वीनारायण शाहमाथि सांघातिक हमलाका घटनाहरु", डिसी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१९
  4. योगी नरहरिनाथ वि.सं. २०१२, पृष्ठ ७८.
  5. मोहनध्वज बस्नेत वि.सं. २०४३, पृष्ठ १-२.
  6. विनोद थापा वि.सं. २०७४, पृष्ठ १०२-१०९.
  7. बाबुराम आचार्य वि.सं. २०२४, पृष्ठ ४२.
  8. सूर्यबिक्रम ज्ञवाली वि.सं. २०३३, पृष्ठ १३७.
  • नरहरिनाथ, योगी (वि.सं. २०१२), इतिहास प्रकाशन भाग १, काठमाडौँ: इतिहास प्रकाश मण्डल। 
  • बस्नेत, मोहनध्वज (वि.सं. २०४३), मेरा अतीतका सम्झनाहरू, काठमाडौँ: साझा। 
  • थापा, डा.विनोद (वि.सं. २०७४), नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातरूको योगदान, काठमाडौँ: गोकुल बस्नेत।  अभिलेखिकरण २०२३-०१-१८ वेब्याक मेसिन
  • आचार्य, बाबुराम (वि.सं. २०२४), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग १, काठमाडौँ: श्री ५ महाराजाधिराजको प्रेस सचिवालय, राजदरवार। 
  • ज्ञवाली, सूर्यबिक्रम (वि.सं. २०३३), पृथ्वीनारायण शाह, काठमाडौँ: नेपाल साहित्री सम्मेलन, वाराणसी।