राउधा आतिफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राउदा आतिफ
जन्म(१९९६-०५-१८)१८ मे १९९६
मृत्यु२९ मार्च २०१७(2017-03-29) (उमेर २०)
राजशाही, बङ्गलादेश
मृत्युको कारणआत्महत्या
राष्ट्रियतामाल्दिभ्स माल्दिभियाली
पेशामोडल, मेडिकल विद्यार्थी
चिनारीको कारणमोडल

राउदा आतिफ (१८ मे १९९६ – २९ मार्च २०१७) एक मालदिभीयाली भोग मोडल र मेडिकल विद्यार्थी थिइन् जसलाई बङ्गलादेशको राजशाहीमा आत्महत्याका कारण मृत्यु भएको भनेर बर्णन गरिएको थियो।[१][२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

राउदाले माल्दिभ्सको हिरिया विद्यालय र भिला अन्तर्राष्ट्रिय उच्च विद्यालयमा पढन पाठन गरेकी थिइन्। उनले १४ वर्षको उमेरमा माल्दिभियाली राष्ट्रिय टेलिभिजनमा एक वातावरण अभियान सञ्चालन गरेकी थिइन्।[४] एक माल्दिभियाली फोटोग्राफरसँग तस्वीर खिचाएर सार्वजनिक गरेपछि उनी सन् २०१४ मा मालदिभ्समा परिचित बनेकी थिइन्।[४] उनलाई अक्टोबर २०१६ मा भोग इण्डियाको आवरणमा प्रस्तुत गरिएको थियो। उनले बङ्गलादेशको राजशाही स्थित इस्लामी बेङ्क मेडिकल कलेजमा मेडिकल अध्ययन सुरू गरेकी थिइन्।[५] उनलाई माल्दिभ्सको उच्च शिक्षा विभागद्वारा छात्रवृत्ति प्रदान गरिएको थियो।[६]

मृत्यु र आलोचना[सम्पादन गर्नुहोस्]

राउदा, २९ मार्च २०१७ मा राजशाही इस्लामी बेङ्क मेडिकल कलेजको छात्रवास स्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।[३] उनको मृत शरीर उनकै सहपाठीहरूले भेटाएका थिए।[७] उनको पार्थिव शरीरमाथी राजशाही मेडिकल कलेज अस्पतालमा जाँच र अनुसन्धान गरिएको थियो। माल्दिभियाली दूतावास र उनका पिताको सहमतिमा उनको शरीर माथी जाँच र अनुसन्धान सुरू गरिएको थियोे।[८] उनको परिवारका अनुसार उनले इस्लामी पोशाक लगाउन नमानेका कारण उनको हत्या गरिएको थियोे।[५] तीन जना चिकित्सहरूले गरेको अनुसन्धानमा उनले आत्महत्या गरेको निष्कर्ष निकालेका थिए। उनको मृत्युलाई लिएर पहिला राजशाही महानगरीय प्रहरीले अनुसन्धान थालेको थियो जसलाई माल्दिभियाली प्रहरी सेवाको टोलीले सहायता गरेको थियो।[६] उनको मृत शरीरलाई राजशाही स्थित हेटेम्खा चिहानमा गाडिएको थियो। उनको दाहासंस्कारमा उनका परिवारका सदस्यहरू र बङ्गलादेशको लागि माल्दिभियाली राजदूत एसहाथ शान शाकिरको उपस्थिती रहेको थियो।[९]

राउधाका पिता मोहमद आतिफ पनि चिकित्सक हुन् र उनले उनकी छोरीको आत्महत्या नभई हत्या भएको दावी गरेका थिए।[१०] १० अप्रिल २०१७ मा उनका पिताले कश्मिरी विद्यार्थी र उनको कोठामा बस्दै आएका साथीहरू माथी अदालतमा फाइल दर्ता गरेका थिए।[११] २४ अप्रिल २०१७ मा अपराधीक अनुसन्धान विभागले उनको शरीरलाई गाडेको ठाउँबाट निकाली पुन: स्वनिरिक्क्षण गरेको थियो।[१२] अपराधीक अनुसन्धान विभागको अनुसन्धान अनुसार उनले आत्महत्या गरेको निष्कर्षमा पुगेको थियो।[१३] उनको मृत्युलाई अस्ट्रेलियाली दूरदर्शन कार्यक्रम ६० मिनेट्सले अनुसन्धान गर्दै बेइमानी भएको हुन सक्ने सुझाव दिएको थियो।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पारिवारिक स्रोतका अनुसार हत्या गरिएको दावी", द इण्डिपेण्डेण्ट, १६ अक्टोबर २०१७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  2. "राउदाको सहपाठीमाथी फाइल दर्ता" (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०८ मिति
  3. ३.० ३.१ "राउदाको मृत्यु", एभिएएस डट एमभी, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  4. ४.० ४.१ "माल्दिभियाली मोडल राजशाहीको छात्रवासमा मृत अवस्थामा फेला", द डेल्ली स्टार (अङ्ग्रेजीमा), ३० मार्च २०१७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  5. ५.० ५.१ "भोगकको आवरणकी मोडल, राउदा आतिफको इस्लामी पोशाक नलगाएकोमा मृत्यु भएको वर्णन", हुस्टन क्रोनिकल, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  6. ६.० ६.१ "भोग मोडलको मृत्यु", न्युजमएयु, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  7. "मेडिकल विद्यार्थी बनेकी भोग मोडलले आत्महत्या गरेकी छिन्", द सन (बेलायती अङ्ग्रेजीमा), ३१ मार्च २०१७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  8. "माल्दिभियाली मोडल राउदा आतिफको शरीरमा पुन: स्वनिरिक्क्षण", ढाका ट्रिबुन डटकम (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-०७ 
  9. "राउदालाई राजशाहीमा गाडिदै", द डेल्ली स्टार (अङ्ग्रेजीमा), १ अप्रिल २०१७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  10. "माल्दिभियाली मोडलको मृत्यु: पिताको आपराधिक अनुसन्धान विभागको अनुसन्धान प्रति अस्वीकार", ढाका ट्रिबुन डटकम (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  11. "माल्दिभियाली मोडल, मेडिकल विद्यार्थी राउदाल् गरिन् आत्महत्या: आपराधिक अनुसन्धान विभाग", बिडिन्युज २४ डटकम, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  12. "राउदाको मृत्यु हत्या वा आत्महत्या", द डेल्ली स्टार (अङ्ग्रेजीमा), १८ अक्टोबर २०१७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  13. "राउदाले गरिन् आत्महत्या", द डेल्ली स्टार Star (अङ्ग्रेजीमा), १७ अक्टोबर २०१७, अन्तिम पहुँच ७ नोभेम्बर २०१७ 
  14. "६० मिनेट्सको टोलीलाई अनुसन्धान गर्नबाट रोकियो", ९ न्युज डटकम डट एयु, अन्तिम पहुँच ७ नोभेम्बर २०१७