रितेश थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रितेश थापा
व्यक्तिगत जानकारी
पुरा नाम रितेश थापा
जन्म मिति (1986-04-02) २ अप्रिल १९८६ (उमेर ३७)[१]
जन्म स्थान इटहरी, नेपाल
उचाइ ५ फिट ९ इन्च (१.७५ मी)
खेल्ने स्थान(हरू) गोलरक्षक
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०००-२००४ थ्री स्टार क्लब
२००४–२०१४ नेपाल पुलिस क्लब
अन्तर्राष्ट्रिय करियर
२००३-२०१४ नेपाल १२ (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

रितेश थापा (Ritesh Thapa); (जन्म २ अप्रिल १९८६) एक नेपाली पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । भने नेपाल पुलिस क्लबका समेत पुर्व खेलाडी हुन् । उनले नेपाल राष्ट्रिय टिमका लिगी २००३बाट खेल्न सुरू गरेका थिए । थापा एक गोलरक्षकको भूमिकामा मैदान उत्रने गर्दथे । तर नेपाली खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका थापा २०१४ पछि फुटबल खेलमा प्रतिबन्ध परेका थिए ।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

इटहरीमा जन्मिएका थापाले नेपाली घरेलु फुटबलमा थ्री स्टार क्लबबाट खेल्न सुरू गरेका थिए । तर उनले २००४ मा थ्री स्टार छाडी नेपाल पुलिस क्लबमा आबद्ध भएका थिए । उनले नेपाल पुलिस क्लब २००७ एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुदा उनी टिमका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनले नेपाल पुलिस क्लबबाटै नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शहिद स्मारक ए-डिभिजन लिग चार पटक जित्न सफल भएका थिए । भने उनको क्लबको पहिलो सिजनमा उपविजेता भएका थिए ।[२]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

थापाले नेपाली फुटबल इतिहासको कालो दिनका दिन नेपाली राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए । २९ सेप्टेम्बर २००३ मा २००४ एएफसी एसियन कप छनोट चरण अन्तर्गत दक्षिण कोरियासँगको खेलमा उनले राष्ट्रिय टिमका लागि सुरूवाटि खेल खेलेका थिए । उक्त खेलमा नेपाल कोरियासँग १६-० गोलको विशाल अन्तरले पराजित भएको थियो । रितेश थापा यस खेलमा गोलकिपर उज्ज्वल मानन्धरलाई प्रतिस्थापन गरी मैदान छिरेका थिए । २०१२ नेहरू कप मा समेत सहभागीता जनाएका थापाले नेपालका लागि जम्मा १२ खेल खेलेका थिए ।

क्लब उपाधिहरू[सम्पादन गर्नुहोस्]

  • एएफसी प्रेसिडेन्ट कप
    • उप-विजेता: २००७
  • सहिद स्मारक ए-डिभिजन लिग:४
    • विजेता: २००६-०७, २०१०, २०११, २०११-१२
    • उप-विजेता: २००५-०५

खेल्ने शैली[सम्पादन गर्नुहोस्]

थापा एक अत्यानतै कडा मेहनती तथा टिमका भरपर्दो खेलाडी थिए । उनले आफ्नो प्रदर्शनीबाट टिमलाई सकारात्मक छाप दिन सक्दथे ।

म्याच फिक्सिङ काण्ड[सम्पादन गर्नुहोस्]

१४ अक्टोबर २०१५ थापा साथसाथै सन्दीप राइ, विकास सिंह चौधरी, सागर थापा र पूर्व थ्री स्टार क्लबका कोच अन्जन केसी नेपाल पुलिस द्वारा म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा म्याच-फिक्सिंगका लागि जिम्मेवार सम्हालेका थिए । १९ अक्टोबर २०१५ एसियाली फुटबल महासङ्घले थापा र अन्य चारलाई जुनसुकै फुटबल खेलबाट प्रतिबन्ध लगाएको थियो ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]