ल्यान्डन डोनोभान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्यान्डन डोनोभान
डोनोभान अक्टोबर २०१० मा
व्यक्तिगत जानकारी
पुरा नाम ल्यान्डन तिमोथी डोनोभान[१]
उचाइ ५ फिट ८ इन्च (१.७३ मी)[२]
खेल्ने स्थान(हरू) विङ्गर, फरवार्ड
युवा करियर
१९९९ आइएमजी एकेडेमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९९–२००० बायर लिभरकुसेन II २८ (९)
२०००–२००५ बायर ०४ लिभरकुसेन (०)
२००१–२००४सान जोस अर्थक्वेँक्स (ऋण) ८७ (३२)
२००५–२०१४ एलए ग्यालेक्सी २४७ (११२)
२००९बायर्न म्युनिख (ऋण) (०)
२०१०इभर्टन (ऋण) १० (२)
२०१२इभर्टन (ऋण) (०)
जम्मा ३९२ (१५५)
अन्तर्राष्ट्रिय करियर
१९९८–१९९९ युनाइटेड स्टेट्स यु-१७ ४१ (३५)
२००१ युनाइटेड स्टेट्स यु-२० (०)
२०००–२०१४ युनाइटेड स्टेट्स यु-२३ १५ (९)
२०००–२०१४ युनाइटेड स्टेट्स १५७ (५७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

ल्यान्डन डोनोभान अमेरीकी फुटबल दुनियाँमा चौध वर्ष तहल्का मच्चाएका तथा फुटबलमा आफ्नो कुशलताका कारण आफ्नो राष्ट्रिय टिमलाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार खेलाडीको नाम हो ।आक्रामक मिड फिल्डर डोनोभान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पनि हुन । अमेरीकी फुटबल इतिहाँसकै सर्वाधिक लोकप्रिय खेलाडीका रूपमा चिनिने डोनोभानले यु-१७,यु-२०,यु-२३ र सिनियर राष्ट्रिय टोलीमा कहिल्यै विर्सन नसकिने छाप छोडेका छन । उनले आफ्नो जादुयी खेलबाट जर्मनीबेलायतमा पनि प्रशंसकको हुल नै बनाएका छन । बुन्डेस लिगा क्लब बायर लिभरकुसेन र बायर्न म्युनिख हुँदै इंग्लिस प्रिमियर लिग क्लब इभर्टन पनि डोनोभानलाई भित्र्याउन पछि परेनन । इभर्टनमा रहँदा उनको चर्चा चुलिएको थियो । 2002, 2006 र 2010 विश्वकपमा टिमका लागि खेलेका डोनोभान 2002 फिफा विश्वकपमा गरिमामय फिफा उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्न सफल भएका थिए भने अमेरिकालाई क्वार्टरफाइनलमा पुर्याउन उनको योगदान स्मरणीय रह्यो । यसरी उनले फुटबल प्रेमीका बिच अमिट छाप छोडेका छन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२००६ फिफा विश्वकप जर्मनी: खेलाडीहरूको सुची" (PDF), फिफा, २१ मार्च २०१४, पृ: ३२, अन्तिम पहुँच ११ डिसेम्बर २०१४ 
  2. "MLS Player Profile", Major League Soccer, अन्तिम पहुँच मार्च १६, २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]