सामग्रीमा जानुहोस्

ल्यारी स्याङ्गर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्यारी स्याङ्गर
A bespectacled balding man in a blue shirt with the collar unbuttoned looks straight at the viewer.
सन् २००६ मा, ल्यारी स्याङ्गर
जन्मलरेन्स मार्क स्याङ्गर
(1968-07-16) १६ जुलाई १९६८ (उमेर ५७)
बेलभ्यु, वासिङ्टन, संयुक्त राज्य अमेरिका
शिक्षारिड कलेज (बिए)
ओहायो राज्य विश्वविद्यालय (एमए, विद्यावारिधि)
पेशाइन्टरनेट परियोजना विकासकर्ता, दार्शनिक
चिनारीको कारणसह-संस्थापक न्युपेडिया, सह-संस्थापक विकिपिडिया, र संस्थापक सिटिजेनडियम
सन्तान
वेबसाइटLarrySanger.org

लरेन्स मार्क स्याङ्गर (जन्म जुलाई १६, १९६८) एक अमेरिकी इन्टरनेट परियोजना विकासकर्ता र दार्शनिक हुन् जो अनलाइन विश्वकोश न्युपिडियाका सम्पादक थिए र जिमी वेल्ससँग मिलेर यसको उत्तराधिकारी विकिपिडियाको सह-स्थापना गरेका थिए। स्याङ्गरले 'विकिपिडिया' नाम राखेका थिए र "तटस्थ दृष्टिकोण" र "सबै नियमहरूलाई बेवास्ता गर्ने"[] नामक नीतिहरू सहित विकिपिडियाका धेरै प्रारम्भिक दिशानिर्देशहरू लेखेका थिए। स्याङ्गरले पछि अन्य विश्वकोषीय परियोजनाहरूमा काम गरेका थिए, जसमा इन्साइक्लोपिडिया अफ अर्थ, सिटिजेन्डियम, र एभरिपिडिया, र गैर-नाफामुखी अमेरिकी राजनीतिक विश्वकोश ब्यालटपिडिया लाई सल्लाह दिएका थिए।[]

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

लरेन्स मार्क स्याङ्गरको जन्म जुलाई १६, १९६८ मा बेलेभ्यु, वासिङ्टनमा भएको थियो।[] उनका बुबा गेरी एक समुद्री जीववैज्ञानिक थिए जसले समुद्री पन्छीहरूको अध्ययन गर्दथे र उनकी आमाले बच्चाहरूलाई हुर्काएकी थिइन्।[] उनी सात वर्षको हुँदा उनको परिवार एन्कोरेज, अलास्कामा बसाइँसराइ गरेका थिए जहाँ उनी हुर्केका थिए।[] उहाँ सानै उमेरमा दार्शनिक विषयमा रुचि राख्दथे र १६ वर्षको उमेरमा दर्शन सम्बन्धि अध्ययन गर्ने र यसलाई उनको जीवनको काम बनाउने निर्णय गरेका थिए।[][][]

विकिपिडियाको आलोचना

[सम्पादन गर्नुहोस्]

सन् २००२ मा उनको प्रस्थान पछि, स्याङ्गरले विकिपिडियाको यसको नीति र प्रशासकहरू,र विकिमिडिया फाउन्डेसन आलोचना गरेका थिए।[][] सन् २०१५ मा, भाइस नामक पत्रिकाले स्याङ्गरलाई "विकिपिडियाको सबैभन्दा मुखर समालोचक" भनेर उल्लेख गरेको थियो।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २००० मा, जब स्याङ्गरलाई वेल्सले न्युपेडियाको विकास गर्न निमन्त्रणा गरेका थिए र उनी स्यान डिएगो गएका थिए।[] उनले डिसेम्बर २००१ मा लास भेगासमा विवाह गरेका थिए।[१०] सन् २००५ मा, उनी र उनको श्रीमती डिजिटल युनिभर्सको लागि काम गर्नका लागि सान्ता क्रुज, क्यालिफोर्नियामा सरेका थिए।[११] उनी आफ्नी श्रीमती र दुई छोराहरूसँग बस्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "विकिपिडिया: RulesToConsider", मूलबाट अप्रिल १६, २००१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०८-२१ अभिलेखिकरण २००१-०४-१६ वेब्याक मेसिन
  2. "About Dr. Larry Sanger", Knowledge Standards Foundation (अङ्ग्रेजीमा), सेप्टेम्बर २४, २०१९, अन्तिम पहुँच जुलाई २३, २०२१ अभिलेखिकरण जुलाई २५, २०२१ वेब्याक मेसिन
  3. 1 2 Anderson, पृष्ठ 20.
  4. Lydgate, Chris (जुन २०१०), "Deconstructing Wikipedia", Reed Magazine, मूलबाट नोभेम्बर १, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १, २०१३ अभिलेखिकरण नोभेम्बर १, २०१३ वेब्याक मेसिन
  5. Roush, Wade (जनवरी १, २००५), "Larry Sanger's Knowledge Free-for-All", Technology Review, अन्तिम पहुँच मार्च २५, २००७
  6. Boraas, Alan (सेप्टेम्बर २, २००६), "Hometown kid an Internet revolutionary", Anchorage Daily News], अन्तिम पहुँच मार्च २५, २००७ अभिलेखिकरण मार्च १८, २०२२ वेब्याक मेसिन
  7. 1 2 3 Schwartz, Zach (नोभेम्बर ११, २०१५), "Wikipedia's Co-Founder Is Wikipedia's Most Outspoken Critic", Vice, मूलबाट नोभेम्बर १४, २०१५-मा सङ्ग्रहित।
  8. "Wikipedia founder sets up rival", The Australian, AFP, अक्टोबर १९, २००६, मूलबाट अगस्ट ८, २०१४-मा सङ्ग्रहित।
  9. Reagle, पृष्ठ 35.
  10. Anderson, पृष्ठ 74.
  11. Lih, पृष्ठ. 210 - 211.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]