सामग्रीमा जानुहोस्

वंशराज पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वंशराज पाण्डेबाट अनुप्रेषित)
श्री देवान काजी साहेब
वंशराज पाँडे
नेपालको देवान काजी []
व्यक्तिगत विवरण
जन्मवि.सं.
गोरखा जिल्ला
मृत्युवि. सं. १८४२ वैशाख १२[]
नाताभाइ दामोदर पाण्डे, ज्वाइँ केहरसिंह बस्न्यात, भान्जा कीर्तिमान् सिँह बस्न्यात
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण

वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।[][]

सैन्य अभियान

[सम्पादन गर्नुहोस्]

संस्कृत श्लोक:

सुक्षत्रि पाण्डवर वंशोराजोमन्त्रि महीन्द्रस्य च वंशराज । बस्न्यायिता नाहरकेहराद्याः सामाजिकाः क्षेगदितशत्रुमाद्याः।।

पाँडे वंशका उत्तम क्षत्रि[य] महिन्द्र (महान इन्द्र) समान वंशराज [पाँडे] मन्त्री (देवानकाजी/प्रधानमन्त्री) छन् र शत्रुको घमण्ड नाश गर्ने बस्न्यात वंशका (बस्न्यायिता) नाहर [सिंह] र केहर [सिंह], आदि त्यहाँका अग्रजहरू हुन् ।

राजेन्द्रलक्ष्मीलाई कास्कीमा अधिकार गर्न हतार लागेका हुनाले त्यहाँ आक्रमण गर्नलाई मुख्य सेनापति बनाउन स्वरुपसिंह कार्कीलाई महोत्तरीबाट काठमाडौं बोलाइन्। केही दिनपछि वंशराज पाँडे पनि काठमाडौंमा आएर त्यस काममा मुख्य सेनापति हुने दावा गरे। यसरी दुई काजीमा हानथाप्पर्दा राजेन्द्र लक्ष्मीले वंस्गराज पाँडेलाई राजभदनमा नै कैद गरिन्। युद्धको समयमा राजधानीमा नै भारदारहरूका बीचमा कलह चलेका र त्यो कलह सम्हाल्न नसकेकी राजेन्द्रलक्ष्मीले १८४२ बैशाख १२ रातका बीचमा राजभवनकै बगैंचामा वंशराज पाँडेलाई काट्न लगाइन्।[] राजकुमार बहादुर शाहको समर्थक भएको आरोपमा वंशराज पाँडे काटिए। उनका भाइ दामोदर पाँडे पनि मतिहीन राजा रणबहादुर शाहबाट काटिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
  2. भण्डारी, देवीप्रसाद, "ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास", पूर्णिमा 15 (4): 38।
  3. http://knownepalshistory.blogspot.com/2015/10/kaji-kalu-pandey-great-warrior.html?m=1
  4. "History of the Nepalese Army", Nepalese Army, मूलबाट ७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०१६
  5. Vaidya 1993, पृष्ठ 163.
  6. Shaha 2001, पृष्ठ 59.
  7. Regmi 1975, पृष्ठ 229.
  8. भण्डारी, देवीप्रसाद, "ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास", पूर्णिमा 15 (4): 38।