वार्तालाप:जेरार्ड पिके

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३०, १४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

हेरार्द पिकेजिराड पिके – शीर्षक गलत रहेकोले nShrestha ००:०४, २ जुलाई २०२० (नेपाली समय)

नेपालीमा कतै पनि हेरार्द पिके शब्द फेला परेन तर नेपालका विश्वसनिय पत्रपत्रिकाले जेरार्ड पिके (यहाँयहाँ हेर्नुहोस्) उल्लेख गरिएको पाइएकोले सोही नाममा सार्नु पर्ने देखिन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:०७, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • (पृष्ठको नाम सार्न  असमर्थन शीर्षक सम्बन्धि नियम विकिपिडियाले बनाएर हुने नियम पनि हैन र कुनै सामाजिक सञ्जाल वा सञ्चार माध्यामले भनेका भारमा निर्णय गर्ने कुरा पनि हैन। यसको सम्बन्धित निकाय भनेको त्यस पृष्ठसँग सम्बन्धि आधिकारिक भाषा वा उक्त भाषा नजानेको खण्डमा अन्तर्राष्ट्रिय वर्णमाला अनुसार हुन्छ। पछि कुनैले जेरार्ड लेख्देला अरे कसैले जिरार्ड लेख्देला अरे नेपालमा जतिपनि सञ्चार माध्यमहरू छन् त्यहाँ गैर अङ्ग्रेजी भाषी पृष्ठहरूका शीर्षक सधैँ गलत लेखिँदै आएको छ र त्यसलाई आधिकारिक मान्नु हाम्रो भ्रम मात्र हो। वास्तविक शीर्षकका लागि कि नेपाल प्रज्ञाप्रतिष्ठान वा नेपाल वृहत् शब्दकोषमा (जस्तैः म्यानमा लाई सञ्चार माध्यमहरू म्यानमार भन्छन्, पुर्तगोल लाई पोर्चुगल भन्छन् (शब्दकोषमा पर्चुगल भन्ने शब्द छैन पुर्तगाल मात्र छ, जुन कपोकल्पित शीर्षक हो) शब्द हुनु पर्‍यो नत्र भए सञ्चार माध्यमका आधारमा गरिने निर्णय गलत हुन्। विश्वकोषमा नभएका कारण बाङ्लादेश पृष्ठमा मैले थप छलफल गर्ने चाहिनँ तर बाङ्लादेश भनेर खोज्ने भने सञ्चार माध्यममा प्रशस्तै पाइन्छन्।-हिमाल सुबेदी (कुरा गर्ने) १५:५३, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
शीर्षक सम्बन्धि नियम कुनै व्यक्तिले पनि बनाउने हैन, अनि बङ्गलादेशको सन्दर्भमा आधार मानिएको गोरखापत्र संस्थान नेपालको सरकारी निकाय हो। मैले माथी उल्लेख गरेको लिङ्क कुनै सामाजिक सञ्जाल र जुन पायो त्यही सञ्चार माध्याम नभई नेपालको विश्वसनिय पत्रिका कान्तिपुरबाट लिइएको हो। अब सरकारी निकाय तथा विश्वसनिय पत्रिकालाई पनि आधार नमान्ने हो भने सबै मिलेर आफु आफुलाई सजिलो हुने र मन पर्ने तरिकाले शीर्षक निर्माण गर्न थालौ। प्रवन्धक/प्रशासक वर्ग (Biplab AnandNirjal stha)को यस कुरामा ध्यान जाओस। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:०३, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • बाङ्लादेश सम्बन्धमा पहिला यो, योयो हेर्नुहोला। सही शीर्षक बाङ्लादेश भएतापनि नेपाली वृहत् शब्दकोषले बङ्गलादेश भन्छ भने हामीले बङ्गलादेशनै लेख्नु पर्छ (बरू बाङ्लादेशलाई दोस्रो शीर्षकको रूपान राख्न सकिन्छ)। सरकारी निकायको कुरा गर्ने हो भने बीबीसी नेपाली सबैभन्दा उच्च श्रेणी तथा विश्वसनीयको आधारमा सबैभन्दा नेपाली माझ लोकप्रिय छ। मनपर्ने तरिका भन्नेमा कुनै आधार छैन। नेपाली विकिपिडियामा अहिले लेखन भेद नामक एक नीतिको खाँचो छ जसले यी सबै विषयलाई समाधान गर्दछ। उदाहरणका लागि (फ्रान्सेली: Thibaut Courtois) यस पृष्ठलाई नेपालका विश्वसनी सञ्चार माध्यममा खोज गर्ने हो भने ६-७ थरि फरकफरक नामहरू फेला पर्दछन्, जसको वास्तविक शीर्षक नेपाली विकिपिडियामा पनि गलत रहेको छ। त्यसकारण सञ्चार माध्यमहरूलेनै गर्दा सही शीर्षकमा भेद आएको हो जसकारण सञ्चार माध्यमलाई आधार बनाउनु महागलती हो।-हिमाल सुबेदी (कुरा गर्ने) १७:५६, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • नेपाली सञ्चार माध्यमलाई आधार बनाउनु महागलती त होइन तर कुन शीर्षक मानक वा सही हो भन्ने बारे सञ्चार माध्यम त्यति तटस्थ छैनन् वा जानकारीको पूर्ण अभाव छ, जुन उदाहरणमा बेल्जियमको गोलरक्षकको नामको सम्बन्धमा थाह हुन्छ। उनको नाम ६,७ थरी मात्र होइन, गनिगनि ११ थरी फेला पारेको छु, कुन सही हो भन्ने बारेमा अब ११ थरि शीर्षक केलाउनु पर्छ, (यो त मात्र एक उदाहरण हो यस्ता १००० औँ थरि छन्), अब गर्ने के, कुन शीर्षक सही, एउटाको माने अर्कोको उपेक्षा, नेबृशमा मान्छेको नामै हुँदैन। अब माथि भनिएको झैँ लेखन भेद निति आत्यावश्यक भएको मैले भेट्टाएको छु, र यस अनुसार अब शीर्षक विवाद अन्त्य हुन्छ सधैँको लागि (लेखन भेद, निति लागू गर्न सकियो भने)।पर्वत सुबेदी (कुरा गर्ने) १८:५९, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।