वार्तालाप:मनोज गजुरेल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखमनोज गजुरेल प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
अगस्ट ४, २०२०प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, न्यून-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 न्यून  यो लेखलाई परियोजनाको महत्व मापनमा न्यून महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 
@पर्वत सुबेदी: ज्यू, यो लेखमा भएका केहि सामग्री यहाँले 'प्रतिलिपी उल्लङ्घन सामग्री' भनेर हटाउनु भयो। कसरि ती सामग्री प्रतिलिपी उल्लङ्घन सामग्री भए? कृपया यसलाई प्रष्ट पारिदिनु भए आभारी हुने थिए। --Janak Bhatta (कुरा गर्ने) ०६:०६, ३० मे २०१९ (युटिसी(UTC))
@पर्वत सुबेदी: यहाँले यो पेजमा मैले मनोज गजुरेलको बारेमा लेखेको 'नेपाली 'स्ट्याण्डअप कमेडी', 'क्यारिकेचर' र हास्यव्यङ्ग्य कलाकारितालाई स्थापित गराउन र विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिने प्रमुख नायक हुन् हास्यव्यङ्ग्यकार मनोज गजुरेल' भन्ने सामग्री 'प्रतिलिपी उल्लङ्घन सामग्री' भनेर हटाउनु भएछ। यो सामाग्री के कति कारणले किन प्रतिलिपी उल्लङ्घन सामग्री भयो सोको जानकारी गराइदिनु भए म कृतज्ञ हुने थिएँ र के कस्ता सामाग्री राख्दा प्रतिलिपी उल्लङ्घन हुने रहेछ भन्ने ज्ञात पनि हुने थिएँ। यति कष्ट गरिदिनुभई सहयोग गरिदिन हुन अनुरोध गर्दछु। दीपक कथित (कुरा गर्ने)

प्रतिलिपी उल्लङ्घनको विषयमा[सम्पादन गर्नुहोस्]

जनक भट्ट ज्यु, मनोज गजुरेलको बारेमा लेख्ने बेला हामीले सुरु गर्ने तरिका भनेको मनोज गजुरेल एक हास्याब्यङ्ग कलाकार हुन् बाट सुरु गर्नु पर्छ र तर यस पृष्ठको अघिल्लो सम्पादन अनुसार विभिन्न वेबसाइटबाट सारिएको कुरा ठम्याउन सकिन्छ किनभने त्यसमा प्रशस्त भूमिकाहरू छन्। उदाहरणका लागि नेपालमा धेरै हास्याब्यङ्ग कलाकारहरूले जन्म लिएका छन् ती मध्ये एक हुन् ... यस पृष्ठको मैले स्रोतहरू हेरे त्यसमा सबै नेपाली वेबसाइटका स्रोत छन् र उक्त वेबसाइटबाट सारिएको कुरा यस पृष्ठको अघिल्लो सम्पादनले जनाउँछ। त्यसैले यो पृष्ठ पक्कै पनि कुनै वेबसाइटबाट सारिएको जस्तो देखिएको छ र साधारण भाषाको प्रयोग कम भएको छ। त्यसैले यो पृष्ठको भूमिका प्रतिलिपी उल्लङ्घन भित्र पर्दछन्।पर्वत सुबेदी (कुरा गर्ने)

@पर्वत सुबेदी:ज्यू, मनोज गजुरेलको पेजमा मैले लेखेको कुराहरू कुन आधारमा प्रतिलिपि अधिकार उल्लङ्घन हुन गयो? 'यो पृष्ठ पक्कै पनि कुनै वेबसाइटबाट सारिएको जस्तो देखिएको छ' भन्ने तपाईंको गैरजिम्मेवारपूर्ण तर्कको आधारमा कसरी प्रतिलिपि उल्लङ्घनजस्तो गम्भीर आरोप लगाउन सक्नुहुन्छ? प्रतिलिपि अधिकार उल्लङ्घन भनेको साधारण विषय हैन। यो गम्भीर विषय हो। यति गम्भीर विषयलाई तपाईंले यति हलुका तर्क दिनुभएको मलाई कति पनि चित्त बुझेन। कृपया तपाईंले त्यो पेजमा लेखिएको कुराहरू कुन वेभपेजबाट सारिएको हो त्यो स्पष्ट गरिदिनु पर्‍यो। कहिँकतैबाट सारिएको हो भने त्यसको श्रोत तपाईंले दिनु भई मलाई गुण लगाइदिनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिलिपि अधिकार कार्यान्वयन परामर्श समितिको जिम्मेवार सदस्यको नाताले कम्तिमा पनि मैले के गर्दा प्रतिलिपि अधिकार उल्लङ्घन हुन्छ भन्ने कुराको जानकारी पाए तपैँसँग म जिन्दगीभर ऋणी हुने थिएँ। कृपया यस विषयलाई गम्भीररूपमा लिई के कति कारण र कुन वेभपेजबाट सारिएको हो त्यसको प्रमाण पेश गर्नुहुन सविनय अनुरोध गर्दछु।

सुवेदीज्यू, यो वार्ता पनि कम्तिमा जहाँबाट विवाद सुरू भएको हो त्यही गरिदिनु भए उचित हुने थियो कि? यहाँको प्रतिउत्तरको प्रतिक्षामा छु। दीपक कथित (कुरा गर्ने)


लिङ्कहरू हटाएको सम्बन्धमा[सम्पादन गर्नुहोस्]

@हिमाल सुबेदी:ज्यू, यहाँले यो पेजका मनोज गजुरेलका केही प्रस्तुतिको लिङ्कहरू हटाउनु भएछ। सो लिङ्कहरू यो पेजबाट हटाउनै पर्ने के कारण पर्‍यो होला जानकारी पाउन सकिन्थ्यो कि? दीपक कथित (कुरा गर्ने)
  • जसरी एउटा गायक तथा कलाकारले आफ्नो जीवन कार्यकाल भरी विभिन्न प्रस्तुत र कला देखाउने गर्छन् र त्यस्ता सामग्रीहरू विभिन्न सञ्जालहरूमा सार्वजनिक गरिन्छन्। एउटा कलाकारको जीवनकाल भरिको।प्रस्तुति विकिपिडियामा राखियो भने त्यो प्रचारप्रसार गरेको मानिन्छ त्यसैले यस्ता अनावश्यक सामग्रीहरू पृष्ठमा राख्न मिल्दैन। उदाहरणका लागि: गोपाल योञ्जनले गायका गीतहरूको सूत्र उहाँको पृष्ठमा राखियो भने त्यो एकदमै ठूलो हुन्छ र त्यो पृष्ठ र सामाजिक सञ्जालमा केही फरक देखिँदैन। त्यसैले कलाकारको कार्यकाल र उहाँले गरेका राम्रो कामहरू मात्र विकिपिडियामा राखौँ, तपाई विकिपिडियाका नयाँ हुनुहुन्छ सबै कुरा बुझ्न निकै कठिन हुन्छ, मेहनत र धैर्यता गर्नुहोस्, आगामी दिनका लागि तपाईलाई शुभकामना-हिमाल सुबेदी (कुरा गर्ने) ०३:५०, १३ जुन २०१९ (युटिसी(UTC))
@हिमाल सुबेदी:ज्यू, नेपाली विकिपिडियालाई समय सापेक्षित, विश्वासनीय तथा सूचनाको भरपर्दो श्रोत बनाउने दायित्व हामी विकिपिडियाका सम्पादकहरूको हो। कुनै पनि व्यक्तिले कुनै पनि कुराको जानकारी लिन खोज्दा त्यो कुराको सम्पूर्ण जानकारी विकिपिडियामा भेटियो भने यसको लोकप्रियता, प्रयोगकर्ताको प्राथमिकता बढ्दै जान्छ। कुनै पनि कुराको अपूर्ण जानकारीले यसको प्रयोगकर्ता घट्ने मात्र हैन विश्वनीयता पनि गुमाउदै जान्छ। यसैले नेपाली विकिपिडियाको साख बृद्धि गर्दै जानु हाम्रो उद्देश्य हुनुपर्छ र यसैमा हामी केन्द्रित हुनुपर्छ। यसैले कुनै पनि कलाकारको जीवनी मात्र हैन उनीहरूले गरेका कामको पूर्ण जानकारी दिनु भनेको उनीहरूको विज्ञापन गर्नु हैन। हामीले जानकारी र विज्ञापनबीचमा भेद छुट्याउनु पर्छ। उनीहरूको सम्पूर्ण जानकारी दिनु भनेको विज्ञापन हैन जाकारी दिनु हो। विकिपिडिया, सामाजिक सञ्जाल र अनलाइन पत्रिका अथवा पोर्टल बीचको फरक हामीले मात्र बुझ्ने हैन आम प्रयोगकर्तालाई पनि बुझाउन सक्नुपर्छ। मलाई लाग्छ नेपाली विकिपिडियाले अरू विकिपिडिया जति लोकप्रियता हासिल गर्न नसक्नु यही फरक बुझाउन नसक्नु पनि हो र यसको व्यापकता र विश्वसनीयता आर्जन गर्न नसक्नु हो। कुनै पनि व्यक्ति वा कुरा वा वस्तुको जानकारी सकेसम्म विस्तृतरूपमा दिन सकियो भने नेपाली विकिपिडियाले लोकप्रियता र विश्वसनीयता आर्जन गर्दै जान्छ।

हिमालज्यू, यहाँले भन्नुभए जस्तै पक्कै पनि नेपाली विकिपिडियाको सम्पादनका हिसाबले म नयाँ हुँ र सिक्दैछु। यो सिकाइ जीवनपर्यन्त रहनेनै छ। तर म विकिपिडियासँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिएको दशकौँ भइसक्यो। यहाँले गोपाल योञ्जनले गाएका गीतहरूको सूत्र उनको पृष्ठमा राखियो भने एकदमै ठूलो हुन्छ र विकिपिडियाको पेज र सामाजिक सञ्जालमा केही फरक हुँदैन भन्नुभएको रहेछ। गोपाल योञ्जनले गाएका गीतहरू त धेरै छैनन् तर उनले सङ्गीत गरेका गीतहरू धेरै छन्। ती गीतहरूको सूची पनि नेपाली विकिपिडियामा राख्न सकियो भने त्यो नेपाली विकिपिडियाको सम्पत्ति हुने थियो। नारायण गोपालले गाएका गीतहरुको सूची अझै उपलब्ध गीतका लिङ्क नै राख्न सकियो भने त्यसले विकिपिडियाको गरिमा र विश्वसनीयता अभिबृद्धि नै गर्ने थियो। विकिपिडियालाई ईलर्निङ्‌को माध्यमको रूपमा विकास गर्ने क्रममा जति पनि जानकारी हुन्छ त्यसलाई अझै व्यापक बनाउँदै लग्न सक्नुपर्छ। जानकारी मात्र हैन श्रष्टाले लेखेका पुस्तकहरू रचनाहरूलाई ईबुकका रूपमा राख्न सकियो भने अझै राम्रो हुने थियो। मलाई लाग्छ विकिपिडिया अब यो बाटोतिर हिँड्दैछ। यसैले हामीले कसैको पनि जानकारी बढी भयो भन्ने वाहानामा कटौति गर्ने हैन थप्दै जानुपर्छ। दीपक कथित (कुरा गर्ने)

  • दिपक ज्यु यहाँ कुराकानी गर्दा केही समय र राम्रोसँग सन्देश आदन प्रदान हुन ढिलो हुने भएकाले कृपया मलाई हजुर सम्पर्क नम्बर उपलब्ध गराइदिनुहोला-हिमाल सुबेदी (कुरा गर्ने) १२:४४, १३ जुन २०१९ (युटिसी(UTC))
@हिमाल सुबेदी:ज्यू, जहाँ समस्याको उद्गम भयो सोही स्थानमा त्यसको निरूपण हुन राम्रो हुन्छ। फोनमा कुरा गरेर समस्याको समाधान होइन सम्झौता होला। यसले पछि आउने समस्यालाई पनि मार्गनिर्देश गर्दैन। यसैले यहाँको यसमा लागेको विचार यहाँ नै प्रस्तुत गर्दा उचित होला। दीपक कथित (कुरा गर्ने)
  • दिपक ज्यु मैले किन सामग्री हटाएँ भन्ने कुराको चुरो कुरो म यहाँ व्यक्त गर्न सक्दिन्, आवस्यक परेमा फुन गर्नुहोला, मेरो नम्बर प्रयोगकर्ता पृष्ठमा राखेको छु। यहाँ तपाईलाई बुझाउँदा बुझाउँदा १ वर्ष सम्मै वार्ता हुन सक्छ, त्यहि पनि म कुनै पनि वार्लालाप पृष्ठमा समय खर्च गर्न मन लाग्दैन (अनावश्यक कार्य)। यहि जानकारी दिएँ त्यहाँ भन्दा म केही पनि खुलाउँदिन।-हिमाल सुबेदी (कुरा गर्ने) १२:२९, १४ जुन २०१९ (युटिसी(UTC))