विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मनोज गजुरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मनोज गजुरेल[सम्पादन गर्नुहोस्]

मनोज गजुरेल

मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार हुन् हाउभाउसहितको व्यङ्ग्यकारको बादशाहका रूपमा परिचित उनी स्वरको मात्र नक्कल गर्दैनन् कुनै पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। यतिसम्म कि धेरै दर्शक/श्रोताहरू सक्कली पात्र र नक्कली पात्र छुट्याउन नसकेर हैरान हुन्छन्। पूर्वराजा ज्ञानेन्द्र शाह देखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तरराष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सीबिएस न्युजले समेत उनलाई विश्वका १८ हास्य कलाकारको सूचीमा राखेको छ। यसरी वाहवाही कमाउनमा उनी आफ्नो प्रस्तुतिमा हास्यव्यङ्ग्य मात्र हैन बौद्धिकतासमेत मिसाउछन्। यसैले उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०१३, अक्षर: ५०८, स्पेस: १३४
  • मुख्य सम्पादक: दीपक कथित, जनक भट्ट
  • आवेदनकाे कारणहरू: नेपाली हास्यव्यङ्ग्य कलाकार, सामाजिक अभियन्ता, उत्प्रेरक।
२०२० फेब्रुअरी २७, ०६:५२:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागि मतदानको लागि सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Saroj Uprety (कुरा गर्ने) १९:३०, ३१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले साउन तेस्रो हप्ताको लागि प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) ०७:११, ४ अगस्त २०२० (नेपाली समय)