वार्तालाप:रोड्रिगो दुतेर्ते

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →१६ साउन २०७७[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) ०९:५८, १७ अगस्त २०२० (नेपाली समय)


रोड्रिगो दुतेर्तेरोद्रिगो दुतेर्ते, सहि नाम भएकाले-हिमाल सुबेदी (कुरा गर्ने) १९:०६, ३१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  •  समर्थन, तागालोगमा ट र ड वर्ण अस्तित्वामा छैन र उच्चारण पनि कहिल्यै पनि हुँदैन, त्यसैले पृष्ठको नाम परिवर्तन गर्नु पर्ने देखिएको छ। थप प्रमाणका लागि यो उच्चारण सुन्नुहोस्। पर्वत सुबेदी (कुरा गर्ने) २१:२६, २ अगस्त २०२० (नेपाली समय)
  • यहि नाम स्पेनी भएको भए रोद्रियो हुन्थ्यो हैन हिमाल सुबेदीपर्वत सुबेदी ज्यू, नीति अनुसार लेख शीर्षकमा एकरुपता चाहिन्छ तसर्थ हालको शीर्षक 'रोड्रिगो दुतेर्ते' नै सही छ। मूल नामलाई इन्फोबक्स वा लेखको प्रारम्भिक पङ्क्तिमा राख्दा उपयुक्त हुन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१४, ३ अगस्त २०२० (नेपाली समय)
  • Biplab Anand शीर्षकमा एकरूपता सम्भाव नहुन सक्छ किनभने त्यही louis लाई पनि (लुई लुई टम्लिन्सन) र (लुइस लुइस सेन्ट लोरेन्ट) दुई तरिकाबाट उच्चारण गरिन्छ। यदी s भएको स भएको भए अब एकरूपताका लागि टेलिभिसन कि इसरायल गर्ने हो? इटालेलीमा s= ज हुन्छ, अनि मोना लिजा, pisa= पिसाको ढल्किएको स्तम्भ, कहाँ नेर एकरूपता भयो, कसरी हुन्छ एकरूपता? यस्ता विषयमा मूल अनुसार जाँदा कुनै समस्या आउँदैन भनेर मैले भनिसकेको छु, पहिल्यैदेखि नै। यि त नमुना मात्र हुन् यस्ता शीर्षक मैले हजार थरि निकाल्न सक्छु, जसमा कुनैपनि प्रकारको एकरूपता छैन। पर्वत सुबेदी (कुरा गर्ने) ०८:२३, ३ अगस्त २०२० (नेपाली समय)
  • पर्वत सुबेदी ज्यू, एकरुपता कायम हामीले गर्ने हो, मैले तपाईँद्वारा सुझाव गरिएका शीर्षकलाई एकरुपता ल्याउन प्रस्ताव गरेको छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३८, ३ अगस्त २०२० (नेपाली समय)
  • * मैले कति चोटी भन्ने एकरुपता गर्न कसैमा पनि मिल्दैन किनभने लिपी एउटै भएपनि उच्चारण निक‌ फरक हुन्छ। यो, यो, यो, अब सुबेमे ला र्रादियोलाई पनि एकरूपता कारण बनाएर रेडियो बनाइदिने? यदी त्यसो गरिन्छ भने त्यो मुर्खता बाहेक केही हैन। एउटा ठोस प्रमाण पेश गर्नुस् जसकारण यस पृष्ठको शीर्षक रोड्रिगो होस् नत्र ती संसोधिन गर्न बाँकी नीतिलाई अहिले आधार मान्ने अवस्था छैन किनभने त्यसमा थुप्रै नीतहरू थप गर्न बाँकी छन्। अनि अर्को मुख्य कुरा, धेरै प्रयोगकर्ताहरूको भनाइ के छ भने शीर्षकहरू नेपालीले बोल्ने र बुझ्ने खालका हुनुपर्छ। त्यसो भए किन रोड्रिगो डुटेर्टे नभएको त? हामी (त) र (द)लाई त पक्कै उच्चारण गर्दैनौँ विदेशी नामहरूमा फेरी किन दुतेर्ते? सबैभन्दा पहिला ठोस आधारका साथ आउनुस् अनि शीर्षक परिवर्तन गर्न भन्नुस्, आधारै नभई कहिले अन्तर्राष्ट्रिय भाषा भनिएको छ कहिले नेपालमा पढाइ हुन्छ भनिएको छ तर यी सबै सोचाइमा फरक पर्ने कुराहरू हुन् अङ्ग्रेजी मात्र जान्नेले जे सुकै होस् जस्तो सुकै होस् उसले अङ्ग्रेजीमै उच्चारण गर्छ जसलाई म स्वभाविक मान्छु तर जहाँ पाए त्यहीँ एकरूपता र अन्तर्राष्ट्रिय भाषाको उदाहरण दिनुमा रत्तिपनि आधार छैन र त्यस्तो गलत गर्नु पनि हुन्न। एउटा अप्रचलित शीर्षकमा पनि किन शीर्षक फेर्न आनाकानी? यस पृष्ठको नाम रोद्रिगो दुतेर्तेनै हो।हिमाल सुबेदी (कुरा गर्ने) ०८:४७, ३ अगस्त २०२० (नेपाली समय)
  • आधार धेरै छन्, नेपालीले शीर्षक पढ्दा जे पढ्ने गर्छन त्यसको लेखाईपनि त्यहि अनुसार लेखिनुपर्छ। दुतेर्ते यो, योयो यस्ता अझैपनि छन्, यहाँ मूल अनुसन्धान गरेर हैन स्रोतको आधारमा यो शीर्षक लेखिएको मेरो बुझाई छ, थप Bishaldev100ले भन्नुहुन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५९, ३ अगस्त २०२० (नेपाली समय)
नेपालीमा जे पढिन्छ त्यही लेख्नु राम्रो हुन्छ।-- निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:०८, ३ अगस्त २०२० (नेपाली समय)
  • यसको शीर्षक सञ्चार माध्यम अनुसार रोद्रिगो, रोद्रिगो, रोद्रिगो, यस्ता संवेदना हिन भएका सञ्चार माध्यमको भर परिन्छ भने मलाई भन्नु केही छैन। नेपालीमा त शीर्षक समानता छैन चने अरू भाषामा पनि त्यही हो। उदाहरणका लागि तेह्रथुम जिल्ला मा प्रयोग भएको छ भने यसको लिप्यन्तरण Tehrathum अथवा T छ भने डोटी Doti मा ड र टको प्रयोग भएको छ यिले के पुष्टि गर्छ भने एउटै वर्णको दुईथरि शीर्षक हुँदो रहेछ र यस्तो समानता नेपालीमा छैन र अरूमन पनि। आजसम्म यदी कसैलाई t भनेको ट र त दुबै हुन्छ वा d भनेको ड र द र कहिलेकाही र हुन्छ भन्ने थाह छैन भने आजै थाह पाउनुहोस्। अब शीर्षक समानता हुनु पर्छ भन्ने हो भने सबै विषय फेर्नु जरुरी छ। पर्वत सुबेदी (कुरा गर्ने) ०९:४९, ३ अगस्त २०२० (नेपाली समय)
  • रोड्रिगो डुटर्टे, रोड्रिगो डुटर्टे, रोड्रिगो डुटर्टे, रोड्रिगो डुटर्टे, रोड्रिगो डुटर्टे, रोड्रिगो डुटर्टे, रोड्रिगो डुटेर्टे, रोड्रिगो डुटेर्टे, रोड्रिगो डुटेर्टे, रोद्रिगो डुटर्टे, रोड्रिगो दुटर्टे, रोड्रिगो दुटर्टे, रोद्रिगो दुतेर्ते। नेपाली सञ्चार माध्यमहरूमा फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको ७ थरी नाम प्रकाशित छन्, नेपालका सबैभन्दा विश्वसनीय मानिएका सञ्चार माध्यमहरूको पनि हालत नाजुक छ। माथि हाम्रो पात्रोको सूत्र राख्नु भएको रहेछ स्रोतको रूपमन तर बिडम्बना हाम्रो पात्रमानै ३ थरी शीर्षक लेखिएको छ एउटै मान्छेको। के यो न्वारान गर्न ठाउँ हो? सुरु कुरो त लेखन भेद भएपछि एताउता हेर्नै पर्दैन। सञ्चार माध्यमहरूमा प्रयोग भएका शीर्षकहरूको उदाहरण दिनु भनको मुर्खता हो। हालसम्म गैरअङ्ग्रेजी भाषी शीर्षकहरूमा लेखन भेद नरहेको सायदनै कमै शीर्षकहरू होलान् सञ्चार माध्यममा। तपाईहरू जतिसुकै स्रोत पेश गरेतापनि यसलाई रोड्रिगो दुतेर्ते हो भनेर सावित गर्न सक्नु हुन्छ। सञ्चार माध्यमका सूत्रहरूलाई स्रोतको रूपमा देखाउनु अगाडि चिसो दिमागले सोच्नुस्, लेखन भेद छ कि छैन हेर्नु अनि बल्ल पेश गर्नुस्। अझै लेखन भेदका उदाहरणहरू छन् मसँग। सम्मानीय राष्ट्रपतिको नाम रोद्रियो दुतेर्ते हो अरूलाई सहि जसले मानिरहेको छ उ ठूलो भ्रममा छ।हिमाल सुबेदी (कुरा गर्ने) ०९:५२, ३ अगस्त २०२० (नेपाली समय)
  • बिप्लब आनन्द जीको टिप्पणी अनुसार वर्तमान नाम सही छ--Saroj Uprety (कुरा गर्ने) ०९:५३, ३ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।