विकिपिडिया:नामकरण परम्परा (विश्व भाषा)
स्वरूप
निम्नलिखित मस्यौदालाई विकिपिडियाको नीति, दिशानिर्देश, वा प्रक्रियाको रूपमा कार्यान्वयन गराउनको लागि प्रस्ताव निर्माणमाथि काम भइरहेको छ। प्रस्ताव लेखन कार्य प्रगतिमा रहेकोले यसलाई आधिकारिक मान्नुपर्ने आवश्यकता छैन तर हाल यो मस्यौदा विकासशील र वार्ता चरणमा रहनुका साथै अझैपनि यो आम सहमतिको प्रक्रियासम्म पुगेको छैन। त्यसैले यो मस्यौदा पृष्ठलाई कुनै पृष्ठसँग जोडेर यसलाई नीति, दिशानिर्देश तथा प्रस्तावको रूपमा वर्णन गर्नुहुन्न। |
यो दिशानिर्देश पृष्ठले विश्व भाषामा हुने लेखको शीर्षकहरूलाई नामकरण गर्नको लागि सहयोगी पृष्ठको रूपमा कार्य गर्दछ। नेपाली विकिपिडियामा समुदायद्वारा पारित गरिएको लेख शीर्षक नीति बमोजिम यो जानकारीमूलक पृष्ठले विश्व भाषाका विभिन्न शीर्षकलाई नेपालीमा कसरी तय गरेर लेख्ने भन्ने कुराको वर्णन गर्दछ। मूलत: अङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, अरबी, हिन्दुस्तानी (हिन्दी-उर्दु), मन्दारिन चिनियाँ, रूसी र पुर्तुगाली भाषामा हुने विशेष वर्णमाला लगायतका अन्य विभिन्न विषयहरूलाई यस पृष्ठले स्पष्ट पार्ने प्रयास गर्दछ।