विश्व भाषा
विश्व भाषाले अन्तर्राष्ट्रिय स्तरमा बोलिने र द्वितीय भाषाको रूपमा बोलिने र सिकिने भाषालाई बुझाउँछ । कुनै पनि भाषाको वक्ताको सङ्ख्यासँगै सो भाषाको भौगोलिक वितरण र अन्तर्राष्ट्रिय सङ्गठन तथा कूटनीतिमा पाएको मान्यताले पनि विश्व भाषाको मान्यता प्रदान गरिन्छ ।[१][२]
विश्वव्यापी रूपमा १ अर्ब भन्दा बढी वक्ता भएको अङ्ग्रेजी अहिलेको विश्व भाषा हुन पुगेको छ ।[३] फ्रान्सेलीलाई पनि यस कारण विश्व भाषाको दर्जा दिइएको छ । स्पेनी, अरबी, हिन्दुस्तानी (हिन्दी-उर्दु), मन्दारिन चिनियाँ, रुसी र पुर्तुगालीलाई पनि विश्व भाषाको दर्जा दिन सकिन्छ ।
प्राचीन कालमा आरामाइक, प्राचीन युनानी, रोमन, शास्त्रीय चिनियाँ, फारसी, संस्कृत, र शास्त्रीय अरबीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गर्ने हुनाले तिनीहरूलाई प्राचीन विश्व भाषा मानिन्छ ।
विस्तृत अवलोकन
[सम्पादन गर्नुहोस्]एसियाली भाषाहरू
[सम्पादन गर्नुहोस्]अरबी
[सम्पादन गर्नुहोस्]मध्यकालीन समयमा इस्लामको प्रवर्धनको क्रममा मध्य पूर्व र उत्तर अफ्रिकाको अरबीकरण भएको हुनाले अरबी भाषाले ख्याती प्राप्त गर्यो । अरब देशहरू बाहिर रहेका मुसलमान समुदायमा पनि अरबीलाई धार्मिक भाषाको रूपमा प्रयोग गरिन्छ ।
चिनियाँ
[सम्पादन गर्नुहोस्]प्राचीन कालमा पूर्वी एसियामा सम्पर्क भाषाको रूपमा प्रयोग गरिने शास्त्रीय चिनियाँलाई मानक चिनियाँले प्रतिस्थापन गरेको छ । चीनमा जन्मेका तथा चीन बाहिर जन्मेका चीन मूल निवासीको बीचमा कडीको काम गर्ने मानक चिनियाँ अन्तर्राष्ट्रिय स्तरमा द्वितीय भाषाको रूपमा सिकाइन्छ ।
भारतीय भाषाहरू
[सम्पादन गर्नुहोस्]हिन्दुस्तानी (हिन्दी-उर्दू), बङ्गाली र तमिल बाहेक भारतमा बोलिने अन्य भाषाहरू बोल्ने व्यक्तिहरूको सङ्ख्या भारतको जनसङ्ख्याले गर्दा अन्य बहुकेन्द्रीय तथा विश्व भाषाका वक्ताको सङ्ख्याको दायरामा पर्छ । मुख्यतः दक्षिण भारतमा बोलिने तमिलले श्रीलङ्का र सिङ्गापुरमा आधिकारिक भाषा, दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक भाषा र मलेसियामा शैक्षिक भाषाको मान्यता पाएको छ ।[४][५] मौरिससको मुद्रामा पनि तमिल भाषाको प्रयोग गरिएको छ ।[६] क्यानडेली सरकारले जनवरी महिनालाई तमिल परम्परा महिना घोषणा गरेको छ ।[७] विश्वव्यापी स्तरमा २३ करोड भन्दा बढी व्यक्तिले बोल्ने बङ्गाली विश्वमा सबैभन्दा बढी बोलिने भाषाहरू मध्ये पाँचौँ[८] वा छैटौँ[९] स्थानमा पर्छ । आफ्नो साहित्यको लागि चिनिने बङ्गालीलाई मातृभाषीहरूको सङ्ख्या फ्रान्सेली मातृभाषीहरूको सङ्ख्याभन्दा बढी छ ।
युरोपेली भाषाहरू
[सम्पादन गर्नुहोस्]अङ्ग्रेजी
[सम्पादन गर्नुहोस्]३७ करोड मातृभाषी भएको अङ्ग्रेजीको थप ६१ करोड द्वितीय भाषी भएको अनुमान गरिएको छ[३][१०] जसमध्ये २० करोडदेखि ३५ करोड वक्ताहरू चीनमा बस्छन् ।[११] अनुसन्धान तथा खोज पत्रमा पनि अङ्ग्रेजीको प्रयोग गर्ने चलन चल्तीमा आएको छ । हालसालको अनुसन्धानले फ्रान्समा आयोजना हुने अध्ययन अनुसन्धानमा फ्रान्सेलीको सट्टा अङ्ग्रेजीको प्रयोगको सुरुवात भएको छ ।[१२] अङ्ग्रेजी इन्टरनेटमा सबैभन्दा बढी प्रयोग गरिने भाषा हो । सन् २०१९ को सर्वेक्षण अनुसार विश्वका सर्वोत्कृष्ट १ करोड वेबसाइटहरू मध्ये ५४% अङ्ग्रेजीमा छन् भने इन्टरनेट प्रयोगकर्ताहरू मध्ये २५.५% लाई अङ्ग्रेजी बोल्न आउँछ ।[१३][१४]
फ्रान्सेली
[सम्पादन गर्नुहोस्]उन्नाइसौँ र बीसौँ शताब्दीमा फ्रान्सेलीलाई सूचना प्रवाह र कूटनीतिक सेवामा प्रयोग गरिन्थ्यो । युरोपको रुस, रोमेनिया, बुल्गेरिया र ग्रिस तथा मध्य पूर्व र उत्तर अफ्रिकाको सिरिया, इजिप्ट, अटोमन साम्राज्य र इरानका उच्च वर्गका व्यक्तिले आफ्नो स्तरको चिनारीको रूपमा फ्रान्सेली भाषाको प्रयोग गर्थे । भारत, चिन, अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वेमा पनि फ्रान्सेलीलाई प्रमुख भाषाको दर्जा दिइन्थ्यो । यद्यपि, दोस्रो विश्व युद्धपछि उच्च स्तरको चिनारीको रूपमा प्रयोग गरिने फ्रान्सेलीलाई अङ्ग्रेजीले प्रतिस्थापन गर्यो । अझै पनि फ्रान्सेलीलाई लेबनान, ट्युनिसिया, अल्जेरिया र मोरक्कोमा द्वितीय भाषा तथा क्यानडा, स्विट्जरल्यान्ड र बेल्जियममा सह-आधिकारिक भाषाको मान्यता दिइएको छ । यसका साथै फ्रान्सेलीलाई संयुक्त राष्ट्र सङ्घ, उत्तर एट्लान्टिक सन्धि सङ्गठन, युरोपेली सङ्घ र उक्त अमेरिकी स्वतन्त्र व्यापार सम्झौता लगायत अन्य अन्तर्राष्ट्रिय सङ्गठनमा आधिकारिक भाषाको रूपमा प्रयोग गरिन्छ । फ्रान्सेली युरोपेली न्याय अदालतको प्रमुख कामकाजी भाषा हो । उच्च भाषिक प्रतिष्ठा भएको मानिने फ्रान्सेलीलाई वर्तमानमा पनि कूटनीति र अन्तर्राष्ट्रिय वाणिज्यमा प्रयोग गरिन्छ । यसका साथै यसलाई टन्नै मान्छेहरूले द्वितीय भाषाको रूपमा प्रयोग गर्छन् ।[१५]
जर्मनेली
[सम्पादन गर्नुहोस्]विभिन्न भाषिका भए पनि जर्मनेलीलाई कयौँ शताब्दीसम्म पवित्र रोमन साम्राज्य, पूर्वी प्रसा राज्य, अस्ट्रेलियाली-हङ्गेरियाली साम्राज्य, बाल्टिक राज्य र ट्रान्जलभेनियामा सम्पर्क भाषाको रूपमा प्रयोग गरिन्थ्यो । मध्य र पूर्वी युरोप तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा पनि जर्मनेली भाषालाई महत्त्वपूर्ण मानिन्छ । युरोपेली सङ्घमा अङ्ग्रेजी र फ्रान्सेलीका साथमा जर्मनेलीलाई आधिकारिक भाषाको मान्यता दिइएको छ ।[१६] सन् २०१९ को सर्वेक्षण अनुसार विश्वका सर्वोत्कृष्ट १ करोड वेबसाइटहरू मध्ये ५.८% जर्मनेलीमा छन् भने इन्टरनेट प्रयोगकर्ताहरू मध्ये २.१% लाई जर्मनेली बोल्न आउँछ ।[१३][१४]
रुसी
[सम्पादन गर्नुहोस्]संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आधिकारिक भाषाको रूपमा प्रयोग गरिने रुसी युरोपको सबैभन्दा बढी बोलिने मातृभाषा र युरेसियामा सबैभन्दा बढी फैलिएको भाषा हो ।[१७] सन् २०१९ को सर्वेक्षण अनुसार विश्वका सर्वोत्कृष्ट १ करोड वेबसाइटहरू मध्ये ५.९% रुसीमा छन् भने इन्टरनेट प्रयोगकर्ताहरू मध्ये २.५% लाई रुसी बोल्न आउँछ ।[१३][१४]
रुसी साम्राज्य र सोभियत सङ्घमा प्रमुख भाषा मानिने रुसीको शिक्षा पूर्वी गुट राष्ट्रमा अनिवार्य बनाइएको थियो । यद्यपि, सोभियत सङ्घको विघटन पछि यसको शिक्षा कम भई सन् २०१३ को तथ्याङ्क अनुसार रुसी भाषीको सङ्ख्या १० करोडले घटेको थियो ।[१८][१९][२०] ककेसस, मध्य एसिया, पूर्वी युरोप र बाल्टिक राज्यमा भने अझै पनि रुसी प्रख्यात छ ।
स्पेनी
[सम्पादन गर्नुहोस्]स्पेनी चिनियाँ पछि सबैभन्दा बढी बोलिने मातृभाषा हो । मध्यकालमा स्पेनी साम्राज्यमा प्रयोग गरिने स्पेनी वर्तमानमा स्पेन र ब्राजिल, फ्रेन्च गायाना र हाइटी बाहेकका ल्याटिन अमेरिकी देशहरूमा प्रयोग गरिन्छ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा र मेक्सिकोको सिमानामा पर्ने अमेरिकी राज्यहरूमा पनि स्पेनी बोलिन्छ । सन् २०११ को तथ्याङ्क अनुसार कुल अमेरिकी जनसङ्ख्याको १३% व्यक्तिहरू स्पेनी बोल्नमा प्रवीण थिए ।[२१] सन् २०१६ भित्र स्पेनी अमेरिकी माध्यमिक तथा उच्च तहका विद्यालयमा सिकाइने प्रमुख विदेशी भाषा बन्यो ।[२२] स्पेनीलाई संयुक्त राष्ट्र सङ्घमा आधिकारिक भाषाको मान्यता दिइएको छ । सन् २०१९ को तथ्याङ्क अनुसार भाषाको आधारमा इन्टरनेट प्रयोगकर्ताको विभाजन गर्दा स्पेनी (७.९%) अङ्ग्रेजी (२५.२%) र चिनियाँ (१९.३%) पछि परी तेस्रो स्थानमा परेको थियो ।[१४]
इतिहास
[सम्पादन गर्नुहोस्]प्राचीन कालमा सम्पर्क भाषाका रूपमा प्रयोग गरिने भाषाहरूको सूचीमा प्राचीन मिश्रमा बोलिने मिश्री; मेसोपोटामिया र इराकको इतिहासमा बोलिने सुमेरियन, अक्कादी र आरामाईक; युनानमा बोलिने प्राचीन युनानी जसबाट अलेक्जेन्डर द ग्रेटद्वारा जितिएको म्यासेडोनिया र बाइजेन्टाइन साम्राज्यमा बोलिने कोइनी युनानीको विकास भयो; रोमन साम्राज्यमा बोलिने र अहिले रोमन क्याथोलिक चर्चको प्रमुख सांस्कृतिक भाषा मानिने ल्याटिन; चीनको इतिहासमा पूर्वी एसियामा बोलिने शास्त्रीय चिनियाँ; फारसी साम्राज्यमा बोलिने फारसी जुन अरबी पछि इस्लामी संसारको दोस्रो प्रमुख सम्पर्क भाषा थियो;[२३] दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्य एसियामा बोलिने संस्कृत पर्छन् । रोमान्स भाषाहरूले ल्याटिन रोमन साम्राज्यको सम्पर्क भाषा भएको पुष्टि गर्छ । उदाहरणका लागि इटालियन भाषा भूमध्य सागरीय क्षेत्रमा पहिले देखि नै महत्त्वपूर्ण थियो र वर्तमानमा क्याथोलिक चर्च, ओपेरा र फेसन उद्योगमा सबैभन्दा बढी प्रयोग गरिने भाषा भएको छ । अटोमन साम्राज्यमा, त्यसैगरी, तुर्की भाषाहरू बोलिन्थे । हेलेनिस्टिक कालमा कोइनी युनानीलाई विश्व भाषाको दर्जा दिइएको थियो । यद्यपि, आधुनिक युनानीमा स्लाभिक, अरबी र तुर्कीको प्रभाव परेको हुनाले यसले प्राचीन युनानको प्रतिनिधित्व गर्दैन । अरबी र तुर्की भाषाहरूको प्रवर्धनको श्रेय चाहिँ खिलाफत र प्रथम तुर्की खानतलाई दिइन्छ ।
भाषिक साम्राज्यवादले गर्दा विश्व भाषा बनेका भाषाहरूले कडा राजनीतिक प्रभाव पर्ने क्षमता राख्छन् । सोभियत साहित्यमा रुसीलाई "अन्तरराष्ट्रियताको विश्व भाषा" घोषणा गर्नका साथै फ्रान्सेलीको "फेन्सी कुरियरको भाषा" र अङ्ग्रेजीको "व्यापारीहरूको शब्दपत्र" भनिने चलन पनि हट्यो ।[२४] कयौँ अन्तर्राष्ट्रिय सहायक भाषाको बीचमा एस्पेरान्तो सबैभन्दा प्रचलित भए पनि कुनै पनि भाषालाई विश्व भाषाको सङ्ख्यामा बोल्ने र सिक्ने गरिँदैन । धेरै प्राकृतिक भाषालाई विश्वव्यापी स्तरमा सम्पर्क भाषा बनाउने प्रस्ताव राखिएका छन् ।[२४]
जीवित विश्व भाषाहरू
[सम्पादन गर्नुहोस्]केही स्रोत[२५][२६] कुनै पनि विश्व भाषालाई जीवित विश्व भाषाको स्तर दिन निम्न सर्तहरू पूरा हुनुपर्छ:
- सो भाषाको अधिक सङ्ख्यामा वक्ताहरू हुनुपर्छ ।
- सो भाषालाई सम्पर्क भाषाको दर्जा दिइएको हुनुपर्छ ।
- सो भाषालाई धेरै मुलुकमा आधिकारिक भाषाको मान्यता दिइएको हुनुपर्छ ।
- सो भाषा विश्वका विभिन्न स्थानमा बोलिने हुनुपर्छ ।
- सो भाषाको प्रयोग एक भन्दा बढी जातीय समूहले गर्ने हुनुपर्छ ।
- सो भाषालाई औपचारिक रूपमा विदेशी भाषाको रूपमा पढाइने हुनुपर्छ ।
- सो भाषाको प्रयोग गर्दा भाषिक प्रतिष्ठा झल्किने हुनुपर्छ ।
- सो भाषा वैदेशिक व्यापारमा प्रयोग गरिने हुनुपर्छ ।
- सो भाषा अन्तर्राष्ट्रिय सङ्गठनमा प्रयोग गरिने हुनुपर्छ ।
- सो भाषा शैक्षिक समुदायमा प्रयोग गरिने हुनुपर्छ ।
- सो भाषामा निश्चित सङ्ख्यामा साहित्य रचना भएको हुनुपर्छ ।
विश्वमा महत्त्वपूर्ण भाषा मानिने जापानीको १० करोड भन्दा बढी वक्ता भए पनि उपर्योक्त मापदण्डको आधारमा त्यसलाई विश्व भाषा मान्न सकिँदैन ।[२७] जातीय, संस्कृतिक र भाषिक दृष्टिकोणले जापान सजातीय छ । त्यहाँको भाषालाई कहिले पनि सम्पर्क भाषाको दर्जा दिइएको छैन । सन् १९८० तिर अन्तर्राष्ट्रिय चासोका कारण विश्वव्यापी स्तरमा विभिन्न विश्वविद्यालय, माध्यमिक विद्यालय र प्राथमिक विद्यालयमा समेत जापानी सिकाइए पनि यसले सीमित क्षेत्रमा मात्रै प्रभाव परेको छ ।[२८]
विश्व भाषाको दर्जा दिइएका भाषाहरू निम्न तालिकामा प्रस्तुत छन्:[१][२९][३०]
भाषा | परिवार | शाखा | मातृभाषी | द्वितीय भाषी | कुल वक्ता | आधिकारिक वितरण स्थिति | वितरणको नक्सा |
---|---|---|---|---|---|---|---|
अङ्ग्रेजी | भारोपेली | जर्मेनिक | ३६ करोड ९७ लाख | ८९ करोड ८४ लाख | १ अर्ब २६ करोड ८० लाख[३] | अङ्ग्रेजी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू | |
फ्रान्सेली | भारोपेली | रोमान्स | ७ करोड ७३ लाख | १९ करोड ९३ लाख | २७ करोड ६६ लाख[३२] | फ्रान्सेली आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू |
केही स्रोतबाट विश्व भाषाको भने अन्य स्रोतबाट बहुकेन्द्रीय भाषाको मान्यता पाएका भाषाहरू निम्न छन्:[२]
भाषा | परिवार | शाखा | मातृभाषी | द्वितीय भाषी | कुल वक्ता | आधिकारिक वितरण स्थिति | वितरणको नक्सा |
---|---|---|---|---|---|---|---|
स्पेनी | भारोपेली | रोमान्स | ४६ करोड ३० लाख | ७ करोड ४९ लाख | ५३ करोड ७९ लाख[३३] | स्पेनी आधिकारिक भाषा हुने देशहरू | |
चिनियाँ | चिनियाँ-तिब्बती | चिनियाँ | — | — | १ अर्ब ३२ करोड ४० लाख[३४] | चिनियाँ आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू | |
अरबी | सामी-हामी | सामी | — | — | ३३ करोड ५२ लाख[३५] | अरबी आधिकारिक भाषा हुने देशहरू | |
पोर्चुगिज | भारोपेली | रोमान्स | २२ करोड ७९ लाख | २ करोड ४२ लाख | २५ करोड २२ लाख[३६] | पोर्चुगिज आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू | |
हिन्दुस्तानी (हिन्दी, उर्दू) | भारोपेली | हिन्द | ५९ करोड ६० लाख [(हिन्दी) ५२ करोड ८३ लाख + (उर्दू) ६ करोड ८२ लाख][३७] | २४ करोड [(हिन्दी) १३ करोड ९२ लाख + (उर्दू) १० करोड १० लाख][३८][३७][३९] | ८३ करोड ७० लाख (सन् २०२०)[४०] | हिन्दुस्तानी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू खाडी मुलुकमा पनि बोलिने र बुझिने |
|
रुसी | भारोपेली | स्लाभिक | १५ करोड ३६ लाख | १० करोड ४३ लाख | २५ करोड ८० लाख[४१] | रुसी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू | |
जर्मनेली | भारोपेली | जर्मेनिक | मानक: ७ करोड ५५ लाख[क] | मानक: ५ करोड ६१ लाख[क] | मानक: १३ करोड १६ लाख[क] | जर्मनेली आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू |
अन्य बहुकेन्द्रीय भाषाहरू
[सम्पादन गर्नुहोस्]विश्व भाषाको दर्जा नपाए पनि धेरै ठाउँमा बोलिने भाषाहरू निम्न छन्:
टिप्पणी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Fischer Weltalmanach [फिशर वेल्टाल्मनाक], एस. फिसर भर्ल्याग, मूलबाट सेप्टेम्बर ४, २००९-मा सङ्ग्रहित।
- ↑ २.० २.१ बेकार, कोलिन; जोन्स, सिल्भिया प्रिस (सन् १९९८), Encyclopedia of Bilingualism and Bilingual Education [द्विभाषिकता र द्विभाषी शिक्षाको विश्वकोश] (अङ्ग्रेजीमा), मल्टिलिङ्ग्वल म्याटर्स, आइएसबिएन 9781853593628।
- ↑ ३.० ३.१ ३.२ "English" [अङ्ग्रेजी], एथ्नोलग।
- ↑ "Constitution of the Republic of South Africa, 1996 - Chapter 1: Founding Provisions | South African Government" [दक्षिण अफ्रिका गणतन्त्रको संविधान, सन् १९९६ - भाग १: प्रारम्भिक प्रावधान, धारा १२४: दक्षिण अफ्रिकी सरकार], दक्षिण अफ्रिका गणतन्त्र।
- ↑ "National Identity and Minority Languages | UN Chronicle" [राष्ट्रिय पहिचान र अल्पसङ्ख्यक भाषाहरू #१२४; यूएन क्रोनिकल], यूएन क्रोनिकल। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-३० मिति
- ↑ "A Brief History of the Tamils of Mauritius (M. Sangeelee)" [मौरिशसका तमिलहरूको छोटो इतिहास], तमिलेली पुस्तकालय।
- ↑ हेरिटेज, कनेडियन (जनवरी ३, २०१९), "Statement by Minister Rodriguez on Tamil Heritage Month" [तमिल परम्परा महिनामा मन्न्री रड्रिगेजको भनाइ], जिसिएनडब्लूएस।
- ↑ "Summary by country" [देशको आधारमा सारांश], एथ्नोलग, अन्तिम पहुँच सेप्टेम्बर २२, २०१८।
- ↑ "Languages Spoken by More Than 10 Million People" [१ करोड भन्दा बढी मानिसहरूद्वारा बोलिने भाषाहरू], माइक्रोसफ्ट इन्कार्टा २००६, मूलबाट जनवरी ९, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २००७। वेब्याक मेसिन अभिलेखिकरण २००७-०३-०४ मिति
- ↑ क्रिस्टल, डेभिड (सन् २००६), "९ - विश्वव्यापी स्तरमा अङ्ग्रेजी", in हग, रिचार्ड; डेनिसन, डेभिड, A History of the English Language [अङ्ग्रेजी भाषाको इतिहास], केम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: ४२०–४३९।
- ↑ Wei, रिनिङ; जिन्झी सू (सन् २०१२), "The statistics of English in China" [चीनमा अङ्ग्रेजीको तथ्याङ्क], इङ्ग्लिश टूडे २८ (३): १०–१४, डिओआई:10.1017/s0266078412000235।
- ↑ हेरन, फ्रान्स्वा (जुन २०१३), "No English please! Survey on the languages used for research and teaching in France" [अङ्ग्रेजीको प्रयोग नगरौँ ! फ्रान्समा अध्ययन अनुसन्धानमा प्रयोग हुने भाषाहरू], पोपुलेसों ए सोसिएती (501)।
- ↑ १३.० १३.१ १३.२ "Usage Statistics of Content Languages for Websites" [वेबसाइटका सामग्री भाषाहरूको प्रयोग तथ्याङ्क], डब्लू ३ टेक्स, अन्तिम पहुँच जुलाई १४, २०१९।
- ↑ १४.० १४.१ १४.२ १४.३ "Number of Internet Users by Language" [भाषा अनुसार इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या], इन्टरनेट वर्ल्ड स्ट्याट्स, अन्तिम पहुँच जुलाई १४, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२६ मिति
- ↑ "Official Languages" [आधिकारिक भाषाहरू], संयुक्त राष्ट्र सङ्घ, अन्तिम पहुँच अक्टोबर २९, २०१६।
- ↑ "European Commission - Press releases - Frequently asked questions on languages in Europe" [युरोपेली आयोग - प्रेस विज्ञप्ति - युरोपमा प्रयोग गरिने भाषाका बारेमा प्रायः सोधिने प्रश्नहरू], युरोपा, अन्तिम पहुँच मार्च ११, २०१७।
- ↑ "Russian: Eurasia's Most Geographically Widespread Language" [रुसी: युरेसियाको सबैभन्दा बढी फैलिएको भाषा], डे ट्रान्सलेशन्स ब्लग, अगस्ट ४, २०१४।
- ↑ ब्ल्याङ्क, स्टिभन (जनवरी ९, २०१५), "Russia's Waning Soft Power in Central Asia" [मध्य एसियामा रुसको घट्दो शक्ति], द डिप्लोम्याट।
- ↑ "Kyrgyzstan's Russian-Language Teaching Getting Squeezed Out" [किर्गिस्तानमा रुसी भाषाको शिक्षा अब वैकल्पिक], युरेसिया नेट, डिसेम्बर १५, २०१४।
- ↑ ब्रुक, जेम्स (अक्टोबर १७, २०१२), "English Replaces Russian as Top Foreign Language of Study in Ex-Soviet Georgia" [भूतपूर्व सोभियत सदस्य जोर्जियामा सबैभन्दा बढी सिकिने द्वितीय भाषाको स्थानबाट रुसको अङ्ग्रेजीद्वारा प्रतिस्थापन], भिओए न्यूज।
- ↑ संयुक्त राज्यमा भाषाको प्रयोग: सन् २०११ (तालिका ३, पृ: ९). सेन्सस डट गभ.
- ↑ गोल्डबर्ग, डेभिड; लूनी, डेनिस; लुसिन, नटालिया (फेब्रुअरी २०१९), Enrollments in Languages Other Than English in United States Institutions of Higher Education, Summer 2016 and Fall 2016: Preliminary Report [अमेरिकी माध्यमिक विद्यालयमा गैर-अङ्ग्रेजी भाषाका लागि दर्ता, सन् २०१६ को वसन्त र शिशिर: प्रारम्भिक रिपोर्ट], मोडर्न ल्याङ्ग्वेज असोसिएसन अफ अमेरिका, अन्तिम पहुँच मार्च ४, २०१९।
- ↑ नासर, सेय्येद हुसैन (सन् २००३), Islam: Religion, History, and Civilization [इस्लाम: धर्म, इतिहास र सभ्यता], हार्पर कलिन्स।
- ↑ २४.० २४.१ पेई, पृ: १०५ ।
- ↑ "What Is a World Language? (with pictures)" [विश्व भाषा भनेको के हो ? (तस्वीरका साथ)], वाइज गीक।
- ↑ वाल्र्याफ, बार्बरा, "What Global Language?" [के विश्व भाषा ?]।
- ↑ "यी विश्वका सबैभन्दा महत्त्वपूर्ण भाषाहरू हुन्", विश्व आर्थिक मञ्च।
- ↑ सिएफ, पेई, पृ: १५
- ↑ एम्मन, अल्रिच (सन् १९८९), Status and Function of Languages and Language Varieties [भाषा र भाषिकाका स्थिति र प्रकार्य], डब्लू. डि ग्राइटर, आइएसबिएन 9780899253565।
- ↑ मज्रुई, अलि अल अमिन (सन् १९७६), A World Federation of Cultures: An African Perspective [संस्कृतिहरूको विश्व सङ्घ: एक अफ्रिकी परिप्रेक्ष्य], फ्री प्रेस।
- ↑ ३१.० ३१.१ ३१.२ "Summary by language size" [भाषा वितरणको सारांश]। वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-०७ मिति
- ↑ "French" [फ्रान्सेली], एथ्नोलग।
- ↑ "Spanish" [स्पेनी], एथ्नोलग।
- ↑ "Chinese" [चिनियाँ], एथ्नोलग।
- ↑ "Arabic" [अरबी], एथ्नोलग।
- ↑ "Portuguese" [पोर्चुगिज], एथ्नोलग।
- ↑ ३७.० ३७.१ भारत सरकार, गृह मन्त्रालय, "C-17 Population By Bilingualism And Trilingualism" [द्विभाषिकता र त्रिभाषिकताको आधारमा भारतको जनसङ्ख्या], मूलबाट नोभेम्बर १३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१९।
- ↑ "Indiaspeak: English is our 2nd language – Times of India" [इन्डियास्पीक: अङ्ग्रेजी हाम्रो द्वितीय भाषा हो - टाइम्स अफ इन्डिया]।
- ↑ "Urdu" [उर्दू], एथ्नोलग।
- ↑ https://blog.busuu.com/most-spoken-languages-in-the-world/
- ↑ "Russian" [रुसी], एथ्नोलग।
- ↑ "German, Standard" [जर्मनेली, मानक], एथ्नोलग।
- ↑ ४३.० ४३.१ "Dutch" [डच], एथ्नोलग।
- ↑ ४४.० ४४.१ "Afrikaans" [अफ्रिकी], एथ्नोलग।
- ↑ "Bengali" [बङ्गाली]।
- ↑ "Malay" [मले]।
- ↑ "Indonesian" [इन्डोनेशियाई]।
- ↑ "Swahili" [स्वाहिली], एथ्नोलग।
- ↑ आइरील, एफ. एबिओला; जेयिफो, बायोडन, सम्पादकहरू (सन् २०१०), "The Oxford Encyclopedia of African Thought" [अफ्रिकी सोचको अक्सफोर्ड विश्वकोश], १, अक्सफोर्ड विश्वविद्यालय छापाखाना, पृ: ३६२, आइएसबिएन 978-0-19-533473-9।
- ↑ "Swahili" [स्वाहिली], स्ट्यानफोर्ड भाषा केन्द्र।"Swahili" [स्वाहिली], स्ट्यानफोर्ड भाषा केन्द्र।
- ↑ ५१.० ५१.१ "Persian, Iranian" [फारसी, ईरानी], एथ्नोलग।
- ↑ ५२.० ५२.१ विन्डफर, जर्नोट, सम्पादक (सन् २००९), The Iranian Languages [इरानी भाषाहरू], लन्डन: रूटलेज, पृ: 418।
- ↑ "Dari" [दारी], एथ्नोलग।
- ↑ "Turkish" [तुर्केली], एथ्नोलग।
- ↑ Katzner [केट्जनर] ।
- ↑ Europeans and their Languages [युरोपेली भाषाहरू], विशेष युरोब्यारोमिटर २४३, युरोपेली आयोग, फेब्रुअरी २००६।
- ↑ "Italian" [इटालियन], एथ्नोलग।
- ↑ "Italian" [इटालियन], लेस्टर विश्वविद्यालय (अङ्ग्रेजीमा)। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-०९ मिति
- ↑ "Tamil" [तमिल], एथ्नोलग।