अफ्रिकी सङ्घ

यो लेख सुन्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अफ्रिकी सङ्घ
Flag of the African Union
झन्डा
the African Unionको निशान छाप
निशान छाप
आदर्श वाक्य: "एकीकृत र बलियो अफ्रिका"
राष्ट्रिय गान: "आउनुहोस् हामी सबै एकजुट होऔँ र एकसाथ उत्सव मनाऔँ"[१] (धुन)
विश्वको नक्सामा अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरू (हरियो)
      सदस्य राष्ट्रहरू
      निलम्बित राष्ट्रहरू
राजनीतिक केन्द्र
सबैभन्दा ठुलो महानगरीय क्षेत्र
कार्यकारी भाषाहरू
रैथाने(हरू)अफ्रिकी
किसिममहादेशीय सङ्घ
सदस्य५५ सदस्य राष्ट्रहरू
नेताहरू
• अध्यक्ष
म्याकि साल
• आयोगको अध्यक्ष
मौसा फाकी[२]
• संसदीय अध्यक्ष
रोजर नेक्दो दाङ
व्यवस्थापिकापान-अफ्रिकी संसद्
स्थापना
२५ मे १९६३
३ जुन १९९१
९ सेप्टेम्बर १९९९
• अफ्रिकी सङ्घको स्थापना
९ जुलाई २००२
• दक्षिण सुडानको स्वीकृति
९ जुलाई २०११
• मोरोक्कोको स्वीकृति
३१ जनवरी २०१७
१ जनवरी २०२१
क्षेत्रफल
• जम्मा
२,९९,२२,०५९ किमी (१,१५,५२,९७२ वर्ग माइल)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
वृद्धि १,३२,१०,००,०००[note १]
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१० लगत
• जम्मा
वृद्धि $७.५७३ खर्ब[३][note २]
• प्रति व्यक्ति
वृद्धि $५,७३३[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $२.५८७ खर्ब[३][note ३]
• प्रति व्यक्ति
वृद्धि $१,९५८[३]
मानव विकास सूचकाङ्क (सन् २०२०)०.५७७
मध्यम
इन्टरनेट डोमेनडटअफ्रिका
वेबसाइट
au.int

अफ्रिकी सङ्घ एक महादेशीय सङ्घ हो जसमा ५५ सदस्य राष्ट्रहरू छन् जुन अफ्रिका महादेशमा अवस्थित छन्। १ सेप्टेम्बर १९९९ मा लिबियाको सिर्तेमा जारी सिर्ते घोषणापत्रमा अफ्रिकी सङ्घको स्थापनाका लागि आह्वान गर्दै यसको घोषणा गरिएको थियो। यसको स्थापना २६ मे २००१ मा अदिस अबाबा, इथियोपियामा भएको थियो र ९ जुलाई २००२ मा दक्षिण अफ्रिकाको डरबनमा सुरु भएको थियो। अफ्रिकी सङ्घको उद्देश्य २५ मे १९६३ मा अदिस अबाबामा ३२ हस्ताक्षरकर्ता सरकारहरूद्वारा स्थापित अफ्रिकी एकता सङ्गठनलाई प्रतिस्थापन गर्नु थियो। अफ्रिकी एकता सङ्गठनको ९ जुलाई २००२ मा भङ्ग गरिएको थियो।[४] अफ्रिकी सङ्घको सबैभन्दा महत्त्वपूर्ण निर्णयहरू अफ्रिकी सङ्घको विधानसभाद्वारा गरिन्छ जुन यसको सदस्य राष्ट्रहरूको राज्य र सरकार प्रमुखहरूको अर्ध-वार्षिक बैठकमा तय गरिन्छ।

अफ्रिकी सङ्घको सचिवालय, अफ्रिकी सङ्घ आयोग, अदिस अबाबामा आधारित छ। यसको सबैभन्दा ठूलो सहर नाइजेरियाको लागोस हो, जबकि सबैभन्दा ठूलो सहरी क्षेत्र कायरो, इजिप्ट हो। अफ्रिकी सङ्घमा १.३ अर्ब भन्दा बढी जनसङ्ख्या रहेको छ र यसको क्षेत्रफल लगभग २.९ करोड वर्ग किलोमिटर (१.१ करोड वर्ग माइल) रहेको छ। यसमा सहारानाइल नदी जस्ता लोकप्रिय विश्व स्थलहरू समावेश छन्।[५] प्राथमिक कामकाजी भाषाहरूमा अरबी, अङ्ग्रेजी, फ्रान्सेली, पोर्तुगाली, स्पेनी र किस्वाहिली हुन्।[६] अफ्रिकी सङ्घ भित्र, शान्ति र सुरक्षा परिषद् र पान-अफ्रिकी संसद जस्ता आधिकारिक निकायहरू छन्।

सदस्य राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

अफ्रिका र अफ्रिकी टापुहरूमा आधारित सबै संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू अफ्रिकी सङ्घका सदस्यहरू हुन्, जस्तै सहरावी अरब प्रजातान्त्रिक गणतन्त्र आंशिक रूपमा मान्यता प्राप्त राज्य हो। पश्चिमी सहारामाथि सार्वभौमिकताको दाबी गर्ने मोरोक्कोले सन् १९८४ मा सहरावी अरब प्रजातान्त्रिक गणतन्त्रलाई सदस्यको रूपमा स्वीकार गरेको कारण अफ्रिकी एकता सङ्गठनबाट पछि हटेको थियो।[७] ३० जनवरी २०१७ मा, यसले मोरोक्कोलाई सदस्य राष्ट्रको रूपमा पुन: प्रवेश गराएको थियो। सोमालिल्यान्ड सन् २००५ मा अफ्रिकी सङ्घमा सामेल हुनको लागि आवेदन दिएको थियो जुन अझै पनि विचाराधीन अवस्थामा रहेको छ। [८]

मालीलाई २०२० अगष्ट १९ मा अफ्रिकी सङ्घबाट निलम्बन गरिएको थियो।[९] ९ अक्टोबरमा, अफ्रिकी सङ्घको शान्ति र सुरक्षा परिषद्ले मालीमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो।[१०] नौ महिनाभित्र दोस्रो सैन्य कू पछि १ जुन २०२१ मा मालीलाई पुनः निलम्बित गरिएको थियो।[११]

२०२१ सेप्टेम्बर १० मा अफ्रिकी सङ्घले गिनीका राष्ट्रपति अल्फा कोन्देलाई सत्ताच्युत गरेपछि गिनीको सदस्यता पनि निलम्बन गरेको थियो।[१२]

सैन्य कूले प्रधानमन्त्री अब्दल्ला हम्दोकको नेतृत्वमा रहेको नागरिक सरकारलाई अपदस्थ गरेसँगै २०२१ अक्टोबर २७ मा अफ्रिकी सङ्घले सुडानको सदस्यता पनि निलम्बन गरेको थियो।[१३]

३१ जनवरी २०२२ मा भएको सैन्य कूपछि अफ्रिकी सङ्घले बुर्किना फासोको सदस्यता निलम्बन गरेको थियो।[१४]

पर्यवेक्षकहरू[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. पश्चिमी सहारा बाहेक
  2. तथ्याङ्कको कमीको कारण पश्चिमी सहारा समावेश गरिएको छैन।
  3. तथ्याङ्कको कमीको कारण पश्चिमी सहारा समावेश गरिएको छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "African Union anthem, etc", Africamasterweb.com, मूलबाट १५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१२ 
  2. "African Union votes to readmit Morocco", BBC News, १९ सेप्टेम्बर २०१८, मूलबाट १५ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१८ 
  3. ३.० ३.१ ३.२ ३.३ "World Economic Outlook Database, October 2019", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट १४ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०२० 
  4. Thabo Mbeki (९ जुलाई २००२), "Launch of the African Union, 9 July 2002: Address by the chairperson of the AU, President Thabo Mbeki", ABSA Stadium, Durban, South Africa: africa-union.org, मूलबाट ३ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २००९ 
  5. Manboah-Rockson, Joseph (२३ सेप्टेम्बर २०१६), Politics & the Struggle for Democracy in Ghana: An Introduction to Political Science 
  6. "AU Languages", African Union, अन्तिम पहुँच २ मे २०२१ 
  7. "Morocco rejoins African Union", Worldbulletin, ३० जनवरी २०१७, मूलबाट २० जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१७ 
  8. Nelson, Elizabeth A. (२०२१), Regional Politics and State Secession, Edward Elgar Publishing, पृ: 105, आइएसबिएन 978-1-83910-377-3 
  9. "African Union suspends Mali following coup", Agence France-Presse, Reuters (Deutsche Welle), अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ 
  10. "African Union lifts Mali's suspension imposed in the wake of coup", www.aljazeera.com (अङ्ग्रेजीमा), मूलबाट ९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-०९ 
  11. "African Union announces 'immediate suspension' of Mali after second coup", France 24, Reuters, Agence France-Presse (France 24), २ जुन २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ 
  12. "African Union suspends Guinea after coup, as envoys arrive for talks", France 24, Agence France-Presse (France 24), १० सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ 
  13. "African Union suspends Sudan over coup", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२७ 
  14. "AU suspends Burkina Faso after coup as envoys head for talks", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-३१ 
  15. i24NEWS (२०२२-०२-०६), "Israel dispute erupts at African Union summit", Ynetnews (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०६ 
  16. "Kazakhstan's Observer status at the African Union: What Does It Mean for Africa?", www.igd.org.za, अन्तिम पहुँच २०२२-०२-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-२७ मिति
  17. "Chairperson Receives the Credentials of the First Permanent Observer of Mexico to the African Union", au.int, २०१२-०६-१८। 
  18. "What's driving Turkey's commercial & military relations with Africa?", The Africa Report.com (en-USमा), २०२२-०१-११, अन्तिम पहुँच २०२२-०२-०६ 
  19. "Chairperson Receives Credentials of the Permanent Observer of the United Arab Emirates. | African Union", au.int, अन्तिम पहुँच २०२२-०२-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]