विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/एजे ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एजे ली[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा एजे ली

अप्रिल जिनेट मिण्डेज (जन्म:१९ मार्च १९८७) एक अवकाश प्राप्त अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा लेखक हुन्। उनी आफ्नो कुस्ती कार्यकालमा एजे लीको नामले परिचित छिन्। लिले आफ्नो कुस्ती कार्यकाल अन्तर्गत ३ पटक डब्ल्यूडब्ल्यूई डिभास उपाधि जित्न सफल भएकी थिइन्। अमेरिका स्थित न्यु जर्सीमा जन्मिएर हिर्किएकी मिण्डेजले आफ्नो व्यवसायिक कुस्ती कार्यकाल एक अमेरिकी कुस्ती संस्था स्वतन्त्र सर्किटबाट सन् २००७ मा गरेकी थिइन्। मिण्डेजले सन् २००९ मा डब्ल्यूडब्ल्यूईसँग आवद्ध भएपछि त्यसको दुई वर्ष उनी डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा कार्यरत भएन् भने सन् २०११ उनको डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमा पदोन्नति भएको थियो। सन् २०१२ मा उनी तीन महिनाका लागि डब्ल्यूडब्ल्यूई ब्राण्डको महाप्रबन्धक भएकी थिइन् जसकारण उनी प्रतिष्ठित हुन पुगेकी थिइन्। उनले त्यसपछिका वर्षहरूमा डिभास उपाधि जित्न सफल भएकी थिइन् भने उनले उक्त उपाधि आफ्नो कुस्ती कार्यकालमा तीन पटक जितेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०२० अप्रिल १२, १३:२९:३४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --