विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/कालु कुमाले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालु कुमाले[सम्पादन गर्नुहोस्]

कालु कुमालेको एक तस्वीर

कालु कुमाले नेपाली मूर्तिकलाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उत्कृष्ट स्रष्टाहरू मध्येका एक व्यक्ति हुन्। उनको जन्म वि.सं. १९९० जेठ २७ गते पाटन, ललितपुरको थपाटहिटी, ओकुबहालमा बुबा सानु कुमाले र आमा ज्ञानी थकुको कोखबाट भएको हो। परम्परागत मूर्तिकलामा पनि क्रोध मूर्ति बनाउने अग्रणी व्यक्तित्वका रूपमा नेपाली कला क्षेत्रमा सुपरिचित उनी सात दशकदेखि निरन्तर साधनारत् छन्। क्रोधकला शिरोमणि उपाधिद्वारा विभूषित उनको वास्तविक नाम कालु दक्षप्रजापति थकु हो। सगरमाथा प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' नन्दकिशोर पुनले सो उपाधि प्रदान गरेका हुन्। मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। शान्त र सरल व्यक्तित्वका धनी कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८८४, अक्षर: ४३९.५, स्पेस: ११९
  • मुख्य सम्पादक: दीपक कथित, जनक भट्ट
  • आवेदनकाे कारणहरू: नेपाली क्रोधकला शिरोमणि भएकोले
२०२० फेब्रुअरी २७, ०५:३२:४७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --