सामग्रीमा जानुहोस्

कालु कुमाले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रोधकला शिरोमणि कालु कुमाले
कालु अवाले
कालु कुमाले
जन्मवि.सं. १९९० जेठ २७ गते
थपाटहिटी, ओकुबहाल ललितपुर नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षासामान्य लेखपढ
पेशापरम्परागत मूर्तिकला
चिनारीको कारणमूर्तिकला, क्रोधकला शिरोमणि
उल्लेखनीय कार्य
क्रोधकला
गृहनगरपाटन, ललितपुर
जीवनसाथीस्व. लक्ष्मीमाया कुमाले
सन्तानराजेश अवाले, स्व. काजीरत्न अवाले, राकेश अवाले, स्व. सुरेन्द्र अवाले, बीरेन्द्र अवाले, सुरज अवाले, पुनमाया महर्जन, शोभा महर्जन
मातापितासानु थकूँ र ज्ञानी थकूँ
पुरस्कारगोरखा दक्षिण बाहु वि.सं. २०६२
क्रोधकला शिरोमणि वि.सं. २०७३
राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०६८)
अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान

कालु कुमाले एक बहुप्रतिष्ठित नेपाली मूर्तिकार हुन्। [] क्रोधकला शिरोमणि उपाधिद्वारा[] विभूषित उनको वास्तविक नाम कालु दक्षप्रजापति थकु हो। मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई विज्ञका रूपमा स्थापित गर्ने कुमालेले क्रोधकला शिरोमणिका अतिरिक्त प्रबल गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान[] सगरमाथा प्रतिष्ठान सम्मान[] लगायत दर्जनौँ विभूषण, पुरस्कार, सम्मान आदि प्राप्त गरिसकेका छन्।

कालु कुमालेको जन्म वि.सं. १९९० जेठ २७ गते पाटन, ललितपुरको थपाटहिटी, ओकुबहालमा बुबा सानु कुमाले र आमा ज्ञानी थकुको सन्तानको रूपमा भएको थियो। बुबाआमाका धेरै सन्तानमध्ये उनी र दिदीमात्र जीवित रहेकाले सानोमा धेरै मायामा हुर्किएका कुमाले सानोमा काम गर्नुभन्दा च्याम्पटी घुमाउन, पाङ्ग्रा गुडाउन र साथीभाइहरूसँग बरालिएर हिँड्न नै रमाउँथे। साधारण किसान भएकाले उनको बुबा बिहानैदेखि खेतको काम गर्न जान्थे भने खेतीपातिमा रूची राख्दैन थिए।

शिक्षादीक्षा

[सम्पादन गर्नुहोस्]

कमजोर आर्थिक अवस्थाका कारणले कालु कुमालेले चाहेको जत्ति पढ्न पाएनन्। साथीभाइहरू पढेको देखेर उनलाई पढ्ने चाहना हुन्थ्यो। धेरै जिद्दी गरेपछि बुबाले उनलाई गुरुकहाँ पढ्न पठाएका थिए भने पढ्ने किताब हराएपछि उनी पढ्न जान पनि छाडेका थिए। उनी १० रुपैयाँ शुल्क बुझाउन नसक्दा पढ्ने तीब्र चाहना हुँदाहुँदै पनि पढ्ने अवसरबाट बञ्चित बनेका थिए।

कालु कुमालेका बुबा सानु कुमालेको पेशा माटाका भाडा बनाउने थियो। उनको बुबा खेतीकिसानका अतिरिक्त मछिन्द्रनाथ, मीमनाथ, आदिनाथ (चोभार) र बसुन्धरादेवीकहाँ चढाइने माटाका भाँडाकुँडा बनाउन गुठियारहरूका साथ वर्षको एक महिना व्यस्त रहन्थे। त्यो समय बुबासँगै रहने कालु उनीहरूले बनाएका कामहरू हेरेर बस्ने गरेका थिए। बुबाले गरेको काम हेरेर र बुबाको आग्रहमा उनले सुरुमा जनावर र चराका मूर्ति बनाएर अभ्यास गरेका थिए। त्यसपछि उनले टोलको त्यतिबेलाका परिचित मूर्तिकार चिरिकाजी शाक्यसँग आफूले बनाएको मूर्ति देखाउन थालेका थिए। त्यतिबेला सामाजिक संस्कारका कारण उनले चिरिकाजी सँगसँगै बसेर सिक्ने अवसर नपाएका कारण परै बसेर चिरिकाजीले बनाएका मूर्तिहरू हेर्नृ गर्दथे। त्यहाँ बनाएको मूर्तिहरूलाई सम्झिएर उनले घरमा आफैले मूर्ति बनाउन कोशिस गरेका थिए। केही समयपछि युद्धका कारण तिब्बतीहरू ल्हासा छाडेर नेपाल आएका थिए भने उनीहरूले आफूसँगै टुटफुट भएका थुप्रै मूर्तिहरू पनि ल्याएका थिए। तिब्बतीहरूले ल्याएका मूर्तिहरूलाई कुमालेले मर्मत गरेका थिए। त्यतिबेलै उनले अजिमाको मूर्ति (पाल्देन ल्हामु) बनाएका थिए। त्यसपछि उनलाई कठिन मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिन थालिएको थियो।[] उनका जेठा छोरा राजेश अवाले मूर्तिकारका रूपमा परिचित छन्[] भने साहिँला छोरा राकेश अवाले कलायात्राका अतिरिक्त कालु आर्ट्स एण्ड ह्याण्डिक्याफ्ट प्रा. लि. सञ्चालन गरी[] उनको कलाकारितालाई देश तथा विदेशमा परिचित गराउन लागिपरेका छन्।[] एकातिर खेतीकिसानी नगरी खान नपुग्ने उनको परिवारमा मूर्तिकारिताबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने सम्भवाना नै नभएको त्यो बेलामा पनि मूर्तिकलामा लागेका उनलाई आफूले बनाएका मूर्तिहरू मन्दिर, गुम्बाहरूमा पुजिएको पाउँदा मूर्ति बनाउन थप प्रेरणा मिलेको थियो। निरन्तर साधनाका कारण उनले हालसम्म ६०० भन्दा बढी मूर्ति सिर्जना गरिसकेका छन्। उनले बनाएको मूर्तिहरू विश्वका विभिन्न मुलुकमा पुगेका छन्। उनले बनाएका कतिपय मूर्तिहरू इङ्ल्यान्डको भिक्टोरिया तथा एल्बर्ट सङ्ग्रहालयमा सङ्ग्रहित छन्। उनले सिर्जना गरेका मूर्ति विश्वका ४० भन्दा बढी देशमा पुगेको र त्यसमध्ये ताइवान, तिब्बतभारतमा बढी व्यक्ति तथा संस्थाका सङ्ग्रहमा रहेका छन्।[] मूर्तिकलामा समर्पित भएवापत् वि.सं. २०४२ सालमा धातु मूर्तिकला प्रदर्शनीमा प्रथम पुरस्कार, प्रतिभाशाली कलाकार सम्मान, घरेलु तथा सानो उद्योग विकास समितिद्वारा उत्कृष्ट कलाकारिता पुरस्कार (२०५२), सन् २००१ मा गार्डेन जाङ्त्से गुम्बाबाट प्रशंसापत्र, विभिन्न गुम्बा, बिहार र मन्दिरका तर्फबाट कदरपत्र, ज्यापु समाजका तर्फबाट प्रतिभाशाली कलाकार सम्मान र नागरिक मञ्च नेपालका तर्फबाट राष्ट्रिय नागरिक सम्मान (२०६१), लाइभटाइम एचिभमेन्ट अवार्ड, नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार[१०], प्रबल गोरखा दक्षिण बाहु चौथो, अरनिको राष्ट्रिय कला प्रज्ञा सम्मान[११] लगायत थुप्रै पुरस्कार र सम्मानद्वारा सम्मानित भइसकेका छन्। उनी भारत, चीन, मलेसिया, थाइल्याण्ड, सिङ्गापुरलगायत देशको भ्रमण गरेका छन्। 'स्यवम्भू, मैत्री गुम्बा, कोमनगुम्बा, हिमालयन हिलिंग सेन्टर, फर्फिङका गुम्बा साथै भारतको गार्डेन जाड्त्से थासाङ् नोर्लिङ्ग गुम्बा, सेराजे मैसुर, ग्युतो तान्त्रिक विश्वविद्यालय, सेग्यु गुम्बामा उनका मूर्तिहरू रहेका छन्। पाटनको बालकुमारी मन्दिरको भैरव मूर्ति, भन्वन्तरी बराहीको बराही मूर्ति, पाटनको महाबौद्ध मन्दिर अगाडिको बज्र, काठमाडौँ सतुङ्गलस्थित विष्णुदेविको मन्दिरको अष्टमातृका मुखाकृति उनकै कलासिर्जना हुन्।' बज्रयोगिनी, साम्देलिङ् गुम्बाको कालो महाकाललगायत धार्मिक क्षेत्रमा कालुका कलात्मक मूर्तिहरू प्रसस्त भेटिन्छन्। मेघसंवर, जोगिनी, पाल्देन ल्हामु, काजुपा महाँकाल, ताला मेम्बर, सेरा ताम्दिन, कालो महाँकाल, सेतो महाकाँल, कुख्कुली, आर्यावलोकेश्वर, चक्रशंबर, गोम्पो छाक्सीपा, महाँकाल उनले बनाएका उत्कृष्ट मूर्तिहरू मध्ये केही हुन्।[१२]

वैवाहिक जीवन

[सम्पादन गर्नुहोस्]

तत्कालीन संस्कारअनुसार १२ वर्षको उमेरमा नै उनको बाल विवाह भएको थियो। उनको पहिलो विवाह धेरै समय टिक्न सकेन। त्यसपछि १५ वर्षको उमेरमा उनको लक्ष्मीमायासँग दोस्रो विवाह भएको थियो। उनीहरूको जन्मिएका १३ सन्तानमध्ये आठ सन्तानमात्र जीवित छन्। उनको श्रीमतीको पनि केही वर्ष पहिले मृत्यु भइसकेको छ भने[१३] उनका माहिला छोरा काजीरत्न र काइँला छोरा सुरेन्द्रको पनि मृत्यु भइसकेको छ। हाल उनका ४ जना छोराहरू राजेश अवाले, राकेश अवाले, वीरेन्द्र अवाले, सुरज अवाले र २ छोरी पुनमाया महर्जन र शोभा महर्जन छन्। हाल उनी ललितपुर जिल्लाको हात्तीवनमा बसोबास गर्दै आएका छन्।

कालु कुमाले समाजसेवीका रूपमा समेत परिचित छन्। उनले थुप्रै मूर्ति तथा आर्थिक सहयोग गरेर समाजसेवाको कार्य गरेका छन्। असहायलाई आर्थिक सहयोग र भोजन गराउन निकै रूची राख्ने उनी नेपाल कलाकार समाज, नेपाल रेडक्रस सोसाइटी, शाक्य सिंह विहार, सुमङ्गल महाविहार, ओकुबहाल महाबुद्ध, पेशागत कालिगढ संस्था, रोटरी क्लवलगायत विभिन्न सङ्घसंस्थामा संलग्न छन्।[१४] ललितपुर सिद्धपोखरीमा निर्माण भएको जलकुण्डल बिहारका लागि बुद्ध प्रतिमा दान, पाटन बालकुमारी मसानमा १ नं. पाटी, पाटन ज्याठा गणेश पाटी, थपाहिटी गणेश मन्दिर र ललितपुर महानगरपालिका वडा नं. ६ स्थित विकेन्द्रीकरण सामुदायिक स्वास्थ केन्द्रका लागि क्लिनिक कोठा निर्माणमा उनको उल्लेखनीय योगदान रहेको छ।

कालु कुमालेका प्रमुख कलाकृतिहरू

[सम्पादन गर्नुहोस्]
  • बज्रकिला, प्रचण्डवीर, गरुड आदि (भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम, लण्डन) (सन् १९६८-१९७२)
  • भैरव स्याङ्लुङ्ग, लामा मूर्ति, आधाकद सालिक र मेडिसिन लामाका मूर्तिहरू (तिम्बेतन ट्रेजिसनल मेडिसिन कलेज म्युजियम)
  • चारहाते भैरव (पाटन बालकुमारी मन्दिर, क्वाछेँ)
  • राधारुक्मिणी (कृष्ण मन्दिर, भजनपाटी, शङ्खमूल)
  • भैरवगणेश (बालकुमारी मन्दिर त्यागल, पाटन)
  • अष्टमातृका गण (गणेशभैरव सिंघिनी र व्याघिनीसहित) विष्णुदेवी मन्दिर, सतुंगल, काठमाडौँ
  • बज्र, पाटन, महाबुद्ध मन्दिरअगाडि
  • बाराही, धन्वन्तरी बाराही मन्दिर, ज्वागल, पाटन
  • अजिमा (पाल्देन ल्हामु) नाम्ग्याल गुम्बा, धर्माशाला, हिमालञ्चल प्रदेश, भारत
  • बज्रपाणि बोधिसत्व, बज्रयोगिनी, मैत्री गुम्बा, स्वयम्भू
  • बज्रयोगिनी र अजिमा(पाल्देनल्हामु), आनी गुम्बा, स्वयम्भू
  • बज्रभैरव मण्डला, फेल्ध्यालिङ्ग गुम्बा, स्वयस्भू
  • बज्रयोगिनी, गुरु देवा रिम्पोछें, मङ्गोलिया
  • बज्रभैरव मण्डला, अजिमा (पाल्देनल्हामु), र बज्रभैरव (मेष सम्वर), हिमालयन हिलिङ्ग सेन्टर, बौद्ध
  • बज्रभैरव मण्डला, सेतो महाकाल, चक्रसंबर, मेघसंबर, कपन गुम्बा, कपन, काठमाडौँ
  • कालो महाकाल र बज्रयोगिनी, सामतेलिङ गुम्बा, बौद्ध, काठमाडौँ
  • कालचक्र, मिरिक स्थित गुम्बा, दार्जिलिङ
  • छुइग्याल, सिपदाक, यमन्तक, कालो महाकाल, सेतो महाकाल साथै अन्य धेरै मूर्तिहरु, गाडेन जाङ्त्से थासाङ्ग नोर्लिङ्ग गुम्बा, कर्नाटक, दक्षिण भारत
  • बज्रपाणि बोधिसत्व, शेर्पा गुम्बा, फर्पिङ्ग
  • अजिमा (पाल्देन ल्हामू), यमन्तका (मेघसंबर) र छुइग्याल, थेग्चेन गुम्बा, बौद्ध
  • मेघसंबर, चक्रसंबर र अरू थुप्रै मूर्ति, ग्युतो तान्त्रिक युनिर्भसिटी, धर्मशाला, हिमाञ्चल प्रदेश भारत
  • कालो महाकाल, छुइग्याल, सेल्कार गुम्बा तीनचुली, बौद्ध
  • सेरा ताम्दिन (भैरव र दाकिनी ८ थान), सेरा जे गुम्बा, मैसुर भारत
  • वोम्पो भैरव मूर्ति (५ थान), ध्यावादेवा, ताक्ला, मार्जित, नाम्पर ग्यालवा त्रितेन नोर्बुत्से वोम्पो गुम्बा, हल्चोक स्वयम्भू
  • कालचक्र, लद्दाख गुम्बा, लद्दाख, भारत
  • नाम्पर ग्यालवा २०० से.मी. बोम्पो अलग अलग आकृतिका भैरव मूर्तिहरू ५ थान, ध्यावादेवा, मार्जित, ताक्ला मेमर, गरुड, मेरीसहित १० थान, आम्दो गुम्बा, तिब्बत, चीन
  • वार्सि भैरव शक्ति, घ्यावा ज्याम्सो, आम्दो, तिब्बत
  • नेपाल प्रज्ञा प्रतिष्ठान, कला कौशल विभाग, ललितकला संस्था, नक्साल (वि.सं. २०६२)
  • आर्ट काउन्सिल, बबरमहल (वि.सं. २०६५)
  • हस्तकला प्रवर्द्धन केन्द्र, पाटन औद्योगिक क्षेत्र (वि.सं. २०४२)
  • भृकुटीमण्डप प्रर्दशनी कक्ष, काठमाडौँ (वि.सं. २०५२)
  • अक्षयश्वर महाविहार, पुल्चोक (वि.सं. २०६२)
  • योङ बुद्धिस्ट एसोसियसन नेपाल, लोक कीर्तिमहाविहार, पाटन (वि.सं. २०६३)
  • ओकुबहाल महाबुद्ध, ललितपुर महोत्सव (वि.सं. २०६३)
  • भिक्टोरिया र अल्वर्ट म्युजियम, लण्डन, (सन् १९६३)
  • अरनिको कलेक्सनद्वारा लण्डन, स्विट्जरल्यान्ड र जेनेभामा प्रदर्शन (सन् १९७१-१९७२)
  • चीनमा प्रदर्शनी (सन् २००७)
  • फोकानसान, ताइवानमा प्रदर्शनी (सन् १९९१)
  • कोरियन महायान बुद्धिस्ट एसोसियसन, कोरिया (सन् २००२)
  • सिङ्गापुर महायान बुद्धिस्ट सेन्टर, सिङ्गापुर (सन् १९९३)
  • बज्रयोगिनी मेडियसन सेन्टर, नेपाल (सन् १९९५)
  • कला प्रदर्शनी, टोकियो, जापान (सन् १९८४)
  • नेपाली आर्ट प्रदर्शनी, जर्मनी (सन् १९७८)
  • तिब्बेतन ट्रयाडिसनल मेडिकल कलेज, ल्हासा, चीन (सन् २००५)
  • गाडेन जाङ्ग्त्से थासाङ् नोर्लिङ्ग मोनास्टिक युनिभर्सिटी, भारत (सन् २०००)
  • ग्युतो तान्त्रिक युनिभर्सिटी, धर्मशाला, भारत (सन् २००४)

सम्मान तथा पुरस्कार

[सम्पादन गर्नुहोस्]
  • प्रथम पुरस्कार (वि.सं. २०४२)— घरेलु तथा साना उद्योग विभाग, हस्तकला प्रवर्द्धन शाखा
  • प्रथम पुरस्कार (वि.सं. २०४८)— हस्तकला प्रवर्द्धन शाखा एवं सेरामिक प्रवर्द्धन आयोजना
  • १० औँ राष्ट्रिय उत्कृष्ठ उद्यमी पुरस्कार (वि.सं. २०५२)— घरेलु तथा साना उद्योग विकास समिति
  • राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०६८)—संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल सरकार
  • प्रबल गोरखा दक्षिण बाहु (वि.सं. २०६२) तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट
  • क्रोधकला शिरोमणि (वि.सं. २०७३)–सगरमाथा प्रतिष्ठान, नेपाल
  • 'लाइभ टाइम एचिभ्मेन्ट अवार्ड' (वि.सं. २०६२) – नेपाल कलाकार समाज
  • भोकेसनल अवार्ड (वि.सं. २०६१)—रोटरी क्लव, पाटन दरवार क्षेत्र
  • “वरिष्ठ कलाकार” सम्मान (वि.सं. २०६२)–नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला संस्था
  • अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान वि.सं. २०७५– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल
  • श्रष्टा सम्मान वि.सं. २०७४– ललितपुर उद्योग वाणिज्य सङ्घ
  • कलाकार सम्मान वि.सं. २०७५– नेपाल आर्ट भिलेज
  • राष्ट्रिय नागरिक सम्मान वि.सं. २०६१— नागरिक मञ्च नेपाल
  • राष्ट्रिय नागरिक सेवा सम्मान वि.सं. २०६४— जागृति समाज नेपाल
  • अभिनन्दन पत्र वि.सं. २०६२— ललितपुर महानगरपालिका, वडा नं. ६ विकेन्द्रिकरण स्वास्थ्य, कार्यान्वयन समिति
  • “हना–पौ” २०६१ — ज्यापु समाज, यल
  • “हना–पौ” २०६३ — राष्ट्रिय प्रजापति समाज
  • “हना–पौ” २०६२ — गौतम बुद्ध प्रतिमा स्थापना निर्माण समिति, थेचो
  • प्रशंसापत्र, सन् २००७, गाडेन जाङ्ग्त्से थासाङ्ग नोर्लिङ् गुम्बा, भारत
  • प्रशंसापत्र, सन् २००५, ग्युतो तान्त्रिक युनिभर्सिटी धर्मशाला, भारत
  • प्रशंसापत्र, सन् २००६, तिब्बेतन ट्रयाडिसनल मेडिकल कलेज, ल्हासा, चीन
  • प्रशंसापत्र, सन् २००६, ट्रिटेन नोर्बुत्से मोनास्टेरी, स्वयम्भू
  • प्रशंसापत्र, फेडेरेसन अफ ह्याण्डीक्राफ्ट एसोसिएसन अफ नेपाल र ललितपुर च्याम्वर अफ कमर्स
  • प्रशंसापत्र, सन् २०१८, काठमाडौँ युनिभर्सिटी, हात्तीवन, ललितपुर

मानार्थ/विशिष्ठ सदस्य

[सम्पादन गर्नुहोस्]

शिक्षा/स्वास्थ्य कोष

[सम्पादन गर्नुहोस्]
  • वरिष्ठ मूर्तिकार कालु कुमाले जुनियर रेडक्रस छात्रवृत्ति कोष-नेपाल रेडक्रस सोसाइटी
  • वरिष्ठ मूर्तिकार कालु कुमा शिक्षा शिल्ड एवम् नगद पुरस्कार कोष-ज्यापु समाज यल
  • क्रोधकला शिरोमणि कालु कुमाले शिक्षा/स्वास्थ्य कोष-नेपाल अपाङ्ग सङ्घ
  • क्रोधकला शिरोमणि कालु कुमाले/लक्ष्मी माया स्वास्थ कोष
  • क्रोधकला शिरोमणि कालु कुमाले कलाकारिता/कलापत्रकारिता कोष
  • क्रोधकला शिरोमणि कालु कुमाले छात्रवृत्ति कोष

योगदान र सहयोग

[सम्पादन गर्नुहोस्]
  • गणेश मन्दिर पुनर्निर्माण– थपाहिटी, ललितपुर
  • ज्याठा गणेश पाटी पुनर्निर्माण– ज्याठा, ललितपुर
  • चैत्य जिर्णोद्धार–थपाहिटी, ललितपुर
  • १ नं पाटी निर्माण– बालकुमारी मसानघाट
  • तामाका भाडाकुँडाहरू–रातो मच्छिन्द्रनाथ, मीमनाथ, बसुन्धारा ललितपुर र आदिनाथ चोभार, काठमाडौँ
  • क्लिनिक कोठा–स्वास्थ्य कार्यान्वयन समिति वडा भवन, ललितपुर महानगरपालिका–६
  • ५ फिटको बुद्ध मूर्ति– बुद्धपोखरी, ठेचो, ललितपुर
  • ३५ सेमी नाग देवताको मूर्ति– मन्थली, सिन्धुली
  • ७० सेमी बज्रपाणि बोधिसत्वको मूर्ति– पदमवर्ण महायानी महाविहार, ज्याठा ललितपुर-६
  • ४५ सेमी दुर्गा भवानीको मूर्ति– प्रहरी प्रभाग, हरिसिद्धि, ललितपुर-२८
  • ३० सेमी दक्षिणकाली माई (ढुङ्गाको मूर्ति) सशस्त्र प्रहरी, दक्षिणकाली गण, हल्चोक स्वयम्भू काठमाडौँ
  • ५० सेमी अजिमा (पाल्देन ल्हामु)–लुम्ब्रुङ्ग रिम्पोछें, मैत्रीगुम्बा, स्वयम्भू
  • ५० सेमी वज्रपाणी वौधिसत्व–मञ्जुश्री शासनधर गुरुवा, ज्याठा बहाल
  • ५० सेमी सिपिज्याल्मो–रिम्पोछें (गुम्बा प्रमुख), त्रितेन नोर्वृत्से वोम्पो गुम्बा, हल्चोक स्वयम्भू
  • असहाय, अपाङ्ग एवं बृद्दबृद्दाका लागि आर्थिक सहयोग र विशेष अवसरहरूमा भोजन एवम् जिन्सी प्रदान
  • २०७२ बैशाख भूकम्प पिडित राहत सहयोग प्रदान
  • अन्य मठ मन्दिर, बिहार, गुम्बा, पाटी–पौवा, विद्यालय बार एसोसियशन, प्रहरी प्रभाग, स्वास्थ्य केन्द्र एवं थुप्रै सामाजिक एवं धार्मिक स्थल/कार्यक्रमको लागि आर्थिक सहयोग

तस्वीर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

ललितपुरको हात्तिवनस्थित कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्टमा क्रोधकला शिरोमणि कालु कुमालेको ८७औँ जन्मोत्सवमा आयोजित कार्यक्रममा उहाँद्वारा सृजित कलाकृतिहरू तथा कार्यक्रमका तस्वीरहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. माटोसँग कालुको साढे आठ दशक-बाह्रखरी डटकम
  2. क्रोध मूर्तिका ओस्ताज कुमाले-सौर्यअनलाइन डटकम
  3. विजय र कालुलाई अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, ललितकलाका ३३ कलाकार पुरस्कृत-राजधानीडेली डटकम वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-०४ मिति
  4. सगरमाथा प्रतिष्ठानद्वारा मन्त्री राई लगायत सम्मानित-देशकोन्युज डटकम
  5. मूर्तिबाट मालामाल-नेपालीहिमाल डटका
  6. राजेश अवाले सानो छँदा-कोइराला डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०७ मिति
  7. सतीदेवीको शव बोक्दै कुमाल-सौर्यअनलाइन डटकम
  8. मूर्तिबाट मालामाल-नेपालीहिमाल डटकम
  9. क्रोधमुद्रामा निपूर्ण ८७ वर्षीय मूर्तिकार अहिले पनि सक्रिय छन्-बीबीसी डटकम नेपाली बीबीसी सेवा
  10. पाँचै क्षेत्रका स्रष्टाले पाए प्रतिभा पुरस्कार-कन्तिपुरडेली डटकम
  11. ललितकला प्रदर्शनी सुरु-नागरिकन्युज डट नागरिकनेटवर्क डटकम[स्थायी मृत कडी]
  12. मूर्तिकला सम्बन्धित लेखहरु-खोजअनलाइन डटकम
  13. वरिष्ठ मूर्तिकार कालु कुमालेलाई पत्नीशोक-नेपालीआर्टन्युज डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-३० मिति
  14. वाङ्मय शताब्दीपुरूष जोशी सम्मानित-अनलाइन मजदूर डटकम

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]