विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/होली (फागुपूर्णिमा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

होली

हजारौ मानिस होली खेल्दै

होली नेपाली तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला रात होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९४९, अक्षर: ४६८.५, स्पेस: १५२
  • मुख्य सम्पादक: Devraj poudel
  • आवेदनकाे कारणहरू: महत्व पूर्ण चाडपर्व भएको ले
२०१८ फेब्रुअरी १४, ०६:०५:४६ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५९, ३१ जनवरी २०१८ (युटिसी(UTC))
प्रमुख लेख चयन — तुल्सी भगत (वार्तालाप) ०५:५३, १ मार्च २०१८ (युटिसी(UTC))

 समर्थन

 असमर्थन